मुख्य समाचार

नयाँ वर्षमा पर्यटकले भरियो बन्दीपुर

दमौली (तनहुँ), २ वैशाख । नयाँ वर्षको अवसरमा तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट पर्यटक बन्दीपुर उक्लिएका हुन् । बन्दीपुरमा शुक्रबारदेखि ११औँ सडक खाना महोत्सवसमेत सुरु भएको छ । बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए। उनले भने, “नयाँ वर्ष मनाउन बन्दीपुर पर्यटकले खचाखच छ । हजारौँ पर्यटक नयाँ वर्ष मनाउन बन्दीपुर आएका छन् । होटल पनि भरिभराउ छ ।” नयाँ… पुरा पढौ

मुनाबजार सिर्जनाचोकमा ‘पोखरामा ईलाम’ शुभारम्भ

पोखरा, १ वैशाख । मुना कृषि लिमिटेडले संचालन गरेको मुनाबजार पोखरा सिर्जनाचोकमा ईलामका गुणस्तरीय कृषि उपजहरुको बजारिकरणका लागि आजबाट 'पोखरामा ईलाम' बिक्री शुभारम्भ गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथि ईलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी लिम्बु र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । ८० वर्षिया उद्यमशिलताकी रोलमोडल ईलाम नगरपालिकाकी उपमेयर लिम्बुले पोखरा महानगरपालिकाकी मेयर गुरुङलाई ईलामे रैथाने कृषि उपजहरुरुको झोला हस्तान्तरण गरेर “पोखरामा ईलाम” शुभारम्भ गरेकी हुन् । ईलाम कृषिजन्य बस्तुहरुको लागि उर्बर क्षेत्र हो… पुरा पढौ

नयाँ वर्ष २०८१ लाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ: अध्यक्ष ओली

काठमाडौं, १ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताए । ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष… पुरा पढौ

२०८० मा स्वास्थ्यमा प्रगति: कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षासम्म

काठमाडौं, १ वैशाख । २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरिन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो । आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ । योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गनुपर्ने उत्तिकै छन् । स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका… पुरा पढौ

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

काठमाडौं, १ वैशाख । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको राससलाई बताए। उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी… पुरा पढौ

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ, १ वैशाख । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो… पुरा पढौ

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढौं : राष्ट्रपति पौडेल

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए । “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध… पुरा पढौ

उच्च पहाडी-हिमाली भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, १ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र मधेश  प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेकाे र बाँकी भागमा मौसम सफा रहेको जनाएकाे छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा… पुरा पढौ

आजदेखि नयाँ वर्ष २०८१ शुरु

काठमाडौं, १ वैशाख । विक्रम संवत्को पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष लाग्दैछ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ… पुरा पढौ

राष्ट्रको समृद्धि र सुशासनका निम्ति सबै जुटौँः प्रदेश प्रमुख भट्ट

काठमाडौं १ वैशाख । राष्ट्रको समृद्धि र सुशासनका निम्ति सबै जुटौँः प्रदेश प्रमुख भट्ट पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण… पुरा पढौ