अन्तर्राष्ट्रिय 🗺

राजा चाल्र्समाथि अण्डा प्रहार, एक जना पक्राउ

लन्डन, २४ कात्तिक । याेर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ । राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिए भने भीडले “भगवान्ले राजालाई बचाऊन् नारा लगाएको थियो । राजा चाल्र्स नाराबाजीबाट प्रभावित भएनन् बरू उनी ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहे। राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी… पुरा पढौ

म्यानमारमा ३ करोड ७० हजारले लाए कोभिड-१९ विरुद्धको खोप

म्यानमार,२४ कात्तिक । म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न ३ करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती मध्ये ३ करोड ७२ हजार व्यक्ति १८ वर्षभन्दा माथि रहेका र ६ लाख ७० हजार व्यक्ति १८ वर्ष भन्दा कम उमेरका रहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना सङ्क्रमित थपिएपछि म्यान्मारमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ३२ हजार ४ सय ६१ पुगेको छ । स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा ९ हजार ९… पुरा पढौ

नेपाली मूलकी श्रेष्ठले जितिन् अमेरिकामा चुनाव

न्यूयोर्क, २३ कात्तिक । नेपाली मूलकी सरहाना श्रेष्ठ अमेरिकाको स्टेट एसेम्बलीको चुनाव जितेकी छिन् । उनले न्यूयोर्क स्टेट लेजिस्लेचरको १०३ औं चुनावमा डेमोक्र्याटका तर्फबाट रिपब्लिकन उम्मेदवार प्याट्रिक सिहानलाई पराजित गर्दै विजयी भएकी हुन् । गत मंगलबार भएको चुनावमा श्रेष्ठले ३५ हजार ४९३ तथा सिहानले २३ हजार १०४ मत पाएका थिए । सन् २०१९ मा अमेरिकी नागरिक बनेकी श्रेष्ठले गत जुनमा लामो समयदेखि सांसद रहँदै आएका केभिन काहिल, डी-किङ्सटनलाई प्राइमरीमा हराउँदै नोभेम्बर ८ को चुनावमा उम्मेदवार बनेकी हुन् । सोही चुनावमा… पुरा पढौ

कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित

सोल, २३ कात्तिक । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन् । यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी… पुरा पढौ

एम्बुसमा यमनी जनरल मारिए

एडेन, २३ कात्तिक । अज्ञात बन्दुकधारीहरूले यमनको उत्तरपूर्वीमा पर्ने तेलको धनी प्रान्त मारिबमा मङ्गलबार एक जनरलको गोली हानी हत्या गरेको एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । एडेन, २३ कात्तिकअज्ञात बन्दुकधारीहरूले यमनको उत्तरपूर्वीमा पर्ने तेलको धनी प्रान्त मारिबमा मङ्गलबार एक जनरलको गोली हानी हत्या गरेको एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका जनरल मारिएका समाचारमा जनाइएको छ । सरकार नियन्त्रित प्रान्त मारिबमा मास्क लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली… पुरा पढौ

कोप-२७ काे विभिन्न सत्रमा बहस जारी,यस्ता छन नेपालका एजेण्डा

इजिप्ट, २३ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मङ्गलबार सम्पन्न भएको छ । उच्चस्तरीय सत्रमा ५६ राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गरे। सो सत्रलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विशेष सम्बोधन गरेका थिए भने ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गरे। कोप–२७ आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो । इजिप्टको शार्म एल–शेखमा यही कात्तिक २० देखि सुरु भएको सम्मेलन आगामी… पुरा पढौ

राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण

बेइजिङ, २२ कात्तिक । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार केन्द्रीय सैन्य आयोग (सीएमसी) को संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरी कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तहरू कार्यान्वयन गर्ने नयाँ सीएमसीको अडान प्रदर्शन गरेका छन् । चीनको सीपीसी र सेनाको प्रशिक्षण र लडाइँ तयारीमा वृद्धिका निम्ति यो महत्त्वपूर्ण मानिएको छ । सीपीसी केन्द्रीय समितिका महासचिव, सीएमसीका अध्यक्ष र सीएमसी संयुक्त अपरेशन कमाण्ड सेन्टरका कमाण्डर–इन–चीफ समेत रहेका सीले सम्पूर्ण सेनाले लडाइँ तयारीका लागि आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्ने र आफ्ना… पुरा पढौ

लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

भेन्टियान, २२ कात्तिक । लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ बिरामी देखिएकोर २२ जनाको मृत्यु भएकोमा बताएको छ । सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, लुआङ नम्था प्रान्तमा ४ हजार ३५६ र अटापेउ प्रान्तमा १ हजार ५ सय ७१ जनामा भेटिएका छन् । लाओ स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणको… पुरा पढौ

बेलायतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेइजिङ, २२ कात्तिक । बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । बेलाइतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् । बेलायत सरकारले… पुरा पढौ

कोप-२७ उच्चस्तरीय सत्र: आज ५४ देशका नेताले सम्बोधन गर्ने

इजिप्ट (शार्म एल–शेख), २२ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०:३० बजेदेखि सुरु भएर दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिने कोपको सचिवालयले जनाएको छ । उच्चस्तरीय सत्रमा पहिलो दिन सोमबार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त… पुरा पढौ