अन्तर्राष्ट्रिय 🗺

पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु-प्रहरी

पेशावर, पाकिस्तान, २० चैत । उत्तर पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमा आत्मघाती बम विस्फोट हुँदा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रहरी चौकीलाई निशाना बनाएर भएको आक्रमण पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा भएको स्थानीय प्रहरी अधिकारी मुहम्मद सज्जाद खानलाई उदृत गर्दै शुक्रबार एएफपीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणमा अन्य चार जना घाइते भएका छन् भने अहिले सम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । सन् २०२१ मा काबुलमा तालिबान… पुरा पढौ

आर्टेमिस–२ः चन्द्र यात्रामा मानवको पुनरागमन

केप क्यानभेरल (फ्लोरिडा), १९ चैत । आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन्द्रमाको परिक्रमा गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरेका छन्, जसले आगामी अवतरणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । तीन अमेरिकी र एक क्यानेडियाली अन्तरिक्ष यात्री बोकेको ३२–तले स्पेस लन्च सिस्टम रकेट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट साँझतिर उडेको थियो । प्रक्षेपण अवलोकन गर्न हजारौँ मानिसहरू भेला भएका थिए, जसले अपोलो युगको सम्झना दिलाउने वातावरण सिर्जना गरेको थियो… पुरा पढौ

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

मनाडो (इन्डोनेसिया), १९ चैत । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ । सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए । हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक… पुरा पढौ

इरान युद्धमा ट्रम्पको कडा चेतावनी

वासिङ्टन, १९ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ । ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताउनुभयो, तर युद्ध कसरी र कहिले टुङ्गिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गर्नुभएन । उहाँले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्‍याउँदै… पुरा पढौ

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

केप क्यानभेरल (फ्लोरिडा), १८ चैत । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ । अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान गर्नुहुनेछ । उहाँहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किनुहुनेछ । करिब १० दिनभन्दा कम… पुरा पढौ

श्रीलङ्काद्वारा ३९ वटा देशलाई नि:शुल्क पर्यटन भिसा दिने तयारी

कोलम्बो, १८चैत । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तीहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी छ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ । यससँग सम्बन्धित नियमहरू मन्त्रिपरिषदको स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् । पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई –२१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो । यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकहरुलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले पत्रकारहरुसँगको साक्षातकारमा बताउनु भएको छ ।… पुरा पढौ

इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो

वासिङटन, १६ चैत । इरानले साउदी अरबको प्रिन्स सुल्तान विमान बेसमाथि मिसाइल र ड्रोन हमला गर्दा कम्तीमा १५ अमेरिकी सैनिक घाइते भएका छन् । यस आक्रमणमा पाँच जना गम्भीर अवस्थामा छन् । यसअघि, यो क्षेत्रमा अमेरिकी सैनिकको संख्या ३०० भन्दा बढी घाइते भएका थिए । इरानले छ वटा बैलिस्टिक मिसाइल र २९ वटा ड्रोन प्रहार गरेको थियो । अमेरिकी सेनाले मध्यपूर्वमा थप सैनिक र विमान साधनहरू पठाएको छ । यससंगै, क्षेत्रीय तयारीमा स्ट्राइक फाइटर विमान र अन्य आक्रमण साधनहरू पनि… पुरा पढौ

नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

जोस(नाइजेरिया), १ ६ चैत । यस अघि बन्दुकधारीहरूले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसहरूको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानीयहरूलाई उदृत गर्दै सोमबार एएफपीले जनाएको छ । नाइजेरियाको मध्य क्षेत्रमा रहेको पठार राज्यका ग्रामीण क्षेत्रमा बारम्बार हिंसा हुने गरेको जनाइएको छ । जुन किसानहरू बीचको भूमि विवादसँग जोडिएको छ । जोस नर्थ जिल्लाको अङ्गुवान रुकुबामा रहेको बार–एण्ड रेस्टुरेन्टमा आइतबार अज्ञात बन्दुकधारी समुहले गोली चलाउँदा… पुरा पढौ

इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट

बेइरुत, १५ चैत । लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो । अधिकांश नोक्सान लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये प्रान्तमा केन्द्रित छ, जहाँ ४४ हजार २९७ हेक्टर भूमि प्रभावित भएको छ, अन्य क्षेत्रहरूमा मात्र दुई हजार १८१ हेक्टर प्रभावित भएको मन्त्रालयले जनाएको छ । फलफूल र जैतुनका रूख, हरित गृह, साना र मध्यम आकारका फार्महरू सबैभन्दा बढी प्रभावित भएका छन्… पुरा पढौ

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

दमास्कस, १५ चैत । सिरियाको सह–रक्षा मन्त्री सिपान हमोले आइतबार सिरियाका सुरक्षाकर्मीहरूले आफ्नो देशमा रहेको अमेरिकी सैन्य बेसमाथि इराकबाट प्रहार भएको ड्रोन आक्रमण नियन्त्रणमा ल्याएका बताउनुभएको छ । आज बिहान सिरियाको कासरक बेसलाई चारवटा ड्रोनले इराकबाट लक्षित गरे । तर सिरियाका सेनाले ती सबै ड्रोनलाई नष्ट गरे र कुनै पनि क्षति वा घाइतेको रिपोर्ट भएन । सिपान हमोले इराकमाथि जिम्मेवारी औंल्याउँदै यस्तो आक्रमण रोक्न आग्रह गर्नुभएको छ । यो हमला अल–टान्फ बेसमाथि भएको अघिल्लो दिनको ड्रोन आक्रमणपछि आएको हो ।… पुरा पढौ