मुख्य समाचार

नेप्सेमा निरन्तर गिरावट: परिसूचक २१ अंकले घट्दा कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौं, १९ साउन। साताको दोस्रो कारोबार दिन मङ्गलवार पनि धितोपत्र बजार (नेप्से) मा गिरावट आएको छ। सोमबार घटेर बन्द भएको नेप्से परिसूचकले मङ्गलवार पनि सोही निरन्तरता पाएको हो। यस दिन नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा झरेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंकले ओरालो लागेका छन्। कारोबार रकममा पनि गिरावट नेप्सेसँगै मङ्गलवार कारोबार रकममा पनि गिरावट दर्ता भएको छ: सोमबारको कारोबार: रु ४ अर्ब ५७ करोड मङ्गलवारको कारोबार: रु… पुरा पढौ

राष्ट्र बैंकलाई थप सक्रिय बनाउन ऐन संशोधन आवश्यक: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन अपरिहार्य रहेको बताउनुभएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक'माथिको दफावार छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वित्तीय नीति (Fiscal Policy) र मौद्रिक नीति (Monetary Policy) एकअर्काका परिपूरक भएकाले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच उच्चस्तरीय समन्वय हुनुपर्नेमा जोड दिनुभयो। सञ्चालक समिति, डेपुटी गभर्नर र संरचना सम्बन्धी प्रस्ताव सञ्चालक समिति… पुरा पढौ

रसुवागढी नाका: लक्ष्यभन्दा निकै कम राजस्व संकलन, चालु आवमा २५ अर्ब बढी उठाउने लक्ष्य

काठमाडौं, १९ साउन। उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ। गत वर्ष ल्हेन्दे खोलामा आएको भीषण बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समयसम्म आवतजावत ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको हो। प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार आव २०८२/८३ का लागि ४० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको भए पनि प्राकृतिक विपद्का कारण निर्धारित लक्ष्यको करिब… पुरा पढौ

ग्यासको आपूर्ति सहज बन्दै-भरि सिलिन्डर बिक्री वितरण

काठमाडौं, १९ साउन । एल.पि. ग्यास उद्योग संघ नेपालले बजारमा ग्यासको आपूर्ति साविक बमोजिम नियमित भइसकेकाले अब साविक अनुसार नै भरि सिलिन्डर (१४.२ केजी) बिक्री वितरण सुरु गरिएको जनाएको छ। ग्यास पाउनका लागि उपभोक्ताहरू विभिन्न स्थानमा लाइन बस्नुपरेको र सास्ती व्यहोर्नुपरेको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले मंगलबार एक 'हार्दिक अपील' जारी गर्दै बजार स्थितिबारे स्पष्ट पारेको हो। ग्यास अभाव हुनुको मुख्य कारण विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१… पुरा पढौ

सिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब, निक्षेप र कर्जा विस्तारमा आक्रामक वृद्धि

काठमाडौं, १९ साउन । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खुद नाफा, खुद ब्याज आम्दानी र व्यवसाय विस्तारमा सुधार देखिएको छ भने खराब कर्जामा केही वृद्धि भएकाले नतिजा मिश्रित देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ रहेको खुद नाफा ४.५४… पुरा पढौ

एनएमबी बैंकको खुद नाफा ४०.६० प्रतिशतले बढ्यो

काठमाडाैं, १९ साउन । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा नाफा, खुद ब्याज आम्दानी तथा व्यवसाय विस्तारमा उच्च सुधार देखिएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। आम्दानी र सञ्चालन नाफामा उत्साहजनक वृद्धि समीक्षा अवधिमा बैंकको मुख्य वित्तीय सूचकहरूमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। खुद… पुरा पढौ

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन, १९ साउन। भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटकआज बिहानदेखि चार्ज (विद्युत् प्रवाह) गरेको हो । आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण चार्ज गरिने जानकारी दिनुभयो । विद्युत्… पुरा पढौ

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउनु पर्छ-इप्पान

काठमाडौं, १९ साउन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत् क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । भेटका क्रममा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको… पुरा पढौ

कोशी, बागमती र गण्डकीका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं, १९ साउन। देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको… पुरा पढौ

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली, १९ साउन। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गर्नुभयो । उहाँले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा खटिएर कृत्रिम अभाव सिर्जना गर्ने, अनधिकृत भण्डारण वा उपभोक्तासँग बढी मूल्य असुल्ने जो–कोहीलाई कानुनी कारवाही गर्न र अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । वीरेन्द्रनगरलगायत… पुरा पढौ