मुख्य समाचार

तनहुँ जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सकियो

दमौली (तनहुँ), ११ फागुन । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो । पुस मसान्तसम्म आयोजनाको आधा काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। सोही अवधिसम्म ४६.३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीनवटा प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ । शिल्पकारका अनुसार प्याकेज १ मा २७.७५ प्रतिशत भौतिक र २३.८८ प्रतिशत आर्थिक प्रगति… पुरा पढौ

घूस लिएको अभियोगमा अख्तियारद्वारा नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ११ फागुन । सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ। आयोगले सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित ५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे। उनिहरूलाइ जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध २ लाख ५० हजार… पुरा पढौ

पोखरामा एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम हुने

पोखरा, ११ फागुन । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड यो वर्ष आगामी चैत १ देखि ३ गतेसम्म पोखरामा हुने जानकारी दिएको छ । देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य रहेको कार्यकारी अध्यक्ष प्रतिक प्रधानले बताए । कार्यक्रमको प्रमुख प्रायोजक एनसेल रहेको छ । सह–प्रायोजक बीवाईडी रहेको बताइएको छ । आज पोखरामा पत्रकार सम्मेलन गरेर बाह्रखरी मिडियाले गल्फ एन्ड बियोन्ड कार्यक्रम… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर बनाएर पुर्ण कार्यान्वयन गर्नेछु : उपकुलपति प्राडा बराल

काठमाडौँ, ११ फागुन । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि कुरा गर्दै उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।” उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै बरालले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम… पुरा पढौ

अवैध बाटो हुदैं अमेरिका पुगेका ८ नेपालीकाे डिपोर्ट

काठमाडौँ, ११ फागुन । अवैध बाटोबाट अमेरिका पुगेका ८ नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन । अबैध रूपमा अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले डिपाेर्ट गरि नेपाल फिर्ता पठाएको हाे । उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, फुयाँलले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले… पुरा पढौ

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सवा ३ खर्ब लगानी जुटाइने

काठमाडौँ, ११ फागुन। बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सवा ३ खर्ब लगानी जुटाइने भएकाे छ। १२ सय मेगावाट क्षमताको साे आयोजनाको लागि वित्तीय स्रोत जुटाउन विभिन्न विकल्पहरू समेत प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको बताइएकाे छ । समितिमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगतकुुमार श्रेष्ठ र ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन सदस्य… पुरा पढौ

जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि बोलीमा मात्र सीमित हुनु भएन: सांसद शिव नेपाली

काठमाडौं, ११ फागुन । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर जनउत्तरदायी, सहभागितामूलक, लोकतान्त्रिक राज्य र शासन व्यवस्था प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिको मूलधारमा आएको बताउछन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपाली । उनले भने–सबै वर्ग, जाति, लिङ्ग, समुदायका आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाई राजनीतिलाई भन्दा कामलाई हामीले प्राथमिकतामा राखेका छौँ । भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुन हाम्रो पार्टी दृढ छ । राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउन हाम्रो पार्टी प्रतिबद्ध छ । उनले भने–मुलुकमा मौलाएको भ्रष्टाचारविरुद्ध मुख्य एजेण्डा… पुरा पढौ

सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौं, ११ फागुन । गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए । उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए । जग्गा हडपेकाे पाइए त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया… पुरा पढौ

४ करोड लागतमा लोमान्थाङ खोलामा बन्याे पक्की पुल

म्याग्दी, ११ फागुन । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । पुल रु चार करोड ६८ लाख दुई हजारको लागतमा निर्माण भएको हो । पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए। इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकमा लोमान्थाङ… पुरा पढौ

नेरुडे र निर्धन उत्थान लघुवित्तको साधारण सभा आज

काठमाडौं, ११ फागुन । आज दुईवटा लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा डाकिएकाे छ । नेरुडे लघुवित्त र निर्धन उत्थान लघुवित्तको साधारण सभा आज डाकिएकाे हाे । नेरुडेको साधारण सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा पूर्वान्ह ११ बजेबाट बाेलाइएकाे छ । सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिने भएकाे छ । सभामा लाभांश वितरणकाे एजेण्डा भने छैन ।  सभामा अन्य कुनै लघुवित्तसँग गाभ्ने वा गाभिने लगायतका कार्य गर्नु परेमा त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।… पुरा पढौ