मुख्य समाचार

सवारी कारबाहीबाट रु १ करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली, १९ साउन। जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो । त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, १९ साउन। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास,… पुरा पढौ

डिजिटल करेन्सीलाई कानुनी मान्यता दिने गरी राष्ट्र बैङ्क ऐन संशोधन हुँदै, क्रिप्टो भने गैरकानुनी नै रहने

काठमाडाैं, १८ साउन । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समावेश गर्ने तयारी गरिएको छ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा विधेयकमाथि भएको दफावार छलफलका क्रममा केन्द्रीय बैङ्कले जारी गर्ने डिजिटल मुद्रालाई कानुनी मान्यता दिने र निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने गैरकानुनी नै राख्ने स्पष्ट पारिएको छ। विधेयकको नयाँ व्यवस्थाअनुसार ऐनको दफा २ को उपदफा ४ को खण्ड (झ) मा ‘करेन्सी’को परिभाषा परिमार्जन गरिँदै छ। हालको ऐनमा कागजी… पुरा पढौ

जुलाईमा ७१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, १८ साउन । सन् २०२६ को जुलाई महिनामा नेपालमा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यो संख्या गत वर्ष सन् २०२५ को जुलाई महिना (७० हजार १९३ जना) को तुलनामा २.३ प्रतिशतले बढी हो। भारतीय पर्यटक शीर्ष स्थानमा, चिनियाँ पर्यटकमा उच्च वृद्धि पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट कुल आगमनको ३२.७३ प्रतिशत अर्थात् २३ हजार ४९० जना पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै, चीनबाट आउने पर्यटकको… पुरा पढौ

सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं, १८ साउन। पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार (समाज), नेपाल बिमा प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आज आयोजना गरेको ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमइज’ अध्यन प्रतिवेदन सार्वजनिक तथा नीतिगत छलफल’ कार्यक्रममा पूर्वअर्थमन्त्री खनालले आर्थिक सङ्कटको सामना गरिरहेको ‘एमएसएमई’ को संरक्षण र प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको हो ।… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौं, १८ साउन । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्से, सोमबार भने १.२० अंकले घटेर २६८४.३३ विन्दुमा झरेको हो। नेप्से घटेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले बढेका छन्। नेप्से सूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार… पुरा पढौ

हिमालयन लघुवित्तको नाफामा ४९ प्रतिशतले बृद्धि

काठमाडौं, १८ साउन । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा, आम्दानी, लाभांश क्षमता र प्रतिशेयर आम्दानी (EPS) मा आकर्षक सुधार देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ करोड १४ लाख रुपैयाँ रहेको नाफाको तुलनामा यो ४९.१८ प्रतिशतको वृद्धि हो। नाफामा आएको… पुरा पढौ

नारायणगढ-मुग्लिन सडक दुवैतर्फी सञ्चालन

चितवन, १८ साउन। नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो । ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १०ः०० बजेपछि सडक पूर्ण रुपमा… पुरा पढौ

महुली लघुवित्तको नाफा १० गुणा बढ्यो, प्रतिशेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ नाघ्यो

काठमाडौं, १८ साउन । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा, खुद ब्याज आम्दानी, लाभांश क्षमता र खराब कर्जा नियन्त्रणमा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ७० लाख रुपैयाँ मात्र रहेको नाफाको तुलनामा यो १०३६.४६ प्रतिशत अर्थात् १० गुणाभन्दा बढीको वृद्धि हो। समीक्षा… पुरा पढौ

आईसिएफसि फाइनान्सको नाफा २०.६७ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १४ करोड नाघ्यो

काठमाडौंं, १८ साउन । आईसिएफसि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानीमा सुधार आए पनि खुद नाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेकोमा गत वर्ष नाफा २०.६७ प्रतिशतले घटेको हो। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज… पुरा पढौ