मुख्य समाचार

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन, १८ साउनः नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । हाल सो सडकमा एकतर्फी मात्र यायातात सेवा सञ्चालित छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न निरीक्षक थापाले आग्रह गर्नुभयो । पुरा पढौ

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा), १८ साउन। पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२÷८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो । भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१÷८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १८ साउन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा कायम… पुरा पढौ

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा राखेर प्रदान

चितवन, १८ साउन। भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् । प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् । वरिष्ठ प्रसूति रोग विशेषज्ञ… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं, १८ साउन। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा… पुरा पढौ

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर दिन इप्पानको आग्रह

काठमाडौं, १८ साउन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मा नै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार केही जलविद्युत् आयोजनाको साधारण सेयर निस्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवर्द्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निस्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । धितोपत्र दर्ता तथा निस्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १८ साउन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा कायम… पुरा पढौ

दीर्घकालिन लगानीकाे अवसर-चार वाणिज्य बैंकले १४ अर्बको डिबेन्चर ल्याउँदै

काठमाडाैं, १७ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएका पछिल्ला प्रस्तावअनुसार चार वाणिज्य बैंकले कुल १ करोड ४० लाख इकाइ ऋणपत्र (डिबेन्चर) निष्कासनको तयारी गरेका छन्। प्रतिइकाइ १,००० रुपैयाँ अंकित मूल्यका यी डिबेन्चरमार्फत बैंकहरूले कुल १४ अर्ब रुपैयाँ ऋणपुँजी संकलन गर्नेछन्। सुरक्षित र निश्चित प्रतिफल खोज्ने दीर्घकालीन लगानीकर्ताका लागि यो राम्रो अवसर बन्न सक्छ। बैंकअनुसार प्रस्तावित डिबेन्चरको विवरण बैंकको नामडिबेन्चरको नाम / अवधिनिष्कासन इकाइकुल रकम (रु.)एनएमबि बैंक७ वर्षे ७% एनएमबि पावर बन्ड-१५० लाख५ अर्बएभरेष्ट बैंकप्रस्ताव प्रक्रियामा३० लाख३ अर्बसिटिजन्स… पुरा पढौ

साहस ऊर्जाको नाफा ५१.८४% ले बढ्यो: वित्तीय खर्च घट्दा नाफामा उछाल

काठमाडौं, १७ साउन। सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाको प्रवर्द्धक साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा उल्लेखनीय सुधार देखिएको छ। कम्पनीले गत असार मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको खुद नाफा (८९ करोड ५१ लाख रुपैयाँ) को तुलनामा ५१.८४ प्रतिशतको आकर्षक वृद्धि हो। वित्तीय आम्दानी र खर्चको अवस्था सोलुखुम्बुमा अवस्थित ८६ मेगावाट क्षमताको… पुरा पढौ

राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंकलाई कारबाही, शेरचनलाई जरिवाना

काठमाडौं, १७ साउन। नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा वित्तीय निर्देशन उल्लंघन गर्ने तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकसहित निजी क्षेत्रको प्रभु बैंक तथा उनका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गरेको हो। प्रभु बैंक र तत्कालीन सीईओलाई ५ लाख जरिवाना राष्ट्र बैंकका अनुसार प्रभु बैंकले केन्द्रीय बैंकको निर्देशन बारम्बार बेवास्ता गरेको, जोखिम अनुसार कर्जा वर्गीकरण नगरेको र पर्याप्त कर्जा नोक्सानी… पुरा पढौ