मुख्य समाचार

कर्जा दुरूपयाेगको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं, १५ फागुन। प्रभु बैंक लिमिटेडका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । प्रहरीले उनलाई अाज मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेमाथि तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा सीईओ छँदा कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोप छ । (पक्राउ परेका डेपुटी सीईओ न्यौपाने) न्यौपानेसँगै सेञ्चुरीका तत्कालिन सीईओ तुल्सीराम गौतम समेत पक्राउ परेका छन् । याे घटनामा ११ जना पक्राउ परिसकेका छन । पक्राउ पर्ने अन्यमा प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी लगायत… पुरा पढौ

कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन : सांसद प्रेम सुवाल

काठमाडौं, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भन्ने लाग्छ । आफूले पटक–पटक किसान र कृषिजन्य विषयमा सदनमा आवाज उठाउने गरे पनि सुनुवाइ नहुँदा उनलाई दुःख महसुस हुन्छ । जनताको प्रतिनिधि सांसदले कृषिलाई प्राथमिकता दिनुपर्ने कुरामा गरेको खबरदारीलाई सरकारले ध्यान नदिएको उनको अनुभव छ । “नेपाल कृषिप्रधान देश हो, कृषि क्षेत्रलाई समृद्ध बनाउन जरुरी छ”, सांसद सुवालले भने, “अर्थमन्त्री… पुरा पढौ

भरतपुर भ्रमण वर्षको तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार सहभागी हुने

चितवन,१५ फागुन। भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू,… पुरा पढौ

रोजगारीकाे अवसर नभएकाेमा एकल महिलाकाे दुखेसाे

टीकापुर, १५ फागुन । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानकाे गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उनको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राखेकी छन्। एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ । “मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ, अरु कमाउने कोही छैन”, साहुनीले… पुरा पढौ

मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, १५ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । सोमबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको तेजाबी सुन तोलाको १ लाख… पुरा पढौ

संशोधन विधेयकमा साझा धारणा बनाउने निष्कर्षसहित उपप्रमुख सञ्जालको सातौँ बैठक सकियाे

काठमाडौं, १५ फागुन । काठमाडौं उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई परिमार्जन गर्न माग गरेको छ । यसका लागि सञ्जालको आकस्मिक बैठक यही हप्ता काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको जनाइएको छ । प्रस्तावित सो संशोधन विधेयकमा सञ्जालले एउटै धारणासहित सुझाव मन्त्रालयलाई पठाउने तयारी गरेको जनाइएको छ । सञ्जालले… पुरा पढौ

सर्वोत्तम सिमेन्टको आइपीओमा २ दिनमै ८ अर्बकाे आवेदन

काठमाडौं, १५ फागुन । सर्वोत्तम सिमेन्टको सेयर आइपीओमा साेमबार दोस्रो दिनसम्म ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ४ लाख ७ हजार ७११ जना लगानीकर्ताले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन पेश गरेका छन् ।  सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत पहिलो पटक सर्वसाधारणका लागि आइतबार २७ लाख ७६ हजार ७६ कित्ता सेयर खुलाएकाे थियाे । सेयर खुलेकाे पहिलाे दिनमै मागभन्दा बढी आवेदन परेकाेमा दाेश्राे दिनसम्म आउँदा… पुरा पढौ

किसानलाई दूधको भुक्तानी तुरून्तै गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिए । सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । उनले… पुरा पढौ

‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो

काठमाडौँ, १५ फागुन । ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने निर्णय भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्डिनेटिङ मेकानिज्म) को एक सय ३०औँ बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्चालन हुने एचआईभी र क्षयरोगका कार्यक्रमका लागि नेपाल सरकार र गैरसरकारी क्षेत्रबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)लाई प्राप्तिकर्ता (प्रिन्सिपल रेसिपिएन्ट) छान्ने निर्णय गरेको हो । एचआईभी, क्षयरोग र मलेरिया कार्यक्रम सञ्चालन गर्न सिसीएमा मार्फत ग्लोबल फन्डले यसअघि नै नेपाल सरकार स्वास्थ्य… पुरा पढौ

गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन

काठमाडौं, १५ फागुन । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको साेमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए। अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा… पुरा पढौ