मुख्य समाचार

बझाङ-बनलेक ४०० केभी प्रसारण लाइन निर्माण हुने

काठमाडौं, २१ साउन। कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ । कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा जोडिनेछ । प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ… पुरा पढौ

यस्ताे छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २१ साउन। नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४०… पुरा पढौ

एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

काठमाडौं, २१ साउन। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा त्यस बारेमा जानकारी दिइएको हो । पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र सङ्गठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ सो कार्ययोजना सार्वजनिक गरिएको हो । पार्टीका सचिव डा राजन भट्टराईले ‘डिजिटल’ प्रणालीको भरपुर उपयोग गरिने बताउनुभयो । “विशेषगरी पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमको प्रयोग… पुरा पढौ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, २१ साउन सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मनत्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने छ । राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग… पुरा पढौ

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं, २० साउन। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ । उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो । टोलीले आजदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले राससलाई जानकारी दिनुभयो । ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ । पुरा पढौ

नेप्सेमा दोहोरो सुधार: सूचक ४.७९ अंकले बढ्दा कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो

काठमाडौं, २० साउन। अघिल्लो कारोबार दिन (मंगलबार) ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सुधारिएर बन्द भएको छ। सूचकमा सामान्य वृद्धि आउँदा शेयर कारोबार रकममा समेत उत्साहजनक सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ। सूचकसँगै बजारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ४ अर्ब ७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा बुधबार ३५० वटा स्क्रिपका १ करोड ६७ हजार कित्ता शेयर ६१ हजार २८६ पटक खरिदबिक्री हुँदा कूल ४ अर्ब… पुरा पढौ

आर्थिक रूपान्तरणमा राष्ट्र बैंक केवल नियामक होइन, सहयात्री बन्नुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं, २० साउन । अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई देशको आर्थिक रूपान्तरणको सक्रिय सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। छलफलका क्रममा अर्थमन्त्री वाग्लेले उठेका विषयहरूलाई केवल औपचारिकतामा सीमित नराखी कार्ययोजनामा रूपान्तरण गरिने स्पष्ट पार्नुभयो। उहाँले आवश्यक परे संयुक्त कार्यदल बनाएर नीतिगत समन्वयलाई संस्थागत गर्ने र निर्णय प्रक्रियालाई छरितो बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। उत्पादनमुखी कर्जा र नवप्रवर्तनमा… पुरा पढौ

मन्त्रिपरिषद् बैठकका ७ निर्णय: लगानी बोर्डको सीईओमा याङ्की उक्याब, युजीसीमा केसी र श्रेष्ठ नियुक्त

काठमाडाैं, २० साउन । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गर्नेसहित विभिन्न ७ विषयमा महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नियुक्ति, कानुनी सुधार तथा सामाजिक राहतसम्बन्धी निर्णयहरू पारित गरेको हो। मन्त्रिपरिषद्का मुख्य निर्णयहरू: उच्चस्तरीय नियुक्तिहरू: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याब नियुक्त भएका छन्। त्यस्तै, विश्वविद्यालय अनुदान आयोग (UGC) को अध्यक्ष पदमा प्रा. डा. खड्ग बहादुर केसी र सचिव पदमा प्रा. डा. रोजिश श्रेष्ठ… पुरा पढौ

महालक्ष्मी विकास बैंकको नाफा ४८ प्रतिशतले बृद्धि, वितरणयोग्य नाफा साढे ४६ करोड

काठमाडाैं, २० साउन । महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानी लगायतका प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। नाफा र आम्दानीको अवस्था बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ४२ करोड ४३ लाख रुपैयाँको तुलनामा ४८.४० प्रतिशतले बढेर ६२ करोड ९९ लाख रुपैयाँ पुगेको छ। कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको कमी र… पुरा पढौ

राष्ट्र बैंकले रु. ८५ अर्बको ३ महिने निक्षेप संकलन गर्दै

काठमाडाैं, २० साउन । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीबाट ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले ९० दिनको अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो। बोलकबोल तथा निष्काशन प्रक्रिया इच्छुक बैंक तथा वित्तीय संस्थाले २०८३ साउन २० गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। सोही दिन नै उक्त उपकरण निष्काशन गरिनेछ। निक्षेप संकलन उपकरणको मुख्य विशेषताहरू यस प्रकार रहेका छन्:… पुरा पढौ