अन्तर्राष्ट्रिय 🗺

बेइजिङको वैदेशिक व्यापार १९.३ प्रतिशतले बृद्धि

बेइजिङ, २७ कात्तिक । बेइजिङको यस वर्षको पहिलो १० महिनामा कूल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्याङ्कले देखाएको छ । बेइजिङ भन्सारका अनुसार यो तथ्याङ्क गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो । जनवरीदेखि अक्टोबरसम्म बेइजिङको आयात २६.६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ । यस अवधिमा, सोलार व्याट्री, लिथियम–आयन ब्याट्री र विद्युतीय सवारी साधनहरू मुख्य निर्यात उत्पादनहरू देखिएका छन् । अक्टोबरमा… पुरा पढौ

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान

वाशिङ्गटन, २६ । अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, "भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहेका छन् र सम्भवत भेट त्यतै हुनेछ। राष्ट्रपति… पुरा पढौ

क्यामरुनले २०२१ मा भ्रष्टाचारमा ६७ मिलियन डलर गुमायो

याउण्डे, २६ कात्तिक । क्यामरुनले गत वर्ष भ्रष्टाचारबाट करिब ४४ अर्ब रकम (लगभग ६७ मिलियन अमेरिकी डलर) गुमाएको क्यामरुन भ्रष्टाचार विरोधी आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। यो रकम सन् २०२० को तुलनामा २६ अर्ब क्यामरुनको सकम भन्दा बढी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्वास्थ्य, शिक्षा, वित्त, सडक यातायात र प्रादेशिक प्रशासन क्षेत्रहरू सबैभन्दा बढी भ्रष्ट भएकाले प्रहरी र स्थानीय सरकारी अधिकारीहरू सबैभन्दा खराब भ्रष्टाचारी देखिएका छन् । "भ्रष्टाचारका विरुद्ध लड्नका लागि अहिलेसम्म विभिन्न प्रयासहरू भएका छन् तर हामीले… पुरा पढौ

राजीव गान्धी हत्याका ६ जना दोषीलाई रिहा गर्न सर्वोच्चको आदेश

नयाँ दिल्ली, २५ कात्तिक । पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगिरहेका छ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित ६ जनालाई रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो । अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । 'नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन्, उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ… पुरा पढौ

सिरियामा जारी हिंसाप्रति राष्ट्रसङ्घीय प्रमुख गुटरेसको चासो

संयुक्त राष्ट्रसङ्घ, २५ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गरेका छन् । उनले केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका घटनाप्रति चासो व्यक्त गरेकाे उनका प्रवक्ता स्टेफान डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन् । केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ… पुरा पढौ

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग

बेरुत, २५ कात्तिक । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ । आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ । सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधी उपचारका… पुरा पढौ

हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

तेहरान, २५ कात्तिक । इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताए। आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, “यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवै तर्फ चल्न सक्छ ।” “नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्छ,” उनले भने। हाजिजादेहले भने, “मेरो विचारमा नयाँ क्षेप्यास्त्रको सामना… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घ र रूसबीच खाद्यान्न र मल निर्यातका विषयमा शुक्रबार बैठक हुँदै

जेनेभा, २४ कात्तिक । संयुक्त राष्ट्रसङ्घका प्रमुखहरूले युक्रेन र रूसबाट ‘ब्ल्याक सी’ सम्झौता अन्तर्गत खाद्यान्न र मल निर्यात गर्ने सम्बन्धमा शुक्रबार जेनेभामा रूसी अधिकारीहरूसँग वार्ता हुने भएको छ । संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले एएफपीसँग भने, “यो छलफलले रूसी महासङ्घबाट विश्व बजारमा खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहजीकरण गर्ने दिशामा भएको प्रगतिलाई अगाडि बढाउने आशा गरिएको छ । यसैबीच, रूसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश… पुरा पढौ

प्रतिनिधिसभामा विजयी हुने रिपब्लिकनको लक्षण

वासिङटन, २४ कात्तिक । अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ । प्रतिनिधिसभाका चारसय ३५ स्थानका निम्ति भएको मध्यवधि निर्वाचनमा प्राप्त पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले एक सय ८४ स्थान र रिपब्लिकन पार्टी दुई सय सात सीट जितेको छ । सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ४८ र रिपब्लिकन दलले ४९ स्थान जितेको छ । पुरा पढौ

इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन सङ्कटबारे छलफल

तेहरान, २४ कात्तिक । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ । सचिव शामखानीले युक्रेन–रूस युद्धविराम तथा शान्ति वार्ताको लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह गर्न तेहरान तयार रहेको… पुरा पढौ