मुख्य समाचार

आज तीन मन्त्री गिरी, तामाङ र अर्यालले शपथ लिने

काठमाडाैं, २१ फागुन । नयाँ सत्ता गठबन्धनमा सामेल भएका दलहरूबाट आज अपरान्ह तीनजना मन्त्रीहरूले शपथ लिने भएका छन्। सत्ता गठबन्धनको बसेकाे बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हाे । माओवादीका उपमहासचिव वर्षमान पुनका अनुसार नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने तयारी भएकाे छ। मन्त्रालय कस्ले कुन लिने विषयमा शिर्ष नेताहरूबीचकाे छलफलले टुंगाे लगाउने भएकाे छ । शिर्ष नेताहरूले बरियता अनुसार मन्त्रालय र मन्त्रीहरूकाे टुंगाे नलगाउँदासम्म उनीहरू सरकार नजाने निर्णय भएकाेले तत्काल… पुरा पढौ

सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँड गरिने

काठमाडाैं, २१ फागुन । सर्वोत्तम सिमेन्टको सेयर आईपीओ आउदाे शुक्रबार अर्थात फागुन २५ गते बाँडफाँड गरिने भएकाे छ । सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँड गरिने जनाइएकाे छ। कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गरेको थियो। कुल ९ लाख ६० हजार ३०१ जना लगानीकर्ताले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयर माग गरेका थिए । सेयरमा मागभन्दा बढी आवेदन पेश भएकाेले गोलाप्रथाबाट बाँडफाँड… पुरा पढौ

नेप्सेमा ६ प्रतिशतले बृद्धि, तेस्रो सर्किट ब्रेकर लागेपछि आजको कारोबार बन्द

काठमाडाैं, २१ फागुन । साताकाे सेयर काराेबार हुने आज दाेश्राे दिन सोमबार सेयर बजार खुलेकाे पाँच मिनेटमा ७९.२९ अङ्कले बढेपछि कारोबार पहिलोपटक बन्द भयाे । त्यसपछि थप एक प्रतिशतले बजार बढेकाे बेलामा दाेस्रो सर्किट ब्रेक लाग्याे । बन्द भएकाे बजार ४० मिनेटपछि खुलेपछि एक प्रतिशतले बढेपनि आजका लागि कारोवार बन्द गरिएकाे छ । आज नेप्से परिसूचक ११७.७० अङ्कले बढेर २०७८ विन्दुमा पुगेकाे छ । नेप्सेमा ६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेर ३६९.२७ विन्दुमा पुगेकाे छ । यसदिन… पुरा पढौ

ब्युँतियाे २०७९ पुस १० काे समीकरण, तत्काल चार मन्त्री बन्दै

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन ताेडिएपछि नयाँ बनेको सत्ता गठबन्धनबाट चारजना मन्त्री बन्ने भएका छन् । मन्त्री बन्नेकाे लाइनमा एमालेबाट पदम गिरी स्वास्थ्य, माओवादीबाट वर्षमान पुन अर्थ, रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह र जसपाबाट अध्यक्ष उपेन्द्र यादवकाे नाम चर्चामा रहेकाे छ । नेपाली कांग्रेससंगकाे सत्ता गठबन्धन टुक्रिएपछि २०७९ पुस १० गते बनेकाे दलहरूकाे समीकरण अनुसार एमाले, माओवादी, रास्वपा र जसपाको गठबन्धन ब्युँतिएको हो । पुरा पढौ

सोमबार सुनचाँदी स्थिर भाउमा काराेबार हुँदै

काठमाडौं, २१ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदी दुबैमा भाउमा फेरबदल नभई आईतबारकै भाउ कायम गरिएको छ । यसदिन छापावाल सुन तोलाको रुपैयाँ १ लाख २१ हजारमा कारोबार भईरहेको छ । यसअघि आईतबार पपनि छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार… पुरा पढौ

टुक्रियाे सत्ता गठबन्धन, एमाले, रास्वपा सहितको नयाँ सरकार बन्ने, एमालेका गिरी मन्त्री बन्दै

काठमाडाैं, २१ फागुन । पाँच वर्षका लागि सत्ता गठबन्धनकाे बलियाे डाेरी कसिएकाे बताइरहेका सरकारमा संलग्न दलहरूबीच गठबन्धन टुक्रिएकाे छ। अब ठूलाे पार्टी कांग्रेसबीनाकाे सरकार बन्ने भएकाे छ । यसका लागि नेकपा माओवादी केन्द्रका पदाधिकारीहरुको बालुवाटारमा बसिरहेकाे छ । उता नेकपा एमालेको बैठक बालकोटमा बसिरहेकाे छ । स्रोतहरुका अनुसार संभवत: आज नै नयाँ मन्त्रिपरिषद् गठन हुनेछ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा आजै सानो आकारको मन्त्रिपरिषद बन्ने जानकारी गराएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमाले,… पुरा पढौ

बीमा प्राधिकरणद्वारा राष्ट्रिय बीमा नीति सार्वजनिक(पूर्ण पाठ)

काठमाडौं, २१ फागुन । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति २०८० सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकाे बीमा नीतिमा बीमाको पहुँच विस्तार, अनुदान, दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाको उपयोगहरू राखिएकाे छ । प्राधिकरणले बीमा क्षेत्रको विकास, यसकाे बिस्तार र प्रवद्धन गर्नका लागि निति मागर्दशककाे रूपमा हुने जनाएकाे छ । प्राधिकरणले जनाए अनुसार निति कार्यान्वयन शुरू गरिएकाे पाँच बर्षभित्र सम्रग मूल्यांकन गर्ने जनाइएकाे छ। प्राधिकरणका अनुसार मूल्यांकनपछि आउने नतिजा, यस अवधिमा पाइने अनुभव र नितिको सान्दर्भिकता, उपयुक्तता र सम्रग प्रभावकारीताका आधारहरूकाे अध्ययन… पुरा पढौ

रू १३ अर्ब ४ करोडकाे ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बाेलकबाेल

काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले रूपैयाँ १३ अर्ब ४ करोडकाे ट्रेजरी बिल नवीकरण गर्दैछ । बैंकले सूचना प्रकाशित गरेर ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे । बैंकले भाेलि मंगलबार जारी गर्ने ट्रेजरी बिलका लागि आज अपरान्ह ३ बजेसम्म बोलकबोल गरिदैछ ।  बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्नेछ । यो ट्रेजरी बिल २०८१ जेठ २२ गते परिपक्व हुने भएकाे छ । १८२ दिनको लागि ७… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ… पुरा पढौ

सिंगटी हाइड्रोको हकप्रदमा मंगलबारसम्म आवेदन दिन सकिने

काठमाडाैं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जीले बिक्रीमा ल्याएकाे हकप्रद सेयरमा फागुन २२ गते मंगलबारसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले शत प्रतिशत हकप्रद खुलाएकाे हाे। कम्पनीले हाल कायम रहेकाे १ बराबर नयाँ १ कित्ता सेयर खुलाएकाे हाे । कम्पनीले रूपैयाँ १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ४५ लाख कित्ता हकप्रद खुलाएकाे हाे । आजसम्म हकप्रद सेयरमा ६७ हजार १५५ जनाले २५ लाख ४ हजार ८९९ कित्ताका लागि आवेदन पेश गरेका छन्।… पुरा पढौ