अन्तर्राष्ट्रिय 🗺

मध्यपूर्व तनाव बढ्दै, अमेरिका सैनिक थप्दै

दुबई,७ चैत । मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबीच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो । यसैबीच, इजरायलले इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको… पुरा पढौ

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

लन्डन,६ चैत । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ। विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ प्रतिशत पुगेकाले समग्र बेरोजगारी बढ्न मुख्य भूमिका खेलेको देखिन्छ। यसले युवा रोजगारीको अवस्था चिन्ताजनक रहेको देखाउँछ। यसै अवधिमा कर्मचारीहरूको औसत आम्दानी (बोनससहित) ३ दशमलव ९ प्रतिशतले बढे पनि मुद्रास्फीति समायोजन… पुरा पढौ

अमेरिका–जापान ऊर्जा सहकार्य विस्तार

वासिङ्टन, ६ चैत । संयुक्त राज्य अमेरिका र जापानबीच ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्य तीव्र बनाउने दिशामा ठूलो लगानी घोषणासहित नयाँ अध्याय सुरु भएको छ । वासिङ्टनमा दुई देशका नेताहरूबीच भएको भेटवार्तापछि टेनेसी र अलाबामामा आणविक रिएक्टर निर्माणका लागि ४० अर्ब डलरको परियोजना सार्वजनिक गरिएको हो । यो सहकार्य गत वर्ष टोकियोले वासिङ्टनसँगको नयाँ व्यापार समझदारीअन्तर्गत सन् २०२९ सम्म पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएपछि थप गतिशील बनेको हो । सोही पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प… पुरा पढौ

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

पेरिस, ५ चैत । मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनमा व्यापक क्षति पुगेको जनाइएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता थपेको छ । गृह मन्त्रालयका अनुसार नागरिक सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिए पनि साइट सुरक्षित बनाउने र चिस्याउने काम जारी छ । यसैबीच, इरानले यस वर्षको सुरुतिर भएको अशान्तिका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको र अमेरिका… पुरा पढौ

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा, ५ चैत। मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर असर पारिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ । उहाँले यदि तेहरानले कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेमा, संयुक्त राज्य अमेरिकाले इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्रलाई व्यापक रूपमा ध्वस्त पार्ने चेतावनी दिनुभयो । हालैका आक्रमणहरूपछि विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै पाँच प्रतिशतले बढेको छ, जसले आपूर्ति शृङ्खला दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने चिन्ता बढाएको छ । इरानले कतारको रास लाफान… पुरा पढौ

मध्यपूर्व सङ्कटः नागरिक पूर्वाधार लक्ष्यमा

दोहा, कतार,३ चैत । कतारले मङ्गलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा गरेको छ । कतारको रक्षा मन्त्रालयले आफ्नो सशस्त्र बलहरूले देशमा लक्षित मिसाइललाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ । पत्रकारहरूले दोहामा विस्फोट जस्ता आवाजहरू सुनेको जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्सको सबैभन्दा बढी जनसङ्ख्या भएको शहर दुबईमा पनि तीन पटक विस्फोट जस्ता आवाजहरू सुनेको रिपोर्ट आएको छ । त्यहाँका नागरिकलाई सुरक्षा चेतावनी दिइएको थियो, जसले तत्काल सुरक्षित स्थानमा जाने निर्देशन दिएको थियो । यी घटनाहरू ईरानको बढ्दो… पुरा पढौ

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने

कोलम्बो, ३ चैत । श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ । मङ्गलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था लागू गरिने भएको छ । आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीले सार्वजनिक गरेको जानकारी अनुसार सबै सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालतहरू पनि बुधबार बन्द रहनेछन् । तर स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने… पुरा पढौ

इरान–इजरायल द्वन्द्व: दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई, ३ चैत। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मंगलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशाना बनाउने प्रयास गरे। इरानी आगोका दुई शृंखला चलाइएपछि इजरायल सेनाले तेहरानमा 'व्यापक हवाई आक्रमण' सुरु गरेको र लेबननमा इरान समर्थित समूहलाई लक्षित गर्दै आक्रमण बढाएको जनाएको छ। यस क्रममा इजरायलले दुई रकेट इरानबाट टेल अविभ र गालिली समुद्र दक्षिण क्षेत्रमा आएको पनि रिपोर्ट गरेको छ,… पुरा पढौ

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’ कार्यक्रम

नोन्थाबुरी (थाइल्यान्ड), २ चैत । थाइल्यान्डमा आयोजित अनौठो ‘डेथ फेस्ट’ नामक कार्यक्रमले मानिसहरूलाई जीवनको अन्तिम सत्य अर्थात् मृत्युबारे खुलेर सोच्न र स्वीकार गर्न प्रेरित गरिरहेको छ । बैङ्कक नजिकैको नोन्थाबुरी प्रान्तमा आयोजित तीनदिने कार्यक्रममा सहभागीहरूले मृत्युको सामना गर्ने मानसिक तयारीसँगै त्यसका व्यावहारिक पक्षबारे जानकारी पाउने अवसर पाएका छन् । दोस्रो वर्षमा प्रवेश गरेको यो कार्यक्रमले धेरैलाई असहज लाग्ने विषयलाई सार्वजनिक छलफलको केन्द्रमा ल्याएको छ । थाइल्यान्डको सामाजिक र धार्मिक परम्परामा बौद्ध धर्मको गहिरो प्रभाव रहेको छ, जहाँ जन्म, बुढ्यौली, रोग… पुरा पढौ

होर्मुज बन्दः विश्व बजारमा दबाब

तेहरान, २ चैत । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्रहरू तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गर्नुभएको छ । अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कच्चा तेलको मूल्य… पुरा पढौ