मुख्य समाचार

चालु आवको ३४ दिनमै १ खर्ब बढी राजस्व संकलन

काठमाडौं, ६ भदाै। चालु आर्थिक वर्षको सुरुवाती ३४ दिनमै सरकारले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको ३४औँ दिन (बुधबार) सम्ममा सरकारी ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको हो। राजस्व संकलनको संरचनात्मक अवस्था महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संकलित कुल एक खर्ब राजस्वमा विभिन्न कर तथा गैरकरको योगदान निम्न अनुसार रहेको छ: राजस्वको शीर्षकयोगदान प्रतिशतमूल्य अभिवृद्धि कर (VAT)३४.०४%आयकर (Income Tax)२२.१७%अन्तःशुल्क (Excise Duty)१५.४६%भन्सार महसुल (Customs Duty)१४.५५%अन्य शीर्षक१३.७८% 'मिसन १६ खर्ब' र… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ६ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम… पुरा पढौ

पहिरोले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं, ६ भदौ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन… पुरा पढौ

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं, ६ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा… पुरा पढौ

‘नाडा अटो शो’ भदौ ९ देखि भृकुटीमण्डपमा : गाडीसँगै १० वर्षे यात्राका पूर्वाधार प्रस्तुत गरिने

काठमाडौं, ५ भदाै। नेपाली सवारीसाधन बजारको बहुप्रतीक्षित ‘१८औं नाडा अटो शो २०२६’ आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। एचपी ल्युब्रिकेन्ट्सको प्रायोजनमा आयोजना हुन लागेको यो प्रदर्शनी करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टलका साथ सञ्चालन हुनेछ। यस वर्षको प्रदर्शनी केवल नयाँ गाडी हेर्ने र किन्ने थलोमा मात्र सीमित नरही, गाडी खरिदपछि आउने सम्पूर्ण स्वामित्व अनुभव (ओनरसिप एक्स्पेरियन्स) लाई समेट्ने गरी तयार पारिएको छ। अटो शोका मुख्य आकर्षण र विशेषताहरू: व्यापक ब्राण्ड सहभागिता: प्रदर्शनीमा २३… पुरा पढौ

साताको अन्तिम दिन नेप्से १०.६७ अंकले घट्यो, रु. ४ अर्ब १६ करोडको कारोबार

काठमाडौं, ५ भदौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले बढेको नेप्से यस दिन १०.६७ अंकले घट्दै २६१८.७२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५४ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंकले ओरालो लागेका छन्। कारोबार रकम र बजार स्थिति: कुल कारोबार रकम: ३४४ वटा स्टकको ५९ हजार ८०५ पटकको कारोबारमा रु. ४ अर्ब १६ करोड ७६ लाख १८ हजार बराबरको १… पुरा पढौ

‘नेपाल र चीनबिचको सहकार्य अझै बढाउनुपर्छ’

काठमाडौं, ५ भदौ । नेपाल र चीनबिच जनस्तरको सम्बन्ध विकास एवं प्रवर्धन गर्ने उद्देश्यले ‘सिजाङ पानोरोमाः नयाँ युग, नयाँ विकास’ शीर्षकमा अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । चीनको मानव अधिकार अध्ययन समाज, नेपालको त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय मानव अधिकार आयोगले अनुभव आदानप्रदानको साझेदारी मञ्च आयोजना गरेका हुन् । अन्तरक्रियासँगै फोटो प्रदर्शनी पनि राखिएको कार्यक्रममा नेपाल र चीनका ३०० भन्दा बढीको सहभागिता थियो । कार्यक्रमका वक्ताहरूले नेपाल र चीनबिचको सहकार्य र साझेदारीलाई अझै बढाउनुपर्ने बताए। चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका स्थायी समिति सदस्य तथा… पुरा पढौ

बैंकमा रकम थुप्रिएपछि राष्ट्र बैंकले तान्याे करिब ३ खर्ब तरलता

काठमाडौं, ५ भदौ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती अवधिमै करिब रु. २ खर्ब ९० अर्ब तरलता प्रणालीबाट तानेको छ। भदौ ३ गतेसम्म विभिन्न मौद्रिक उपकरणमार्फत कुल रु. २ खर्ब ८९ अर्ब ५६ करोड बराबरको तरलता अवशोषण गरिएको राष्ट्र बैंकले जनाएको छ। कुल ५१ पटकको कारोबारमार्फत तानिएको उक्त रकममध्ये निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (SDF) मुख्य माध्यम बनेका छन्। मौद्रिक उपकरणमार्फत भएको तरलता अवशोषणको स्थिति: Standing Deposit Facility… पुरा पढौ

१८औँ नाडा अटो शो भदौ ९ देखि: नाडाको स्वर्ण जयन्तीमा भव्य अटोमोबाइल मेला हुने

काठमाडौं, ५ भदौ । नेपालको अटोमोबाइल क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गते (अगस्ट २५ देखि ३०) सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने यो मेला नेपालकै ठूलो मोबिलिटी मेला हुनेछ। सन् १९७५ मा सीमित सवारी आयातकर्ताबाट सुरु भएको नाडाले आफ्नो स्वर्ण जयन्ती मनाइरहँदा आयोजना गर्न लागेको यस प्रदर्शनी भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिनेछ। प्रदर्शनीका… पुरा पढौ

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक

काठमाडौं, ५ भदौ। नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार गरिएको हो । मस्यौदामा सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, दूरसञ्चार नीति, २०६०, ब्रोडब्यान्ड नीति, २०७१ र सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ लाई एकीकृत गर्ने प्रस्ताव गरिएको छ । यस्तै, स्याटेलाइट नीति, २०७७, राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०, दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट… पुरा पढौ