अन्तर्राष्ट्रिय 🗺

ब्राजिलमा भारी वर्षा जारी, बाढीमा परी १५२ काे मृत्यु

साओ पाओलो, ९ फागुन । ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ । यहाँ छ दिनदेखि जारी रहेको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या सोमबारसम्म १५२ पुगेको बताइएको छ । यी दुई सहरका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार… पुरा पढौ

इयुद्वारा सुडानलाई ४ करोड युरो बराबरको मानवीय सहायता विनियोजन

खार्तुम [सुडान], ९ फागुन । युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको, सुडानको आधिकारिक सुना समाचार एजेन्सीले आइतबार जनाएको छ। इयुले अन्तर्राष्ट्रिय एजेन्सीहरू मार्फत खाँचोमा परेका सुडानी जनतालाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुष्टि गरेको सुनाले उल्लेख गरेको छ । "पूर्व र दक्षिणी अफ्रिकामा कमजोर जनसंख्याले सामना गरेका गम्भीर चुनौतीहरू गम्भीर मौसमी घटनाहरू, राजनीतिक अस्थिरता र द्वन्द्व र कोभिड-१९ महामारीको प्रभावका कारण झन् बढेको छ," जेनेज लेनार्किक, संकट… पुरा पढौ

भारतमा एकै दिन थपिए १६ हजार कोरोना संक्रमित

काठमाडौं, ९ फागुन । भारतमा एकै १६ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको छ । यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म ४ करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा संक्रमणमुक्त भएकाको संख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना संक्रमणमुक्त भएका… पुरा पढौ

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो : अमेरिका

संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्ने/नगर्ने नेपालको सार्वभौम निर्णय भएको बताएको छ । अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसीसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ । नेपालको अर्थतन्त्रको विकास गर्दै गरिबी घटाउन परियोजना नेपाल सरकारकै अनुरोधमा तयार गरिएको पनि अमेरिकाले स्पष्ट गरेको छ । ‘यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ… पुरा पढौ

करिब २५,००० लुहान्स्क बासिन्दाहरू रूसको सीमा पारि पुगे

किभ, ७ फागुन । डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रूसको सीमा पार गरिसकेका छन् । आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं-घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकहरूलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् । "करिब २५,००० नागरिकहरूले सीमा पार गरेका छन्," प्रवक्ताले रूसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्तिहरू निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् । प्रवक्ताले अहिले करिब १०,००० शरणार्थीहरू सीमा पार गर्ने तयारीमा… पुरा पढौ

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

ब्राजिल ७ फागुन । दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य "युद्ध दृश्य" जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई… पुरा पढौ

भारतको अहमदावाद बम विष्फोट : ३८ जनालाई फाँसीको सजाय, ११ जनालाई जन्मकैद

काठमाडौं, ६ फागुन । भारतमा १४ वर्षअघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाइएको छ भने अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको छ । भारतको विशेष अदालतले सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपीमध्ये ४९ जना दोषीलाई फाँसी तथा जन्मकैदको फैसला गरेको हो । २८ जनाले भने सफाइ पाएका छन् । १३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी… पुरा पढौ

चीनमा स्थानीय स्तरमै ४० जना कोभिड संक्रमित भेटिए

बेइजिङ, ६ फागुन । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमितहरु उपचाररत रहेका… पुरा पढौ

भारतमा करिब २६ हजार कोरोनाका नयाँ सङ्क्रमित

नयाँदिल्ली, ६ फागुन । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ६६ हजार २५४ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका… पुरा पढौ

बिल गेट्स पाकिस्तानमा, पोलियो उन्मुलनका विषयमा कुराकानी

इस्लामावाद ६ फागुन । बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेका र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ । उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेकाे बताइएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर… पुरा पढौ