मुख्य समाचार

स्वास्थ्य बीमामा जोडिने बिरामी प्रत्येक महिना हैरानी झेल्दै

काठमाडौं, २० असोज । प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ । यसअघि स्वास्थ्य कार्यक्रममा सहभागि बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध गराइँदै आएको थियो । पछिल्लो समय दुर्गम भेगबाट आएका बिरामीसमेतलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइने नयाँ प्रावधानबाट कैयौँ बिरामीले हैरानी खेप्न परेको छ । स्वास्थ्य परीक्षणभन्दा पनि औषधि लिनकै लागि दूरदराजबाट प्रत्येक महिना अस्पताल धाउन पर्ने स्थितिले बिरामीलाई… पुरा पढौ

‘शब्दविम्बमा सत्यमोहन’ का बहुआयाम (पुस्तक समीक्षा)

काठमाडौं,। ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो दिन सक्छ, अँध्यारालाई नाश गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन ।” हो, यस्तै चन्द्रमा हुनुहुन्थ्यो सत्यमोहन जोशी । वाङ्मय शताब्दी पुरुष जोशीले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र पुरातत्त्वका क्षेत्रमा पुर्‍ययाएको योगदान अतुलनीय छ । फलेको वृक्षको हाँगो निहुरिए… पुरा पढौ

राजधानी हराएको शहरको यात्रा

काठमाडाैं, २० असाेज । त्यसो त हामी घुम्ने मात्रै शिलशिलामा थिएनौं । खातका खात समस्याहरु बोकेर ल्याउनुपर्ने जिम्मेवारी थियो । जिम्मेवारीको भारी बोकेकी थिईन् रास्वपाका सांसद तथा पुर्व स्वास्थ्य राज्यमन्त्री माननीय डा. तोसिमा कार्कीले । उनकाे भारी हलुका बनाउन खोज्ने हामी तीन जना थियौँ , माननीयकै स्वकीय सचिव रिता थापा , युवा नेता जगदीश खरेल र म । २०८० असोज ३ गते रास्वपा नेता तथा कमेडि च्याम्पियन सिजन एकका विजेता हिमेश पन्तले विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान गेटमा लगेर… पुरा पढौ

बैंकमा ५० लाख भन्दा माथिकाे निक्षेप राख्न पान नम्बर अनिवार्य

काठमाडौं, २० असोज । बैक तथा बित्तिय संस्थामा निक्षेपकर्ताले ५० लाख भन्दा माथिकाे निक्षेप राख्दा अब अनिवार्य रूपमा पान नम्बर बुझाउनुपर्ने भएकाे छ । नेपाल राष्ट्र बैंककाे परिवर्तित एकीकृत निर्देशिका अनुसार याे ब्यबस्था भएकाे हाे। संशोधित व्यवस्था अनुसार राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बित्तीय संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाखभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने बताइएकाे छ । त्यसैगरी एकिकृत निर्देशिका २०७९ संशोधन गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गरेपछि घर जग्गा कारोबार समेत चलायमान… पुरा पढौ

निर्माण व्यवसायीको वक्यौता दशैंअघि भुक्तानी गरिनेछ : अर्थमन्त्री डा. महत

काठमाडौं, २० असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैं अघि नै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताएका हुन । पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘असार मसान्तसम्ममा ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब ६ देखि ७ अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।’ अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही… पुरा पढौ

अमेरिकी डलरकाे भाउमा सामान्य गिरावट, अन्यको कति ?

काठमाडौं, २० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट भएकाे छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट भएकाे छ ।… पुरा पढौ

थप लगानीको वातावरण बनाउन अध्यक्ष ढकालको जोड

लुम्बिनी, २० असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा थप लगानीको वातावरण बनाउन उद्योगी, व्यवसायी र आम नागरिकको आत्मविश्वास बढाउनुपर्ने बताएका छन्। बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य सङ्घको ७०औँ वार्षिक साधारणसभामा अध्यक्ष ढकालले युवा जमात विदेश पलायन भए पनि उद्यमीहरुका लागि नेपालका हरेक क्षेत्रमा संभावना रहेका बताए । “काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश गइरहनु पर्दैन”, उनले भने । अध्यक्ष ढकालले उद्योगीहरुले भोग्नु परेका समस्या समाधानबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताए। उनले पर्यटक आगमन बढ्दै… पुरा पढौ

दशैंका लागि असोज २२ गतेबाट टिकटको अग्रिम बुकिङ खुल्ने

काठमाडौं, २० असोज : दसैँका लागि यही असोज २२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिएका छन। व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको… पुरा पढौ

कोशी, मधेश, बागमती र लुम्बिनीमा हल्का वर्षा

कठमाडाैं, २० असाेज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र  लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया माैसम सफा रहेको छ। नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको (Low Pressure Area) प्रभाव रहेको जनाएकाे छ। यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिने छ । असोज २० गते (शनिबार) दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली… पुरा पढौ

जितिया पर्व आज सकिँदै

धनुषा, २० असोज । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्याेतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको… पुरा पढौ