मुख्य समाचार

रु २२ अर्ब २४ करोड बक्यौता तिर्न प्राधिकरणले दियाे ६० महिनाको म्याद

काठमाडौं, २४ पुस । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो । प्राधिकरणको यही पुस १६ गतेको सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ । यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ । प्राधिकरणका अनुसार ६१ वटा उद्योगको रु… पुरा पढौ

रियल गोर्खा सहकारीबाट ठगिनेलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं २४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए। उनले भने, “सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन… पुरा पढौ

तालिमले बनायो पदमबहादुरलाई उद्यमी

पाँचथर, २४ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किए । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो । तीन सिमानामा हरेक वर्ष चाैंरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो । महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत… पुरा पढौ

रकम अभावले दुर्गम खानीखोला अस्पताल निर्माण रोकियो

काभ्रेपलाञ्चोक, २४ पुस । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको छ । विसं २०७८ असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको थियो । अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ । “गुणस्तरीय स्वास्थ्य सेवा नपाएकै कारण स्थानीय नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ”, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले भने। उनका अनुसार कच्ची सडक वर्षायाम वा अन्य… पुरा पढौ

सुनकाे भाउमा लगातार गिरावट, चाँदीको स्थिर

काठमाडौं, २४ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेको छ भने चाँदीको भाउ सोमबारकै कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

अन्तरपालिका साझेदारी कार्यक्रममा साढे १ करोड खर्च गर्दै पोखरा महानगरपालिका

कास्की, २४ पुस । पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो । महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि रकम खर्च हुने जानकारी दिए। यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक आयोजना गरिएको थियो । “अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल… पुरा पढौ

यी पाँच कम्पनीहरुकाे साधारण सभा आज बस्दै

काठमाडौं, २४ पुस । आज पाँच कम्पनीहरुकाे साधारण सभा हुँदैछ । तारागाउँ रिजेन्सी होटल्स, भगवती हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरकाे साधारण सभा बाेलाइएकाे हाे । पाँच कम्पनीमध्ये दुइले मात्रै लाभांश वितरणकाे प्रस्ताव गरेका छन् । उनीहरुमा तारागाउँ रिजेन्सी हाेटल र भगवती हाइड्रोपावर रहेका छन् । बाँकी ३ कम्पनीको सभामा साे प्रताव पेश नहुने भएकाे छ ।  तारागाउँ रिजेन्सी तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।… पुरा पढौ

मंगलबार अमेरिकी डलर, यूरोसहित अन्यको भाउ घट्यो

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउ पनि घटेको बैंकले जनाएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

नेपालमा कोभिडको नयाँ सब-भेरियन्ट पुष्टि, सतर्क रहन मन्त्रालयको आग्रह

काठमाडौं, २४ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ । नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित… पुरा पढौ

धितोपत्र बोर्डको अध्यक्ष बन्न ६ जनाकाे दौडधुप

काठमाडौँ, २४ पुस । नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल पुरा भएसँगै अहिले बोर्ड नेतृतव विहिन रहेको छ । बोर्डको अध्यक्ष बन्न अहिले दौडधुप सुरु भएको छ । बोर्डको अध्यक्ष बन्ने दौडमा अहिले ६ जना देखिएका छन् । बोर्डमा आगामी ४ वर्षको कार्यकालका लागि आफ्नो दावी प्रस्तुत गर्दै बोर्डकै ३ कार्यकारी निर्देशकसहित ६ जना सक्रिय छन् । अध्यक्ष बन्नका तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद र राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी… पुरा पढौ