मुख्य समाचार

कृषि उत्पादन वृद्धिमा कोरियाको सहयोग(विचार)

काठमाडौं, १५ कात्तिक । कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५०औँ वर्षमा प्रवेश गर्दैछ । भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेको छ । यसअवधिमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानदेखि विभिन्न आर्थिक सहयोग उपलब्ध भएको छ । विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलब्ध गराएको छ । बितेका ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले एक सय ५७… पुरा पढौ

लण्डनकाे लगानी सम्मेलनमा अर्थमन्त्री महतले भने- नेपालसँग पर्याप्त श्रोत नभएकाले वैदेशिक लगानी आवश्यक छ

लण्डन, १५ कात्तिक। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनुभएको हो । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको… पुरा पढौ

वीरगन्ज महानगरकाे जरिवाना बापत ६ लाख राजस्व सङ्कलन

वीरगन्ज, १५ कात्तिक । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ३ महिनामा जरिवाना वापत ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट ६ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका… पुरा पढौ

नेपालको ४ दिने औपचारिक भ्रमण सकेर महासचिव गुटेरेस फर्किए

काठमाडौं, १५ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज नेपालबाट प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आएका थिए । महासचिव… पुरा पढौ

काठमाडौं महानगरले ३ महिनामा उठायो सवा १ अर्ब कर

काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिकाले ३ महिनामा १ अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता सङ्ख्या बढेको बताइएको छ । त्यस्तै… पुरा पढौ

एनआईसी एशिया ग्रोथ फण्डकाे बुकक्लोज मिति ताेकियाे

काठमाडौं, १५ कात्तिक । एनआईसी एशिया बैंककाे म्युचुअल फण्ड अन्तर्गत रहेकाे एनआईसी एशिया ग्रोथ फण्डकाे लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोजकाे मिति ताेकिएकाे छ। फण्डका अनुसार यही कात्तिक २२ गते बुकक्लोजकाे मिति ताेकिएकाे छ । इकाईधनीहरुले कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले मात्रै फण्डबाट वितरण गरिने लाभांश प्राप्तिका हकदार हुनेछन्। फण्डकाे गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई १०.५० प्रतिशत लाभांश वितरण गरिने यसअघि घोषणा गरिएकाे थियो। यस फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड… पुरा पढौ

सुनको भाउमा १ हजारले गिरावट, चाँदीको पनि घट्यो,

काठमाडौं, १५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको घटेको छ । सुनमा रुपैयाँ १ हजारले र चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १४… पुरा पढौ

सानिमा माई हाइड्रोकाे साधारण सभा कात्तिक २३ गते

काठमाडौं, १५ कात्तिक । सानिमा माई हाइड्रोपावरले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्ने लगायतका बिभिन्न प्रस्ताव पारित गर्न यही कात्तिक २३ गते साधारण सभा बोलाएको हाे । कम्पनीकाे सञ्चालक समिति बैठकले सेयरधनीहरुका लागि १० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेकाे हाे । साथै यसकाे कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांशसहित १०‍‍‍.५२६३ वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीकाे साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४… पुरा पढौ

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच लगानीबारे भेटवार्ता

वाशिङटन डिसी, १५ कात्तिक । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन्। उक्त अवसरमा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरे । निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १५ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १… पुरा पढौ