मुख्य समाचार

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशीमा बदली

काठमाडाै, २४ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकीबाट ३ सिटमा ८ जनाको मनोनयन दर्ता

कास्की, २४ पुस । राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० का लागि गण्डकी प्रदेशमा तीन सिटमा आठजनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन् । गण्डकीमा सत्तागठबन्धमा रहेका नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् । सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा), महिलातर्फ नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपाङ्गता/अल्पसङ्ख्यक समूहमा नेपाली कांग्रेसका पदमबहादुर परियार (तनहुँ)ले मनोनयन दर्ता गराए । नेकपा (एमाले)का तर्फबाट अन्य… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि परिसंघले दियाे सरकारलाई सुझाव

काठमाडौं, २३ पुस । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी विस्तृत सुझाव सरकारलाई बुझाएको छ । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो सुझाव हस्तान्तरण गरेको परिसङ्घले जनाएको छ । परिसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे एवं नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललाई पनि उक्त सुझाव बुझाएको छ । परिसङ्घले २८ वटा ऐन, नियमावलीमा संशोधन, पाँचवटा ऐन खारेज गर्न र तीनवटा नयाँ ल्याउनुपर्ने ऐन किटान गरी सरकारलाई अध्ययनसहितको सुझाव उपलब्ध गराएको… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ-केन्द्र र प्रदेश नेतृत्वका लागि उम्मेदवारी घोषणा

पोखरा, २३ पुस । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको काठमाडौंमा हुने सातौं महाधिवेशन तथा महासंघ गण्डकी प्रदेशको तेश्रो अधिवेशनका लागि कास्कीबाट विभिन्न उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरेका छन् । महासंघ कास्की शाखाले आज पोखरामा आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रमम महासंघको केन्द्रीय अध्यक्षका लागि ऋषिराम शर्मा, सचिवमा मोहनप्रसाद सापकोटा र गण्डकी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् । केन्द्रीय अध्यक्षका आकांक्षी शर्माले आगामी फाल्गुन १८ र १९ गते काठमाडौंमा हुने सातौं महाधिवेशनमा आफु अध्यक्षका लागि योग्य उम्मेदवार भएकोले दावि… पुरा पढौ

लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट : अर्थमन्त्री डा. महत

काठमाडौं, २३ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताए । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन । जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने उनकाे भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनकाे भनाइ थियो । ‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण… पुरा पढौ

ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानकाे मध्यमार्गी विकल्प खोजौं : प्रधानमन्त्री दाहाल

काठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्वद्ध निकायलाई आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनले बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योग चल्ने र महसुल उठने उपायको खोजी गर्नुपर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सङ्घीय संसद्का विभिन्न समितिको निर्देशनलाई मनन गरेर समस्या समाधानमा लाग्नुपर्ने उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयको राय… पुरा पढौ

नेप्सेमा ३६‍.५७ अङ्कको बृद्धि, रू ४ अर्ब ६७ करोडकाे काराेबार

काठमाडौं, २३ पुस । लगातार ओरालो लाग्दै आएकाे नेप्सेकाे यात्रामा आज ब्रेक लागेकाे छ । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारमा सकारातमक माहाेल देखिएकाे छ। म्युचुअल फण्ड बाहेक सबै उपसमूहहरुमा हरियाे लागेकाे छ । यसले लगानीकर्ताहकाे मनाेबल बढाएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६‍.५७ अङ्कले बढेर २०५९.४९ बिन्दुमा चढेकाे छ । नेप्सेमा १.८० प्रतिशतले बढेकाे छ । सेन्सेटिभ इण्डेक्स ४‍.२७ अङ्कले बढेर ३७७.२८ विन्दुमा रहेकाेछ । यसदिन ३०९ कम्पनीको एक करोड ३७ लाख… पुरा पढौ

पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना गरिने

गण्डकी, २३ पुस । पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो । पाानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्तालगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले… पुरा पढौ

सिटौलाद्वारा मनोनयनपत्र दर्ता, सहयोग प्राप्त हुने विश्वास व्यक्त

मोरङ, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएका छन । उनले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ । सोही क्रममा कांग्रेस नेता सिटौलाले मनोनयनपत्र दर्ता गराएका हुन। झापाको भद्रपुर नगरपालिका–१० का सिटौलाको प्रस्तावकमा प्रदीपकुमार सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन्। यसैगरी नेकपा (माओवादी केन्द्र)बाट चम्पादेवी कार्कीले मनोनयनपत्र दर्ता गराइन। ओखलढुङ्गाको सुनकोशी गाउँपायिलका–५ की… पुरा पढौ

अवस्था परिवर्तन गर्न प्रमुख शक्ति मिल्नुपर्छः सांसद तिवारी

काठमाडौं, २३ पुस । जनप्रतिनिधिका हैसियतमा जनअपेक्षाअनुरुप कानुन तथा विकास निर्माणमा केही गर्छु भन्ने उत्साह र विश्वास लिएर आएको थिएँ, गत एक वर्षको संसदीय अभ्यासमा न त्यो उत्साह कायम रह्यो, न जनचाहना पूरा गर्न सकेँ । युवा विद्यार्थीको विदेश पलायनको सङ्ख्या बढेका कारण बरु त्यो अपेक्षा निराशातर्फ उन्मुख भएको अनुभूति गरेकी छु । यो अवधि हरेक हिसाबले फलदायी हुन सकेन । सङ्घीय संसद्को अधिवेशन अन्त्य हुने दिन सभामुखले प्रस्तुत गर्नुभएको तथ्याङ्कले कानुन निर्माणको प्रगति सबैले जानकारी पाइसकेका छन्। तथापी, सङ्घीयता… पुरा पढौ