मुख्य समाचार

एनएमबि क्यापिटलका २ फण्डकाे प्रतिफल वितरण गरिदै

काठमाडाैं, २१ असाेज। एनएमबि क्यापिटलको व्यवस्थापन रहेका एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गरिएका दुई फण्डहरुका इकाईधनीहरुले प्रतिफल पाउने भएका छन्। एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले इकाईका धनीहरुलाई प्रतिफल वितरण गर्ने भएका हुन् । एनएमबि हाइब्रिड फण्ड एल १ ले असोज २१ गते आइतबारबाट प्रतिफल वितरण गर्ने बताएकाे छ। उता एमएनबि फिफ्टीले असोज २२ गतेदेखि प्रतिफल वितरण गर्ने जनाएकाे छ । दुबै फण्डहरुबाट इकाईधनीहरुलाई गत आर्थिक वर्षमा १५–१५ प्रतिशतकाे दरले लाभांश वितरणकाे घोषणा भएकाे थियाे । प्रतिफल वितरणकाे… पुरा पढौ

कोशी प्रदेशमा एक साताभित्र सरकार गठनको आह्वान

काठमाडौं, २१ असोज । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन्। “कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएकाेले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार… पुरा पढौ

टोखामा ‘प्रथम कर सप्ताह’ सम्पन्न, चालू आवमा ८ करोड कर सङ्कलन

काठमाडाैं, २१ असोज। टोखा नगरपालिकाले आयोजना गरेको ‘प्रथम कर सप्ताह’ सम्पन्न भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नारामा गत असोज १४ गतेदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ सम्पन्न भएको हो । प्रथम कर सप्ताहको अवसरमा टोखा नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार कर सप्ताह आयोजना गरिएको बताए। उनले टोखा नगरपालिकाले कूल बजेटको जम्मा १० देखि… पुरा पढौ

थन्क्याउने बेलाकाे वर्षाले धानबालीमा क्षति

भरतपुर (चितवन),२१ असोज । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए। “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन”, उनले भने, “अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।” उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा… पुरा पढौ

कोशी, मधेश र गण्डकीमा हल्का वर्षा

काठमाडाैं, २१ असाेज । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको (Low Pressure Area) प्रभाव रहेको जनाएकाे छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी,  मधेश र  गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। असोज २१ गते (आइतबार) दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया… पुरा पढौ

अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान

काठमाडौं, २० असोज । सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गरेका छन् । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’मा उनले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्ने बताए। पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने र चाडबाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्ने बताउँदै उनले भने, “पत्रकारले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे… पुरा पढौ

चेक अनादरसम्बन्धी बैङ्किङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता, के थपियाे ?

काठमाडौं, २० असोज । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक दर्ता गराएका छन्। बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाट समेत बैङ्किङ कसुर तथा सजाय ऐनलाई… पुरा पढौ

जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भए लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकारः अपेक्षा र अवस्था’ को आज लोकार्पण गर्दै उनले सरकार र राज्यमाथि जनताको प्रत्यक्ष निगरानी जरुरी रहेको बताए। प्रधानमन्त्री दाहालले भने, “यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक र व्यावहारिक कृति हो । यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाइ व्यक्त गर्दछु ।” “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई… पुरा पढौ

सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई कामपाको सहयोग

काठमाडौं, २० असोज । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ । कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पुर्‍याउने तयारी रहेको छ । उनले भने, “यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ ।” कामपाले विगत छ वर्षदेखि नागरिकलाई सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न… पुरा पढौ

आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौं, २० असोज । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट… पुरा पढौ