अन्तर्राष्ट्रिय 🗺

नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

जोस(नाइजेरिया), १ ६ चैत । यस अघि बन्दुकधारीहरूले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसहरूको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानीयहरूलाई उदृत गर्दै सोमबार एएफपीले जनाएको छ । नाइजेरियाको मध्य क्षेत्रमा रहेको पठार राज्यका ग्रामीण क्षेत्रमा बारम्बार हिंसा हुने गरेको जनाइएको छ । जुन किसानहरू बीचको भूमि विवादसँग जोडिएको छ । जोस नर्थ जिल्लाको अङ्गुवान रुकुबामा रहेको बार–एण्ड रेस्टुरेन्टमा आइतबार अज्ञात बन्दुकधारी समुहले गोली चलाउँदा… पुरा पढौ

इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट

बेइरुत, १५ चैत । लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो । अधिकांश नोक्सान लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये प्रान्तमा केन्द्रित छ, जहाँ ४४ हजार २९७ हेक्टर भूमि प्रभावित भएको छ, अन्य क्षेत्रहरूमा मात्र दुई हजार १८१ हेक्टर प्रभावित भएको मन्त्रालयले जनाएको छ । फलफूल र जैतुनका रूख, हरित गृह, साना र मध्यम आकारका फार्महरू सबैभन्दा बढी प्रभावित भएका छन्… पुरा पढौ

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

दमास्कस, १५ चैत । सिरियाको सह–रक्षा मन्त्री सिपान हमोले आइतबार सिरियाका सुरक्षाकर्मीहरूले आफ्नो देशमा रहेको अमेरिकी सैन्य बेसमाथि इराकबाट प्रहार भएको ड्रोन आक्रमण नियन्त्रणमा ल्याएका बताउनुभएको छ । आज बिहान सिरियाको कासरक बेसलाई चारवटा ड्रोनले इराकबाट लक्षित गरे । तर सिरियाका सेनाले ती सबै ड्रोनलाई नष्ट गरे र कुनै पनि क्षति वा घाइतेको रिपोर्ट भएन । सिपान हमोले इराकमाथि जिम्मेवारी औंल्याउँदै यस्तो आक्रमण रोक्न आग्रह गर्नुभएको छ । यो हमला अल–टान्फ बेसमाथि भएको अघिल्लो दिनको ड्रोन आक्रमणपछि आएको हो ।… पुरा पढौ

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

संयुक्त राष्ट्र, १४ चैत । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वका बीच होर्मुज जलडमरु क्षेत्रमा मानवीय आवश्यकताहरू पूरा गर्न प्राविधिक संयन्त्र विकास गर्न एक कार्यदल गठन गर्नुभएको छ । उहाँका प्रवक्ताले जानकारी दिए अनुसार, मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरु हुँदै हुने समुद्री व्यापारमा अवरोध आउँदा आगामी महिनाहरूमा मानवीय सहायता र कृषि उत्पादनमा गम्भीर असर पर्न सक्ने जोखिम बढेको छ । महासचिव गुटेरेसले द्वन्द्वको दिगो समाधानका लागि प्रयास जारी राख्ने प्रतिबद्धता जनाउँदै तत्काल समुद्री चुनौती समाधान गर्न आवश्यक… पुरा पढौ

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पेरिस,१४ चैत । मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ । थाइल्याण्डले इरान सँग हर्मुज जलडमरूमध्य हुँदै आफ्ना तेल ट्याङ्करहरू सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ, जसले इन्धन आपूर्ति अवरुद्ध हुने चिन्ता केही हदसम्म कम गरेको छ । तर, यही जलमार्गमा इरानले केही जहाजहरू फिर्ता पठाएको बताएको छ, विशेष गरी अमेरिक–इजरायललाई सहयोग गर्ने देशसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै, जसले विश्व व्यापार र ऊर्जा आपूर्तिमा अनिश्चितता थप बढाएको छ । यसैबीच, संयुक्त अरब इमिरेट्सको अबु धाबीस्थित औद्योगिक… पुरा पढौ

रूसको ऊर्जा क्षेत्रमा ‘गैजप्रोम’को नयाँ रणनीति

मस्को, १३ चैत । रूसी ऊर्जा कम्पनी 'गैजप्रोम नेफ्ट'ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना बनाएको छ। कम्पनीका सीईओ अलेक्ज्याण्डर ड्यूकोभले बिहीबार उद्योग तथा व्यापार सम्मेलनमा यो जानकारी दिनुभएको छ । ड्यूकोभले भन्नुभयो, “यस वर्ष हामी हाइड्रोकार्बन, विशेष गरी तेलको उत्पादन बढाउने योजना बनाएका छौं।” उहाँले यो कुरा रूसी उद्योगपति तथा उद्यमी संघको कांग्रेसको साइडलाइनमा व्यक्त गर्नुभएका थिए। कम्पनीको हाइड्रोकार्बन उत्पादन, जसमा संयुक्त उद्यमहरूमा कम्पनीको हिस्सा पनि समावेश छ, २०२४ मा ५.३ प्रतिशत वृद्धि भई १२६.९ टन तेल समतुल्यमा पुगेको… पुरा पढौ

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वासिङ्टन, १२ चैत । इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिनुभएको छ । उहाँले आफ्ना निकट सल्लाहकारहरूलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभएको एक प्रतिवेदनले उल्लेख गरेको छ । यसले कूटनीतिक समाधानतर्फ अमेरिका झुकिरहेको सङ्केत गर्छ । वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार, यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले निजी रूपमा द्वन्द्व अन्तिम चरणमा पुगेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सार्वजनिक रूपमा उल्लेख गरिसक्नुभएको चारदेखि छ हप्ताको समयसीमाभित्रै समाधान निकाल्नुपर्नेमा जोड… पुरा पढौ

मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित

पेरिस, १२ चैत । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहलहरू अस्पष्ट र विरोधाभासी देखिएका छन् । इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण आदानप्रदानसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाले युद्धको दिशा अझ अनिश्चित बनाएको छ । इजरायली सेनाले बिहीबार इरानका विभिन्न स्थानहरू, विशेषतः इस्फहानजस्ता केन्द्रीय सहरहरूमा आक्रमणको लहर चलाएको जनाएको छ । यसको जवाफमा इरानले प्रक्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको थियो । यस क्रममा… पुरा पढौ

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

जेरुसेलम, १२ चैत । इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ । पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति दिइएको थियो । इजरायलको “म्यागेन डेभिड एडम” आपतकालीन चिकित्सा सेवाले आक्रमणमा कुनै हताहतको रिपोर्ट नभएको बताएको छ । सेनाले यस अघि इरानबाट मिसाइल… पुरा पढौ

एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

बोआओ, हैनान (चीन), ११ चैत । एशिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एशियाको हिस्सा निरन्तर बढिरहेको छ । ‘एशियाली आर्थिक दृष्टिकोण तथा एकीकरण प्रगति वार्षिक प्रतिवेदन २०२६’ अनुसार सन् २०२६ मा एशियाली अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्रमा एशियाको हिस्सा २०२५ को ४९.२ प्रतिशतबाट बढेर ४९.७ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । संस्थाका महासचिव झाङ… पुरा पढौ