अन्तर्राष्ट्रिय 🗺

न्युयोर्कमा ८० हजार जना घरबार विहीन

न्युयोर्क, ३१ भदौ । न्युयोर्कमा ८० हजार जना घरबार विहीन न्युयोर्क, ३१ भदौ (रासस÷सिन्ह्वा) - अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ ।   झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो ।  सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् ।  न्युयोर्क… पुरा पढौ

फिलिपिन्समा कोभिडबाट ३१ जनाको मृत्यु

मनिला, ३१ भदौ । फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण भएको जनाइएको छ । साथै यहाँ कोभिडका कारण बिहीबार मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको हो । यो समेतगरी यहाँका ६२ हजार चार सय ४७ जनाको कोभिडबाट निधन भएको थियो । फिलिपिन्सको मेट्रो मनिला क्षेत्रमा कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको छ । सो क्षेत्रमा मात्र… पुरा पढौ

इटालीमा आँधीबाट सात जनाको मृत्यु

रोम, ३१ भदौ । मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका छन् । स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय सञ्चार माध्यमलाई पुष्टि गरे । यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन् पुरा पढौ

स्विडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

स्टकहोम, ३० भदौ । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनकी प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् । स्विडेनको सोसियल डेमोक्र्याटिक दलकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिएकी हुन् । एन्डरसनले स्वीडेनको तीन सय ४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिकरूपमा आज राजीनामा दिएपछि सभामुखले उनको राजीनामा स्वीकृत गरेका छन् । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाऊ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् । सभामुख नोर्लेनले आगामी… पुरा पढौ

सिरियाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्टसंघ, ३० भदौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् । उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरे । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको… पुरा पढौ

आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

कम्बोडिया, २९ भदौ । दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो । बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको बैठक ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ । बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गरे । विश्व समूदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरुको सामना… पुरा पढौ

साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छः राष्ट्रसङ्घीय महासचिव

संयुक्त राष्ट्रसङ्घ, २९ भदौ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरुको समाधानाका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् । मङ्गलबार संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभाको उद्घाटनका क्रममा उनले सो कुरा बताए। उनले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखा पर्नसक्ने सबै प्रकारका चुनौतीहरुलाई समाधान गर्नका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्ने बताए। सो सभालाई सम्बोधन गर्दै महासचिव गुटरेसले यसअघिको ७६ औँ महासभाको उद्घाटनका क्रममा पनि हाम्रासामु धेरै प्रकारका चुनौतीहरुको… पुरा पढौ

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

नयाँ दिल्ली, २९ भदौ । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६… पुरा पढौ

चिनियाँ राष्ट्रपति सि काजख्स्तान र उज्बेकिस्तान जाने

बेइजिङ, २९ भदौ । चीनका राष्ट्रपति सि चिनफिङ बुधबार काजख्स्तान र उज्बेकिस्तान भ्रमणमा जाने भएका छन् ।उज्बेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ । उनको दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने… पुरा पढौ

पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट चौवन्नको मृत्यु

इस्लामावाद, २९ भदौ । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ । एनडिएमएले मङ्गलबार प्रकाशन गरेको एक तथ्याङ्कमा सो कुराको जानकारी दिइएको हो… पुरा पढौ