मुख्य समाचार

दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

काठमाडौं, १८ जेठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो । महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिए। उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिइन् । “हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ, ”उनले अन्य मुलुकमा स्तनक्यान्सरका… पुरा पढौ

तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन : अर्थमन्त्री पुन

काठमाडौं, १७ वैशाख । अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेकाे बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको बताए । “बजेटमा अलिअलि आलोचना स्वभाविक हो । केही ठाउँबाट आलोचना पनि भएका छन् । अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्”, अर्थमन्त्री पुनले भने। तथ्यमा आधारित भएर बजेट बनाउँदा… पुरा पढौ

यसपटककाे बजेटले पर्यटनलाई प्राथमिकता दिएकाे छ: होटल सङ्घ नेपाल

काठमाडौं, १७ जेठ । सरकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेटमा आर्थिक समृद्धिको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ घोषणा गरेकाेमा होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपालले स्वागत गरेको छ । वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ घोषणा भएकोमा उत्साहित भएको जनाउदै सङ्घले कार्यक्रमको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीति स्वागतयोग्य रहेको विज्ञप्तिमार्फत जनाएको हो । सङ्घले सातै प्रदेश समिटिने… पुरा पढौ

नेप्से १९.८९ अंकले घट्याे, ४ अर्ब २१ करोडको कारोबार

काठमाडौं, १७ जेठ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१÷०८२ को वजेट ल्याएको भोलिपल्टै ओरालो लागेको नेप्सेको यात्रामा ब्रेक लाग्न नसक्नुको कारण सेयर बजारमैत्री अझैं हुन नसकेको आकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.९५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.९० अंकले घटेर ३७०.१९ विन्दुमा रहेको छ । यसदिन कुल ३११ कम्पनीहरुको… पुरा पढौ

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयन गर्नेछ: प्रधानमन्त्री दाहाल

विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने जानकारी दिएका छन् । आज आयोजित श्रमाधान रोजगार मेलालाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम, सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताए। “वैदेशिक रोजगारीबाट फर्किएका वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,”… पुरा पढौ

बजेटको प्रतिक्रियाबाट सरप्राइज भएको छु: अर्थमन्त्री पुन

काठमाडौं, १७ जेठ । अर्थमन्त्री बर्षमान पुनले सबैतिरबाट अहिलेको बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् । आज बिहीबार काठमाडौंमा आयोजित आर्थिक बर्ष २०८१-८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हुन् । बजेटमा समावेश भएका विषयहरूमा केन्द्रीत भएर अन्तरक्रिया गरिएको यो नै कार्यक्रम पहिलो पोस्ट बजेट छलफल हो । अर्थमन्त्री पुनले गत मंगलबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गरिसकेका छन् । उनले बजेटमा फरक फरक धारणा आउनु स्वभाविक भएको बताए । तर, अधिकांशबाट सकरात्मक प्रतिक्रिया आएको उनले… पुरा पढौ

बाह्रबिसे-तातोपानी सडक स्तरोन्नति गर्न चीन तयार छ : राजदूत छन सङ

सिन्धुपाल्चोक, १७ जेठ । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन् । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताए। नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उनले बताए। पहिरो खसेको स्थान तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी राजदूत छनले दिए। चीनबाट… पुरा पढौ

बजेटमा सम्बोधन भएका निजी क्षेत्रका मागको कार्यान्वयन हुनुपर्छ :महासंघ अध्यक्ष ढकाल

काठमाडौं,१७ जेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवालाहरु मिल्नुपर्ने बताएका छन् । आज बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा समावेश भएका विषयहरूमा भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताउँदै उनले अब कार्यान्वयनमा पनि यसलाई समेट्नुपर्ने बताए । बजेटमा समावेश भएका निजी क्षेत्रको मागको सफल कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । बजेटमा ससाना… पुरा पढौ

बजेटमा बैंकको सुरक्षा सम्बन्धी नीति आउँदा मनोबल बढेको छ : बैंकर्स संघ अध्यक्ष केसी

काठमाडौ, १७ जेष्ठ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन् । आज बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए । यसले बैंकिङ क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरिएको पनि उनले बताए ।… पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तकाे साधारण सभा जेठ २५ गते

काठमाडौं, १७ जेठ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते पाँचौ साधारण सभा बाेलाएकाे छ । सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बस्ने भएकाे छ । साधारण सभामा भाग लिनका लागि सेयर सदस्यहरुले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । सभाकाे प्रयोजनका लागि जेठ १८ गते शुक्रबार बुक क्लोज गरिने भएकाे छ । तसर्थ आजसम्म कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिनका लागि याेग्य मानिनेछन् । यसपटक कम्पनीले लाभांश वितरणकाे प्रस्ताव राखेकाे छैन । गएकाे वैशाख… पुरा पढौ