मुख्य समाचार

अहिलेकाे अराजकतालाई रोक्न सकिएन भने कर्जा प्रवाह बढ्दैन: गभर्नर अधिकारी

काठमाडौं,२१ फागुन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकिङ क्षेत्रमा देखिएकाे अराजकतालाई रोक्न नसकिएमा कर्जा प्रवाह बढ्न नसक्ने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले याे कुरा बताएका हुन् । बढ्दै गएकाे बैंकिङ अराजकतालाई सबै मिलेर रोक्न सकेनौ भने कर्जाको माग र कर्जा प्रवाह बढ्ने अवस्था देखिदैन, अधिकारीले भने। यस बिषयमा सबै चनाखाे हुनुपर्ने उनकाे भनाइ थियाे । केही ब्यक्ति र समुहकाे स्वार्थ पुर्तिका लागि बैंकका कर्मचारीलाई कुटपिट गर्दै त्रास देखाएर बैंकिङ क्षेत्रलाइ नै धरासायी बनाउन खोज्नु… पुरा पढौ

देशका पहाडी-हिमाली भागका हल्का हिमपातको सम्भावना

काठमाडाैं, २१ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको छ। फाल्गुन २१ गते  (सोमबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भुभागका एक-दुई… पुरा पढौ

जलवायु परिर्वतनले पारेको असरबारे सोलुखुम्बुकाे स्याङ्बोचेमा अन्तरसंवाद

सोलुखुम्बु,२१ फागुन। सोलुखुम्बुको स्याङ्बोचेमा जलवायु परिर्वतन र त्यसले स्थानीयमा पारेको असरसम्बन्धी सरोकारवाला पक्षसँग अन्तरक्रिया गरिएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रका महिला, बालबालिकासहितको जनजीवनमा पारेको प्रभावबारे विज्ञसहितको टोलीले प्रत्यक्ष अन्तरसंवाद गरेको हो । जलवायु न्यायका लागि विश्व समुदायको ध्यानार्कषण गराउन विभिन्न क्षेत्रका अगुवा महिलासहितको टोली सगरमाथाको कालापत्थर जाने क्रममा तीन हजार आठ सय ८१ मिटरको उचाइमा अवस्थित स्याङ्बोचेमा विशेष अन्तरसंवाद कार्यक्रम भएको हो। खुम्बु पासाङ ल्हामु गाउँपालिकासँगको सहकार्यमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेसनद्वारा आयोजित कार्यक्रमका सहमभागीले जलवायु… पुरा पढौ

प्रिमियर स्टीलले गर्याे पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट

काठमाडाैं, २० फागुन । प्रिमियर स्टिल प्रालिकाे पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० शनिवार काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा प्रिमियर स्टिलसँग आबद्ध देशभरका डेभलपर्स एण्ड कन्ट्रयाक्टर्सहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव मुकुन्द निरौला, नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सारडा ग्रुपका निर्देशक सौरभ सारडा, र प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडाको उपस्थिति रहेको थियो ।  प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडाले देश निमार्णमा राम्रो भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरेका थिए… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्ककाे गिरावट, २ अर्ब बढीकाे काराेबार

काठमाडौं, २० फागुन । साताकाे सेयर काराेबार हुने पहिलाे दिन आइतबार नेपाली सेयर बजारमा गिरावट भएकाे छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेकाे छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार… पुरा पढौ

लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा ३० अर्बभन्दा बढीको लगानी

लुम्बिनी, २० फागुन। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी रु ६० अर्बभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका होटल व्यवसायमा मात्रै झण्डै रु ३० अर्बभन्दा बढीको लगानी पुगेको व्यवसायीहरू बताउँछन् । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना–ठूला गरी दुई हजार पाँच सय होटल छन् । यसमध्ये एक सय ५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष पर्यटन व्यवसायी माधव नेपाल… पुरा पढौ

सातौं बार्षिकोत्सव मनाउँदै होटल फेयरफिल्ड म्यारिअट

काठमाडाैं, २० फागुन । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौं बार्षिकोत्सब मनाउने भएकाे छ । वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हजाराै स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् । सात वर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो । फेयरफिल्ड काठमाडौंमा आथित्य सेवाका लागि तिन… पुरा पढौ

‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौं : प्रधानमन्त्री दाहाल

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन्। ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । “सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डेटा विज्ञान, मेसिन लर्निङ, इन्टरनेट अफ थिङस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछु,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्बन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने बाचा पुरा हुदैछ : मेयर रेनु दाहाल

चितवन, २० फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताएकी छिन्। विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उनले रंगशाला परिसरमा आउदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पारिन। प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने बताइन ।सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,उनले भनिन् ,‘सधै यहाँ आएर रंगशाला बन्छ,बनाउने छौ… पुरा पढौ

सबैको लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, साधना लघुवित्तसँग १ः१ अनुपातमा मर्ज हुने

तनँहु, २० फागुन । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा फाल्गुण १९ गते शनिबार तनहुँ सम्पन्न भएकाे छ । वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष नारायण प्रसाद जोशीको सभाध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व.२०७९।८० वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९।८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको थियो । यसै गरी लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको जनाइएकाे छ । त्यसै… पुरा पढौ