अन्तर्राष्ट्रिय 🗺

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

दुबई, ११ चैत । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पु¥याइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको भूमिका खेल्ने सङ्केत दिएको छ । यसैबीच, अमेरिका मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा देखिएको छ । करिब ५० हजार सैनिक पहिले नै क्षेत्रमा तैनाथ रहेका बेला थप करिब एक हजार सैनिक पठाउने तयारी गरिएको छ । साथै, समुद्री सैनिकहरूको ठूलो… पुरा पढौ

वार्ता सङ्केतबीच मिसाइल प्रहार

तेहरान, ११ चैत। अमेरिका र इरानबीच सम्भावित वार्ताका सङ्केतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ । यो आक्रमणले कूटनीतिक पहलसँगै सैन्य तनाव पनि समानान्तर रूपमा जारी रहेको स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग संवाद अघि बढिरहेको सङ्केत दिनुभएको छ । उहाँले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका अहिले इरानसँग ‘वार्तामा रहेको’ उल्लेख गर्नुभयो । यद्यपि इरानी पक्षले औपचारिक रूपमा त्यस्तो कुनै वार्ताको पुष्टि गरेको छैन । ट्रम्पले इरानले हालै चालेको… पुरा पढौ

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

न्युयोर्क, १० चैत । इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाउनु भएको छ । प्रवक्ताले महासचिवको भनाइलाई दोहोरÞ्याउदै यस क्षेत्रमा रहेका इजरायली बस्तीहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारको–कुनै कानुनी वैधता नभएको र यीनीहरु संयुक्त राष्ट्रका प्रस्तावहरू सहित… पुरा पढौ

रान–इजरायल तनाव थप चर्कियो

तेहरान, १० चैत । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गर्नुभएको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ । ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट… पुरा पढौ

कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ को मृत्यु

बोगोटा, १० चैत । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् । कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो,… पुरा पढौ

ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न ट्रम्पको निर्देशन

वासिङ्टन, १० चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताउनुभएको छ। आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उहाँले बताउनुभएको छ। वार्ता यो हप्ता जारी रहनेछ । ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ, “संयुक्त राज्य अमेरिका र इरानबीच मध्य पूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।”… पुरा पढौ

युरोपेली सङ्घकी प्रमुख अष्ट्रेलियामा, व्यापार सम्झौतामा जोड

सिड्नी, ९ चैत । युरोपेली सङ्घकी प्रमुख उसुला फन डेर लेयन सोमबार अष्ट्रेलियामा पुगेकी छिन्, जहाँ वर्षौंदेखि वार्ता चलिरहेको स्वतन्त्र व्यापार सम्झौता टुंग्याउने आशा राखिएको छ । यो फन डेर लेयनको अष्ट्रेलियाको पहिलो यात्रा हो, र यो यात्रा मध्यपूर्व युद्धले उत्पन्न ऊर्जा असुरक्षाको पृष्ठभूमिमा भएको छ । उहाँ सोमबार सिड्नीमा अष्ट्रेलियाको राज्य प्रमुखसँग भेट गर्न र पारम्परिक स्वागत समारोहमा भाग लिन पुग्नुभएको हो, त्यसपछि उहाँ क्यानबेरामा पुगेर प्रधानमन्त्रीसँग भेट्ने र संसदलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । उहाँसँगै युरोपेली सङ्घका व्यापार… पुरा पढौ

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

न्यूयोक, ९ चैत । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ । विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र आपत्कालीन सेवाहरूले घटनास्थलमा सक्रिय प्रतिक्रिया जनाएका छन् । संयुक्त राज्य नागरिक उड्डयन प्रशासनले सम्पूर्ण उडानहरूमा ग्राउन्ड स्टप जारी गरेको छ र स्थानीय आपत्कालीन प्राधिकरणले यात्रु तथा यातायातमा… पुरा पढौ

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

तेहरान,८ चैत । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेको बताइएको छ । विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनमा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । उपलब्ध विवरणअनुसार, आक्रमण गरिएका संरचनामध्ये २० हजार भन्दा बढी तेहरान मा रहेका छन् भने ६० हजार भन्दा बढी अन्य स्थानमा छन् । करिब १८ हजार ७९० व्यापारिक स्थलमा आक्रमण भएको, २६६ स्वास्थ्य संस्था प्रभावित भएको र ४९८ विद्यालय निशानामा परेको जनाइएको छ ।… पुरा पढौ

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ, ८ चैत । चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ । प्रशासनका एक अधिकारीका अनुसार उपग्रहमा जडित छ वटा उपकरणहरू सबै अन्तर्राष्ट्रिय स्तरका उन्नत प्रविधिमा आधारित छन् । सार्वजनिक गरिएका तस्बिरहरूले मौसम अनुगमन, वायुमण्डलीय अध्ययन, चट्याङ पत्ता लगाउने, आयनमण्डल अवलोकन तथा सौर गतिविधि निगरानीमा यसको व्यापक क्षमता देखाएका छन् । यी उपलब्धिले मौसम पूर्वानुमान सुधार र अन्तरिक्ष मौसमसम्बन्धी… पुरा पढौ