मुख्य समाचार

शिव श्री हाइड्रोले डाक्याे असोज २५ मा साधारण सभा

काठमाडौं, १६ असाेज । शिव श्री हाइड्रोपावरले असोज २५ गते साधारण सभा डाकेकाे छ । कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि प्रस्तावित एजेण्डा पारित गर्न सभा डाकेकाे हाे । साधारण सभा, यती इभेन्ट्स एन्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीकाे शतप्रतिशत १ः१ काे रेसियाेमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाइ सभामा प्रस्तुत गर्नेछ ।  यस्तै कम्पनीको ठेगाना परिवर्तन, चुक्ता पुँजी वृद्धि गर्नका लागि प्रबन्धपत्र र नियमावली संशोधनकाे प्रस्ताव… पुरा पढौ

बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन

म्याग्दी, १६ असोज । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक… पुरा पढौ

अबैध कारोबार गर्ने ४ जनाविरुद्ध १५ करोड बिगोसहित मुद्दा दायर

काठमाडौं, १६ असोज । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने ४ जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ… पुरा पढौ

एमाले अध्यक्ष ओली र एमसिसीका ग्लोबल सिइओ अलब्राइटबीच भेटवार्ता

काठमाडौं, १६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (ग्लोबल सिइओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा उनीहरुबीच एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखेका थिए । एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै… पुरा पढौ

आजको मौसम: यी प्रदेशमा हल्का वर्षाको संभावना

काठमाडौं, १६ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जनाएको छ । नेपालमा हाल भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । असोज १६ गते मंगलबार दिउँसोः देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा… पुरा पढौ

एमालेकै दबाबले उच्चस्तरीय छानबिन आयोग गठन : महासचिव पोखरेल

पाेखरा, १५ असोज । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सो पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एमालेकै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गरे। देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको उनको भनाइ छ । उनले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताए। “अहिले जनताको जीवन असहज… पुरा पढौ

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग हुन्छः मन्त्री बस्नेत

काठमाडौं, १५ असोज । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे-रातमाटे-हेटौँडा-दमौली-न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बताए। एमसिसी कम्प्याक्ट सम्झौताको शुभारम्भको उपलक्ष्यमा यसै साता नेपाल भ्रमणमा आएकी एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उनको प्रतिनिधिमण्डलसँग ऊर्जा मन्त्रालयमा आज भएको शिष्टाचार… पुरा पढौ

अर्थतन्त्रलाई चलायमान बनाउन महासङ्घले सातै प्रदेशमा लगानी सम्मेलन गर्ने

ढोरपाटन (बागलुङ), १५ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ । महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा आज बसेको बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासङ्घको तेस्रो बैठक आज ढोरपाटनमा आयोजना गरिएको थियो । उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका… पुरा पढौ

सचिवसहित ९ जनाविरुद्ध २४ कराेड बढीकाे बिगाे दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १५ असोज । नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिव, टेलिकमका प्रबन्ध निर्देशकसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटबे हालसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नपारी अस्वाभाविक लागत तयार… पुरा पढौ

नेप्सेमा ५.१९ अंककाे बृद्धि, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, १५ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्ताको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.६६ अंकले बढेर ३७८.०६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी ११० वटामा हरियो लागेको छ । कुल २८६ कम्पनीहरुको सेयर कारोबार भएको छ ।… पुरा पढौ