मुख्य समाचार

रिडी पावर कम्पनीको हकप्रद सेयरका लागि आवेदन खुल्ला

काठमाडौं, १८ फागुन । रिडी पावर कम्पनीको हकप्रद सेयरका लागि आवेदन खुल्ला भएकाे छ । कम्पनीले १ : ०.५ अनुपात दरले हकप्रद सेयरमा आवेदन खुल्ला गरेकाे हाे । कम्पनीले १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको लागि आवेदन खुलाएको बताएकाे छ । माघ २१ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद र होल्ड गरेका लगानीकर्ताले अंकित मूल्य १ सयका दरले हकप्रद सेयरमा आवेदन दिन पाउने भएका छन । सो अवधिसम्म आफूसँग भएकाे सेयर कित्ताकाे अाधारमा त्यसकै आधा संख्याका लागि आवेदन… पुरा पढौ

५ पूर्व प्रधानमन्त्रीकाे उपस्थितिमा प्रधानमन्त्री दाहालले भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गर्दै

चितवन, १८ फागुन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन् । ५ पूर्वप्रधानमन्त्रीकाे उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन्। यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइसकेका छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३७… पुरा पढौ

वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा कार्की निर्विरोध चयन

काठमाडौं, १८ फागुन । हवाई सेवा प्रदायक संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा मनोज कार्की चयन भएका छन् । सङ्घको सम्पन्न भएको २३औँ वार्षिक साधारणसभाले सङ्घका महासचिव रहेका उनलाई आगामी २ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो । कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन्। सङ्घको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटा, सचिवमा मुरलीधर… पुरा पढौ

भुक्तानी नपाएपछि सडकमा दूध पोखेर किसान आन्दोलित

इलाम, १८ फागुन । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामको आयोजनामा भेला भएका करिब दुई सय किसानले सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् । उनीहरूले यथाशीघ्र किसानले भुक्तानी पाउनुपर्ने माग राखेका छन् । चक्काजाम गरिँदा करिब एक घण्टा मेची राजमार्ग अवरुद्ध भएको थियो । दूध बेचेको पैसाले… पुरा पढौ

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

कायरो (इजिप्ट ), १८ फागुन । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो । साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा ज्यारेड ह्यारिस र सिङ्गिङ्ग बाउलको उपचारात्मक महत्वबारे नेपालमा तालिम लिएका शिक्षाविद् कोर्टनी बेलीले वर्णन गरे । सो अवसरमा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले… पुरा पढौ

पर्यटन, व्यापार र सांस्कृतिक प्रवर्धन गर्न एनवाईएफको टोली भाेलि चीन जाँदै

पोखरा, १८ फागुन । युवा उद्यमी मञ्च पोखराको २१ सदस्यीय टोली भाेलि चीनको ग्वान्जाओ भ्रमणमा जाने भएको छ । एनवाईएफका अध्यक्ष निरन केसीसहितको टोलि शुक्रबार काठमाडौं जाने र शनिबार ग्वान्जाओ प्रस्थान गर्ने भएको हाे। पोखरा महानगरपालिकासंग भगिनि सम्बन्ध रहेको ग्वान्जाओमा पर्यटन प्रवर्धन, प्रकृति, संस्कृति तथा व्यावसायीक छलफल गरिने अध्यक्ष केसीले बताए । पोखरामा आयोजित पत्रकार सम्मेलनमा केसीले पोखराको पर्यटनलाई चिनाउने, सांस्कृतिक अभिबृद्धि र भेटाघट हुने बताए । उनले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी भईरहेको बेलामा हुन लागेको चीनको भ्रमण… पुरा पढौ

बेरोजगार युवायुवतीका लागि आज पोखरामा ‘जब फेयर’

पाेखरा, १८ फागुन । वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका–१३ ले आज ‘जब फेयर’ गर्दैछ । लायन्स र लियो क्लब पोखराको सहकार्यमा वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो । वडाध्यक्ष किरण बरालले बेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगारी उपलब्ध गराउने सोचका साथ कार्यक्रम अघि सारिएको बताए। उनका अनुसार जब फेयरमा विभिन्न १२ कक्षबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ ।… पुरा पढौ

बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह

काठमाडौं, १७ फागुन । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह गरेका छन् । सभाको यही फागुन १४ गतेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सांसदहरूले बजेट कामकाजी हुनुपर्नेमा जोड दिँदै पारित गर्ने समयमा ह्वीप लगाएर बजेट पारित गर्ने र कार्यान्वयन गर्ने समयमा सुझाव पालना नगर्ने प्रवृत्ति सुधार गर्न आग्रह गरे।… पुरा पढौ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारण सभा बाेलायाे, शेयरधनीले यसपटक लाभांश नपाउने

काठमाडाैं, १७ फागुन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा बाेलाएको छ। बैक सञ्चालक समितिको फागुन १६ गते बसेको बैठकले आगामी चैत २० गतेका लागि साधारण सभा बाेलाउने निर्णय गरेकाे हाे । यसपटककाे साधारण सभामा सेयरधनीहरुका लागि लाभांशको प्रस्ताव नै छैन । यसर्थ बैकका शेयरधनीले लाभांश नपाउने भएका छन । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि… पुरा पढौ