मुख्य समाचार

आज राष्ट्रिय शाेक-देश तथा विदेशका नेपाली नियोगमा राष्ट्रिय झण्डा झुकाइदै

काठमाडौं, २३ असोज । आज राष्ट्रिय शाेक, यस घडीमा देश तथा विदेशमा रहेका नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइदै छ । इजरायलमा आतङ्कवादी हमलामा परी १० जना नेपालीले ज्यान गुमाएपछि सरकारकाे शाेकमा यसदिन राष्ट्रीय शाेक घाेषाणा गरेकाे हाे । साथै सरकारले ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु… पुरा पढौ

यी प्रदेशमा सामान्य बदली र हल्का वर्षाकाे संभावना

काठमाडौं, २३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । असोज २३ गते मंगलबारदिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि… पुरा पढौ

इजरायलबाट नेपालीलाई छिटो उद्धार गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौं, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गरेका छन् । साथै उनले घाइतेहरुको उपचारको व्यवस्था गर्न आग्रह पनि गरेका छन् । एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गरेका छन् । आतङ्कवादी हमलामा नेपालीको ज्यान गएकाेमा आफू स्तब्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवङ्गत भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् । विज्ञप्तिमा अध्यक्ष ओलीले आतङ्कवादी हमलाको निन्दा पनि गरेका… पुरा पढौ

बङ्करमा रहेका विद्यार्थीलाई प्रधानमन्त्रीले भने-‘नआत्तिनुस् सरकारले काम गर्दैछ’

काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरे। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताए । उनले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा समेत सोही विषयमा… पुरा पढौ

निर्माण सुरु भएको ८ वर्षमा पनि सकिएन गल्छी-मैलुङ सडक

काठमाडौं, २२ असोज । सरकारले व्यापारिक मार्गका रुपमा विकास गर्न खोजेको गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत गल्छीबाट मैलुङसम्मको सडक निर्माण सुरु भएको आठ वर्षमा अझै सकिएको छैन । सडक निर्माणका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्नु सडक निर्माणको ढिलाइका कारण बनिरहेको गल्छी–त्रिशुली–मैलुङ, स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । योजना कार्यालयका अनुसार स्थानीयले आफ्ना घरटहराको क्षतिपूर्ति बुझ्न मानिरहेका छैनन् । पहिलो खण्डमा ड्रेन बनाउनेलगायत पहिलेको कामको सुधार भइरहेको योजनाका इञ्जिनियर शन्तराम पाण्डेयले बताए। कटिङलगायतका नयाँ काम थप नभएका उनले बताए। उनले भने, “वर्षा सकिएपछि… पुरा पढौ

नेप्सेमा १२.५८ अंकको गिरावट, १ अर्ब १७ करोडको कारोबार

काठमाडौं, २२ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । सेयर बजारमा गिरावट हुँदा लगानीकर्ताको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा झरेको छ । नेप्सेमा ०.६५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेर ३६४.७४ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । ११ वटामा रातो लागेको छ । यसदिन कुल २८७ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नियुक्त

काठमाडौं, २२ असाेज । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर तोयाराज अधिकारी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको २५६ बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । २० वर्ष भन्दा बढीको बैंकिङ अनुभव बटुलेका अधिकारीले यसअघि बेस्ट फाइनान्स कंपनी लि, साबिक कामना विकास बैंक, साबिक कास्की फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन । हाल ४ वर्षे कार्यकालका लागि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा नियुक्त भएका उनले आजै बाट जिम्मेवारी समेत… पुरा पढौ

विद्यार्थीले ज्यान गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय

भजनी (कैलाली), २२ असोज । “अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकासमा कालो धुँवाको मुस्लो उठ्छ थाहै हुँदैन । निकै नै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइदैन”, इजारयलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको म्यासेज हो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका पाण्डेका अनुसार “साइरनको त्यो ठूलो… पुरा पढौ

एउटै गाउँबाट पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

वालिङ (स्याङ्जा), २२ असोज । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए । कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी… पुरा पढौ

प्रधानमन्त्रीद्वारा ४ बजे मन्त्रिपरिषद्को विशेष बैठक र साँझ सर्वदलीय बैठक आह्वान

काठमाडौं, २२ असोज । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका… पुरा पढौ