मुख्य समाचार

काठमाडौं महानगरले पैदलमार्ग मर्मतमा सवा २ अर्ब खर्च गर्ने

काठमाडौं, २१ असोज । काठमाडौं महानगरपालिकाले पैदलमार्गको मर्मत तथा सुधार गर्न चालु आर्थिक वर्षमा २ अर्ब १५ करोड लागानी गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको बताइएकाे छ । केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईले बताए । हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ । महानगरका… पुरा पढौ

मौसम अनुकूल बनेसँगै मनाङमा पर्यटक भरिभराउ

मनाङ, २१ असोज । हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् । दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । मनसुन लम्बिए पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मौसममा सुधार… पुरा पढौ

आईतबार सेयर बजार राताम्मै, करिब २ अर्बको कारोबार

काठमाडौं, २१ असोज । साताको सेयर कारोबार हने पहिलो दिन आईतबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजारमा देखिएको गिरावटले लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा पुगेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ विन्दुमा झरेको छ । नेप्सेमा १.८२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.७९ अंकले घटेर ३६७.५७ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । नेप्सेमा यसदिन २८९ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५८ लाख १५… पुरा पढौ

बिआरआई परियोजना प्राथमिकताकासाथ अगाडी बढाईने : प्रधानमन्त्री दाहाल

काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् । बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा आज नेपाल–चीनमैत्री मञ्चले आयोजना गरेको ‘बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना भएको बताए। उनले बिआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन हुनेगरी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले… पुरा पढौ

मेलम्ची खानेपानीकाे नयाँ ‘हेडवर्क’ एक किलाेमिटर सार्नुपर्ने

काठमाडौं, २१ असोज । तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्‍याएको थियो । क्षतिपछि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा त्यसलाई स्थानान्तरण गर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । बैंकले अध्ययन गरेसकेको भए पनि अध्ययन पश्चात् सिफारिस आउन बाँकी रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। अध्ययन प्रतिवेदनले हेडवर्क स्थानान्तरण गर्नुपर्ने भनेपछि… पुरा पढौ

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ ३०० ले बढेर तोलाको… पुरा पढौ

धुलिखेल-खावा सडकखण्डकाे निर्माण सुस्त, १६ महिनामा १२ प्रतिशत मात्रै काम

काभ्रे, २१ असोज । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । आउँदो चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । निर्माण सुरु भएको १६ महिना बितिसक्दा १२ प्रतिशतमात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार… पुरा पढौ

सिटिजन्स बैंककाे डिबेन्चरमा अब कात्तिक १ गतेसम्म आवेदन दिन सकिने

काठमाडाैं, २१ असाेज । सिटिजन्स बैंककाे ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा आवेदन दिने म्याद थप गरिएकाे छ। बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे ऋणपत्रमा अब कात्तिक १ गतेसम्म आवेदन दिन सकिने भएको हाे । बैंकको साे ऋणपत्रकाे अवधि १० वर्ष रहेकाे छ भने वार्षिक १० प्रतिशत ब्याजदर रहेकाे छ । प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरिएकाे हाे । यसबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख… पुरा पढौ

आज अमेरिकी डलर, यूराेसिहत अन्यकाे भाउ स्थिर

काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूराे तथा अन्य देशहरूको मुद्राको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । अमेरिकी डलर १ को खरिददर १३२… पुरा पढौ

आजदेखि देशभर दशै तिहार लक्षित सुपथ मूल्य पसल शुरू

काठमाडौं, २१ असोज । सरकारले आजदेखि सुपथ मूल्य पसल शुरू गरेकाे छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले दशै तिहारलाइ लक्षित गर्दै काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेकाे हाे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको बताइएकाे छ।उक्त सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग,… पुरा पढौ