मुख्य समाचार

सिंगटी हाइड्रोको १ अर्ब ४५ करोड बराबरको हकप्रदमा आजसम्म आवेदन दिन सकिने

काठमाडाैं, २२ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ अर्ब ४५ करोड रूपैया बराबरको हकप्रद सेयरका लागि आजसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले गत फागुन २ गतेदेखि हकप्रद निष्कासन गरेको थियाे।   कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको थियाे। कम्पनीले १ अर्ब ४५ करोड बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद निष्कासन गरेको बताइएकाे छ ।   लगानीकर्ताले यसका लागि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको… पुरा पढौ

१८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

काठमाण्डौ, २२ फागुन। कुमारी बैंकले संस्थापक समूहको केहि सेयर बिक्री गर्न लागेको छ। बैंकले हाल संस्थापक सेयरधनीको नाममा रहेको १८ हजार १ सय ८० कित्ता सेयर बिक्री गर्न लागेकाे हाे। सेयर खरिदका लागि पहिलाे चरणमा संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन सक्ने बैकले जनाएकाे छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कुमारी क्यापिटल तथा कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बताइएको छ ।   तोकिएको… पुरा पढौ

यस्ताे छ नयाँ गठबन्धनका दलहरूकाे आठबुँदे सहमति

काठमाडौं, २२ फागुन । सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सर्तसहित नयाँ सत्ता गठबन्धनका लागि चार दलबीच सहमति भएको ती दलका नेताहरुले बताएका छन् । चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताए । मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरुबीच सत्ता गठबन्धनका लागि सहमति भएको उनले बताए। नेपाल कम्युनिष्ट… पुरा पढौ

फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको आयोगद्वारा अनुगमन

काठमाडौं, २२ फागुन । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ । आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए। “व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उनले भने । काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा… पुरा पढौ

गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडाैं, २२ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जनाएकाे छ । फाल्गुन २२ गते  (मंगलबार) दिउँसो: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश… पुरा पढौ

यस्ता छन् सङ्घीय निजामती सेवा विधेयका नयाँ व्यवस्था

काठमाडौं, २१ फागुन । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो । सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ । संसद्मा दर्ता भएको विधेयकमा निजामती कर्मचारीलाई… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन नयाँ मन्त्रीले लिए सपथ

काठमाडौं, २१ फागुन ।  आजै नियुक्त भएका तीन मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीनैजना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति भवनमा आयोजना गरिएकाे सपथ ग्रहण समारोहमा नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा (एमाले) बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् । साे समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च… पुरा पढौ

प्रचण्ड र ओलीले दुई दुई वर्ष सरकारकाे नेतृत्व गर्ने

काठमाडाैं, २१ फागुन। एक वर्षपछि पुन: गठबन्धनमा जाेडिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई दुई वर्ष सरकारकाे नेतृत्व गर्ने सहमित भएकाे छ। अर्थात सरकारकाे बाँकी रहेकाे कार्यकाल दुबैले आधा-आधा गरेर सरकार चलाउने सहमति गरेका हुन्। गएकाे वर्ष पुस १० गते नकेपा माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिएभने उक्त समयमा पनि दुबैबीच बराबर अवधि सरकार चलाउने विषयमा सहमति भएकाे थियाे। तर उनीहरूबीचकाे सहमति दुई महिनामा नै ताेडिएर प्रचण्ड कांग्रेसंग गठबन्धन गरेका थिए। कांग्रेसले… पुरा पढौ

चीन, भारत, अमेरिका-बेलायत पुग्छ धराने खुकुरी (आलेख)

धरान (सुनसरी), २१ फागुन । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार… पुरा पढौ

‘आफू नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’ : प्रचण्ड

काठमाडौं, २१ फागुन । आजै ठूलाे पार्टी नेपाली कांग्रेससंगकाे सत्ता गठबन्धन ताेडेर नयाँ गठबन्धन बनाएर अगाडी बढेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्। एमाले, रास्वपा, जनता समाजवादी लगायतका दलहरूसंग गठबन्धन गरेर सरकार बनाउन अगाडी बढेका प्रधानमन्त्री दाहाल प्रचण्डले एक कार्यक्रममा आफू नमरेसम्म देशमा उथलपुथल भइ नै रहने बताएका हुन्। सहीद प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, नयाँ गठबन्धन जाे भएकाे छ याे निरन्तरताको क्रमभंगता मात्रै हाे, कामहरू त बाँकी नै छन् । उनले… पुरा पढौ