मुख्य समाचार

संसदकाे गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह

विराटनगर, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे। उनले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।” अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो भने। अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका… पुरा पढौ

मौद्रिक नीति परिवर्तनमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण छ : गभर्नर अधिकारी

सुर्खेत, ८ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताए । उनले अब कर्णालीमा करिब १ अर्ब बजेट खर्च गर्न थालिएको बताएका थिए । गभर्नर अधिकारीले भने, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा… पुरा पढौ

उदिपुर-भरतपुर २ सय २० केभी प्रसारण लाइन निर्माणमा ढिलाई

लमजुङ, ८ जेठ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २ सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काममा अत्यन्त ढिलाई भएकाे छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको ३ अर्ब लागतको परियोजनाको काम ६ वर्षमा पनि पूरा भएको छैन। हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । २ सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकाेमा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन… पुरा पढौ

चालु आवकाे वैशाखसम्म मुलुकलाई पाैने १२ खर्बकाे व्यापार घाटा

काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो । विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको… पुरा पढौ

बालेनकाे स्टाटस: ‘सिंहदरबार र नेताकाे घरकाे फाेहाेर उठ्दैन, को जुध्न आउने हो आए हुन्छ, कसैलाई छाडिन्न’

काठमाडाैं, ८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले संङीय राजधानी काठमाडाैंकाे मुटुमा रहेकाे सिंहदरबारकाे फाेहाेर नउठाउने चेतावनी दिएका छन् । मेयर शाहले सबै राजनीतिक दलका पार्टी कार्यालयहरू र नेताहरूको घरबाट पनि फोहोर नउठाउने चेतावनी दिएका छन् । नेपाल प्रहरीले काठमाडाैंमा फोहोर बोक्ने गाडीका चालकहरूलाई पक्राउ गरेपछि रिसाएका मेयर बालेनले यस्ताे चेतावनी दिएका हुन् । मेयर शाहले सामाजिक संजालमा स्टाटस लेख्रदै फाेहाेर नउठाउने चेतावनी दिएका हुन् । उनले सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका छन । पुरा पढौ

भङ्गहा-जनकपुर-जयनगर रेल पुनः आजदेखि सञ्चालन

जलेश्वर (महोत्तरी), ८ जेठ । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि… पुरा पढौ

वीरगञ्ज महानगरद्वारा रू ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज, (पर्सा) ८ जेठ । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट… पुरा पढौ

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी

कर्णाली, ८ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताए । उनले अब कर्णालीमा करिब रु एक अर्ब बजेट खर्च गर्न थालिएको बताए। गभर्नर अधिकारीले भने, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा सुविधा… पुरा पढौ

न्युनचापीय प्रणालीको प्रभाव : मध्यम वर्षाको सम्भावना

काठाडाैं, ८ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकाे छ ।  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । जेठ ०८ गते (मंगलवार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही… पुरा पढौ

महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै

बागमती, ८ जेठ । केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको छ । सरकारले महिला सञ्चालक भएको उद्योग व्यवसाय दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको हो । हाल दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ । जसमध्ये करिब ७० प्रतिशत महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए। पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर… पुरा पढौ