मुख्य समाचार

मुलुकले राजनीतिक प्रतिबद्धता खोजेकाे छ: सांसद गौतम

काठमाडौं, १ माघ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास रहेकाे सांसद सञ्जयकुमार गौतमले बताएका छन। विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता र केन्द्रीकृत शासन व्यवस्थालाई त्याग्न हामीबीचको एकता तथा साझा प्रतिबद्धताकै कारण अहिलेको व्यवस्था ल्याउन हामी सफल भएका हाैं । राजनीति भनेको सेवा हो । जबसम्म राजनीति सेवाभावले गरिदैँन तबसम्म सही प्रतिफल प्राप्त गर्न सक्दैँनौ । प्राप्तिको चाहना राजनीति हुन सक्दैँन सांसद सञ्जयकुमार गौतम भन्छन। लामो सङ्घर्षबाट… पुरा पढौ

७ करोडकाे आईपिओ जारी गर्दै हिमालयन टाइम्स

काठमाडाैं, १ माघ । यतिखेर नेपालका मिडियाहरू पनि आईपीओ निष्काशनकाे पाइपलाइनमा देखिन थालेका छन् । पछिल्लाे पटक सेयर निष्काशनकाे लाइनमा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड देखिएकाे हाे । एचटिएमइटिएलले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे हाे । कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । सेयर खुल्ला गर्न हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड र मुक्तिनाथ क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेकाे छ । कम्पनीले रुपैयाँ ७ करोड बराबरको ७ लाख कित्ता सेयर सर्वसाधारणका… पुरा पढौ

अब काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित उपलब्ध गराउँछौं: प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकावासीलाई अब मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताएका छन । सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे। काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उहाँले जोड दिए। “काठमाडौँ उपत्यकाको… पुरा पढौ

आज सेयर बजार तथा वित्तीय संस्थाहरू बन्द, पाैष मसान्तमा बैंकहरूकाे रिकभरी पनि निराशाजनक

काठमाडौं, १ माघ । आज सेयर बजार तथा बैंक वित्तीय संस्थाकाे काराेबार बन्द भएकाे छ । नेपाल सरकारले माघीकाे अवसरमा देशभर सार्बजनिक दिएकाले सबै काराेबार बन्द भएकाे हाे । बिदाका कारण बन्द भएका बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालयहरू भाेलि मंगलबार खुल्ने भएकाेले सेयर बजारकाे काराेबार पनि भाेलि मंगलबारबाटै खुल्ला हुने बताइएकाे छ। उता बैंक वित्तीय संस्थाकाे पाैष मसान्तकाे क्लाेजिङ हिजाे सकिएकाे छ । यस पटककाे मसान्तमा बैकहरूले साेचे अनुरूपकाे रिकभरी गर्न नसकेकाे बैकरहरूले बताएका छन । यसले समग्र भावी बित्तिय… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३८ पैसा र… पुरा पढौ

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिदै

काठमाडौं, १ माघ । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उनले बताए। प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने… पुरा पढौ

आज माघे सङ्क्रान्ति पर्व , देशभर सार्वजनिक बिदा

काठमाडौं, १ माघ । प्रत्येक वर्ष सौरमास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदैछ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्… पुरा पढौ

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति

काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । उनले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण… पुरा पढौ

माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्न जाने भक्तजनको घुइँचो

चितवन, १ माघ । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । अहिले पनि भक्तजन आउने क्रम जारी छ । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, १ माघ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। माघ १ गते (सोमबार) दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको… पुरा पढौ