मुख्य समाचार

बैंंकहरूसँग पर्याप्त तरलता रहेकाले बैंकिङ प्रणालीमा समस्या छैन: अध्यक्ष केसी

काठमाडाैं, १३ फागुन । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा बाेल्दै उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै बैंकिङ अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताएका हुन । बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता… पुरा पढौ

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद होः सांसद घिमिरे

नेपालगञ्ज, १३ फागुन । कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसद््लाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसदमा हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ । संसद््मा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन् । विश्वव्यापी रुपमै स्वीकार गरेकै कुरा हो, यो व्यवस्था आफैँमा समुन्नत व्यवस्था हो । आवधिक निर्वाचन यसको जग हो । निर्वाचित जनप्रतिनिधिले जनजीविकाका विषयमा निरन्तर वकालत गर्नु उसको प्रमुख दायित्व र कर्तव्य नै हो । संसदमा अल्पमत… पुरा पढौ

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडाैं, १३ फागुन । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो । निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र प्रदान गर्दै आएकोमा गत हप्तादेखि भने विद्युतीय माध्यममार्फत रुट परमिट दिने व्यवस्था मिलाएको टानका महासचिव विनोद… पुरा पढौ

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा

काठमाडाैं, १३ फागुन । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरणकाे घोषणा गरेको छ । कम्पजीले गएकाे आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको हाे। कम्पनीकाे हाल कायम रहेकाे चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस सेयर वितरण गरिने भएकाे छ । साथै त्यसकाे कर प्रयोजनका लागि रूपैयाँ ४ करोड ८४ हजार २११ बराबरको नगद लाभांश वितरण गर्ने भएकाे छ । इन्स्योरेन्सका अनुसार बोनस सेयर वितरण गरेपछि २७ प्रतिशतकाे दरले हकप्रद सेयर खुलाइने भएकाे छ । सञ्चालक समितिको फागुन ११… पुरा पढौ

सर्वोत्तम सिमेन्टकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडाैं, १३ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडकाे आईपीओ आजदेखि बिक्री खुला गरिएकाे छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेकाे हाे । यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर खुलाइ बाँडफाँड गरिसकेकाे छ । यसअघि स्थानियका लागि खुलाइएकाे सेयरमा आवेदन नपरी बाँकी रहेकाे ६ लाख ८१ हजार ५३० कित्तामा थप गरेर २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुलाएकाे हाे ।… पुरा पढौ

कोदोलाई ‘ब्रान्डिङ’ गरेर पिठोबाट बिस्कुट उत्पादन

गलकोट (बागलुङ), १३ फागुन । पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन् । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। विस २०७७ मा सो उद्योग स्थापना भएको थियो । लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात्… पुरा पढौ

आजदेखि ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौं, १३ फागुन । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय… पुरा पढौ

आज अमेरिकी डलर र यूरोसहित अन्यकाे भाउ स्थिर

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको स्थिर रहेकाे । साथै यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२… पुरा पढौ

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर, १३ फागुन । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए। “अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, उनले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष… पुरा पढौ

स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएनः सभामुख घिमिरे

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमाबारे राजनीतिक दल, जनप्रतिनिधि र नागारिकमा पर्याप्त जानकारी पुग्न नसकेको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा संसद् भवन बानेश्वरमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा उनले स्वास्थ्य बीमालाई ठीक ढङ्गले परिचालन गर्ने कुरामा जननिर्वाचित प्रतिनिधिलाई नै जानकारी नभएको बताए। उनले यसबारे तीनै तहको सरकारका प्रतिनिधिमा पर्याप्त जानकारी आवश्यक रहेको बताए। उनले यसको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने समेत उल्लेख गरे। क्यान्सर… पुरा पढौ