मुख्य समाचार

दूधमा गरेको मूल्यवृद्धिले व्यवसाय सङ्कटमा : व्यवसायी

बनियानी, ३० असोज । सरकारले दूधमा गरेको मूल्य वृद्धिका कारण दुग्ध व्यवसाय सङ्कटमा परेको व्यवसायीले बताएका छन् । नेपाल डेरी एशोसिएशन कोशी प्रदेशले झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य बढाएपछि दुग्ध व्यवसाय सङ्कटमा परेको जनाएको हो । सरकारले किसानले उत्पादन गरेको दूधको मूल्य वृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको एशोसिएशनका कोशी प्रदेश अध्यक्ष गङ्गाबहादुर खड्काले बताए। “मूल्यवृद्धि गर्दा दुग्ध व्यवसायमा समस्या हुने जनाएका थियौँ”, उनले भने, “तीन महिनायता व्यवसाय समस्याग्रस्त भएको छ ।” नेपालमा… पुरा पढौ

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमाः पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी, २९ असोज । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् । उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए । उनले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताए। पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका… पुरा पढौ

अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौं, २९ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताएका छन् । महिला आर्थिक पत्रकार सङ्घ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताए । “विस्तारै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन । सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ”, अर्थमन्त्री डा महतले भने, “सामूहिक अठोटका साथ काम गरौँ… पुरा पढौ

लगातार नेप्सेमा गिरावट, १ अर्ब २४ करोडको कारोबार

काठमाडौं, २९ असोज । लगातार नेप्से ओरालोको यात्रामा गएको छ । अघिल्लो दिन नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४ विन्दुमा झरेको थियाे। नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५९.१३ विन्दुमा पुगेको थियाे । नेप्सेमा भइर्रहेकाे लगातारकाे गिरावटले लगानीकर्ताकाे मनेबल घटाएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसिदन नेप्से परिसूचक २३.५५ अंकले घटेर १८५१.०४ विन्दुमा झरेको छ । नेप्सेमा १.२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ३५५.७२ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा… पुरा पढौ

निकुञ्जभित्रका होटलको झल्को दिने गरी सौराहामा खुल्यो बनबास रिसोर्ट

चितवन, २९ असोज । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएको छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर खैरहनी नगरपालिका–१३ हर्नरीमा यो रिसोर्ट छ । वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएका संरक्षणकर्मी स्थानीयवासी वासु ढुङ्गानाले नौ वर्षअघि रिसोर्ट निर्माण… पुरा पढौ

नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।… पुरा पढौ

पोखरामा भित्रिए दसैंका लागि च्याङ्ग्रा, नबिक्ला भन्ने चिन्ता छैन : व्यवसायी

पाेखरा, २९ असोज । चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ । शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याएर चाँडो बिक्री हुने बताए। “दसैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,” व्यापारी… पुरा पढौ

सुन रुपैयाँ ७ सयले सस्तियो, चाँदीको भाउ स्थिर

काठमाडौं, २९ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ७ सयले गिरावट भई तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सन तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ११ हजार ७ सय… पुरा पढौ

बडा दशैंका लागि आजदेखि नयाँ नोट साट्न सुरू

काठमाडाैं, २९ असाेज । नेपाल राष्ट्र बैंकले बडा दशैंका लागि सर्वसाधारणलाई आजदेखि नयाँ नोट साट्न सुरू गरेकाे छ। राष्ट्र बैंकले काठमाडौं उपत्यका भित्रका सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकबाट इजाजत लिएका वाणिज्य बैंक र तोकिएका शाखाहरूबाट नयाँ नोट साट्न सक्ने छन्। काठमाडौं उपत्यका बाहिरका सर्वसाधारणले राष्ट्र बैंकको प्रदेशमा रहेकाे कार्यालय तथा वाणिज्य बैंकले तोकेका कार्यालहरूबाट नयाँ नोट सतहीको सुविधा दिइएकाे छ । बैंकले अधिकतम १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएकाे छ। ५, १०,… पुरा पढौ

काठमाडौं-दिल्लीकोभन्दा धनगढीको हवाई भाडा महङ्गो

सुदूरपश्चिम, २९ असोज । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु… पुरा पढौ