मुख्य समाचार

चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

काठमाडौ, ७ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो । सहमतिपश्चात् आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ । झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा,… पुरा पढौ

स्वरोजगार र विन नेपाल लघुवित्तको भदौ २१ गतेदेखि एकीकृत कारोबार

काठमाडौं, ७ भदाै । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सुरु गर्न लागेको हो। प्राप्तिसम्बन्धी प्रस्तावलाई स्वरोजगार लघुवित्तको जेठ १ गते सम्पन्न विशेष साधारण सभा र विन नेपाल लघुवित्तको जेठ ५ गते सम्पन्न वार्षिक साधारण सभाले औपचारिक रूपमा पारित गरेका थिए। एकीकृत कारोबारका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक… पुरा पढौ

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं, ७ भदौ। दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ । दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको प्रमुख उद्देश्य हो । अगष्ट २३ को मिति सन् १७९१ मा हालको हाइटीको सेन्ट–डोमिङ्गमा सुरु भएको दास विद्रोहको स्मरणमा… पुरा पढौ

साढे दुई दशकपछि गुञ्जियो लुमको आवाज

हेटौँडा, ७ भदौ। लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य यही थियो । जीर्ण देखिएका मेसिन नियाल्दा उहाँका आँसु झरे । तर अहिले त्यही उद्योगमा फेरि लुम (तान)को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ । “हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो”, अमात्यले भन्नुभयो, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ ।” सरकारले उद्योग पुनःसञ्चालनको तयारी थालेपछि अमात्य काठमाडौँबाट हेटौँडा… पुरा पढौ

रु २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा, ७ भदौ। पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२÷८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु… पुरा पढौ

काठमाडौंमा १८औँ नाडा अटो शो: इभीको तीव्र वृद्धि र पूर्वाधारको चुनौतीबारे बहस

काठमाडौं, ७ भदाै । काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि सुरु हुने १८औँ नाडा अटो शोमा जी१ ह्युमनोइड र गो२ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा रहने भएका छन्। तर, यो प्रदर्शनी केवल नयाँ प्रविधिको प्रदर्शनमा मात्र सीमित नरही नेपालमा तीव्र रूपमा भइरहेको विद्युतीय सवारी (इभी) रूपान्तरण र यसले निम्त्याएका व्यावहारिक चुनौतीहरूबारे छलफल गर्ने थलो बन्ने भएको छ। इभी बजार र पूर्वाधारको अवस्था आयात र बजारको स्थिति: नेपालमा हालसम्म करिब ६३,००० विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्, जसमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट र बाँकी… पुरा पढौ

देशका विभिन्न स्थानर पहाडी क्षेत्रमा भारी वर्षा हुने

काठमाडौं, ७ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका… पुरा पढौ

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौं, ७ भदौ। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ… पुरा पढौ

साउनमा करिब २ खर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं, ६ भदौ। चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो । गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । साउनमा रु ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार… पुरा पढौ

एकै हप्तामा सुनको भाउ १५ हजार १०० ले बढ्यो, साउनमा भित्रियो ५० किलो

काठमाडौ, ६ भदाै । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते शनिबार प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य भदौ ५ गते शुक्रबारसम्म आइपुग्दा बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो। साताभरि सुनको मूल्यमा भएको उतारचढाव मितिदैनिक परिवर्तनप्रतितोला मूल्य (रु)साउन ३० (शनिबार)-३,०१,६००साउन ३१ (आइतबार)रु ३,६०० ले बढेको३,०५,२००भदौ १ (सोमबार)रु १,६०० ले बढेको३,०६,६००भदौ २ (मंगलबार)स्थिर३,०६,६००भदौ ३ (बुधबार)रु २,७०० ले… पुरा पढौ