मुख्य समाचार

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

काठमाडौं, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले कांग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिए । अध्यक्ष ओलीले भने, “कांग्रेसले आक्रोस र पीडाले जेपायो त्यही बोलिरहेको छ । यसो गर्नु हुन्न । संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई संरक्षण गर्दै अघि बढ्ने कुरा… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, साढे ३ अर्बको कारोबार

काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०८१ को साताको पहिलो सेयर कारोबार भएको पहिलो दिन आज आईतबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा झरेको छ । नेप्सेमा ०.११ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेर ३५८.२० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । यसदिन कुल ३२० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको… पुरा पढौ

वर्ष २०८० मा दोस्रो चरणको आर्थिक सुधार प्रयासले सूचकमा सकारात्मक सङ्केत

काठमाडौं, २ वैशाख । कोभिड-१९ महामारीयता तङ्ग्रन नसकेको मुलुकको अर्थतन्त्रमा २०८० सालमा केही सुधारको सङ्केत देखिएपनि शिथिलता अझै कायमै छ । मुलुकको अर्थतन्त्रले वृद्धिको लय समातेर पूर्ण तन्दुरुस्ती पाउन सकेको छैन । आर्थिक सूचकहरुमा सामान्य बाहेक उल्लेख्य प्रगति देखिएन । बाह्य सूचकरु सहज अवस्थामा पुगेपनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने चुनौतीपूर्ण देखियो । आन्तरिक बजार मागको सङ्कुचनले अर्थतन्त्र अपेक्षित रुपमा चलायमान हुन सकेन । बैंक-वित्तीय संस्थामा पर्याप्त तरलता हुँदा र ब्याजदर घट्दासमेत कर्जा लगानी सुस्त देखियो । चालु आर्थिक वर्ष… पुरा पढौ

गरिमा विकास बैंकका निवर्तमान सिईओ ढकालको विदाई तथा नवनियुक्त सिईओ उपाध्यायको सपथ

काठमाडाैं, २ बैशाख। गरिमा विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा विकास बैंकका सञ्चालक समितिका पदाधिकारीहरु, पुर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै… पुरा पढौ

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरेका हुन्। शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र… पुरा पढौ

आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहति अन्यकाे भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १७… पुरा पढौ

अनुदानले खेती क्षेत्र र चैते धानको उत्पादन बर्सेनि बढ्दै

मध्यविन्दु (नवलपरासी), २ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ । यस वर्ष चैते धान रोपाइँ… पुरा पढौ

नारायणी डेभलपमेन्ट बैंककाे साधारण सभाकाे मिति तय

काठमाडौं, २ चैत । नारायणी डेभलपमेन्ट बैंकको २२औं साधारण सभा वैशाख १८ गते डाकिएकाे छ । यसपटक लाभांशकाे प्रस्ताव नभएकाे बैंककाे साधारण सभा रत्ननगर टाँडी चितवनमा रहेकाे होटल स्टारमा पूर्वान्ह ११ः३० बजे डाकिएकाे छ । साधारण सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गरिनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेकिने भएकाे छ । यस्तै सभामा बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्तावहरू रहेका छन् । सभामा सञ्चालकहरुको चयन गरिने प्रस्ताव पनि रहेकाे छ… पुरा पढौ

विशेषज्ञ चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौँडा, २ वैशाख । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए। बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए । “मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन प¥यो तर उमेरका कारण उनलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएकाे बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि… पुरा पढौ

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, २ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बैशाख ०२ गते (आइतबार) दिउँसो: कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै र बाँकी पहाडी भू-भागको एक-दुई… पुरा पढौ