मुख्य समाचार

नेप्सेकाे ओरालोकाे यात्रा जारी, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, १९ पुस । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६०… पुरा पढौ

मुग्लिन–पोखरा सडककाे दुवैतर्फ ४ किलोमिटर कालोपत्र

दमौली, १९ पुस । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो । बाह्र दशमलव पाँच किलोमिटर दूरीमा एकतर्फी कालोपत्र सकिएकामा सोही दूरीमा दुईतर्फी कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन । उनका अनुसार हाल बन्दीपुरको छिर्कने–डुम्रे खण्डमा दुईतर्फी नै कालोपत्र गरेर गाडी सञ्चालन सहज बनाउने काम भइरहेको छ । अन्य ठाउँमा पक्की पुल निर्माण,… पुरा पढौ

मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ : सांसद भण्डारी

काठमाडौं, १९ पुस । नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन् । सांसद भण्डारीले नेपालको आर्थिक एवं औद्योगिकसमेतका क्षेत्रमा विकास नहुनुमा देशभित्र उपयुक्त लगानीमैत्री वातावरण बनाउन पर्याप्त काम हुन नसक्नु मुख्य कारण रहेको बताए । ने कपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत बनेका सांसद भण्डारीले भने, “देशभित्र लगानीमैत्री वातावरण निर्माण गर्नेतर्फ कानुनी र प्रक्रियागत झन्झटसमेतका अनेक… पुरा पढौ

यी ३ कम्पनीहरूकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडाैं, १९ पुस । नेपाल स्टक एक्सचेञ्जले दुईवटा बैंक एक सिमेन्ट कम्पनीकाे सेयरमूल्य समायाेजन गरेकाे छ । सेयरमूल्य समायाेजन गरिएकाहरूमा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्स रहेका छन्। लक्ष्मी सनराइज बैंककाे सेयरमूल्य समायाेजनपछि १८१.५९ पैसा कायम भएकाे । मुक्तिनाथ विकास बैंककाे सेयरमूल्य ३७१.७५ पैसा कायम भएकाे छ भने शिवम सिमेन्ट्सकाे सेयरमूल्य ५१७ रूपैयाँ २९ पैसा कायम भएकाे छ । यी कम्पनीहरूकाे अघिल्लो दिन भएकाे कारोबारकाे अन्तिम मूल्यलाई आधार मानेर सेरमूल्य समायोजन गरिएकाे हो। दोस्रो बजारमा बुधबार लक्ष्मी… पुरा पढौ

बोटलर्स नेपाल, श्री इन्भेष्टमेन्ट र मन्दाकिनी हाइड्रोकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १९ पुस । बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । तीनवटै कम्पनीहरूले पुस २० गते बुक क्लोज गर्ने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ । यसरी नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरू मात्रै सभामा भाग लिन र लभांश पाउन याेग्य मानिनेछन् । बोटलर्स नेपाल (तराई) बोटलर्स नेपाल (तराई) ले गत वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे लाभांश वितरणकाे प्रस्ताव पारित… पुरा पढौ

सुन तोलामा १३ सयले गिरावट, चाँदी पनि घट्यो

काठमाडौं, १९ पुस। साताको सुनचाँदी कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन पहेलो धातु सुन रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबकार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १३ सयले घटेर… पुरा पढौ

१० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा आज हस्ताक्षर

काठमाडौं, १९ पुस । नेपाल र भारतबीच आज बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवीनराज सिंहले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा… पुरा पढौ

मेलम्ची खानेपानी आयोजना मर्मतको ७० प्रतिशत काम सकियो

सिन्धुपाल्चोक, १९ पुस । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी का लागि काम भइरहेको छ। हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सो कुराको जानकारी दिए । उनले अबका बाँकी काम केही कठिन रहेको जनाउँदै जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने बताए । उनले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको… पुरा पढौ

पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच शैक्षिक समझदारीपत्रमा हस्ताक्षर

पाेखरा, १९ पुस । पोखरा विश्वविद्यालय र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकआपसमा शैक्षिक एवम् अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुंगेपाटन, कास्कीमा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा. पुनम टण्डनले हस्ताक्षर गरे । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी लगायत सङ्कायका डीनहरू एवम् विभिन्न निकायका प्रमुखहरूको समुपस्थितिमा हस्ताक्षर सम्पन्न… पुरा पढौ

राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

पाेखरा, १९ पुस । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए। खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उनले बताए। अपाङ्गता/अलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ… पुरा पढौ