मुख्य समाचार

सातामा सेयर बजार-नेप्सेमा झन्डै २ प्रतिशतको गिरावट, औसत कारोबार २३.४८ प्रतिशतले घट्यो

काठमाडौं, १६ साउन । यस साता सेयर बजारमा मन्दी देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २ प्रतिशत (१.७९ प्रतिशत अर्थात ४९.०६ अंक) ले घटेर २६८५.५४ विन्दुमा ओर्लिएर बन्द भएको छ। गत साता नेप्से २७३४.६० विन्दुमा बन्द भएको थियो। पाँच कारोबार दिन खुलेको यस साताको बजारमा चार दिन गिरावट आएको थियो भने एक दिन मात्र बजार बढेर बन्द भएको थियो। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ३.३४ अंकले घटेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ… पुरा पढौ

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं, १६ साउन। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः००… पुरा पढौ

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, १६ साउन। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली भएको छ । बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली… पुरा पढौ

नागरिकको सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री शाह

काठमाडौं, १५ साउन। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तराई–मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म… पुरा पढौ

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप सङ्कलन गर्ने

काठमाडौं, १५ साउन । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले रु २५ अर्ब बराबरको दुईमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै ६१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३:०० बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार पौने ४ अर्ब नाघ्यो

काठमाडौं, १५ साउन । नेपाली धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १२ दशमलव ९६ अङ्कले उकालो लाग्दै दुई हजार ६८५ दशमलव ५४ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा अन्य प्रमुख सूचकहरूमा पनि सुधार देखिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ विन्दुमा कायम भएको छ । त्यस्तै, फ्लोट सूचक १ अङ्कले बढेर १८४ दशमलव ५९… पुरा पढौ

सुप्रिम वाइनले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त

काठमाडौं, १५ साउन । सुप्रिम वाइन नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा (Issue Manager) नेशनल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। दीर्घकालीन व्यवसाय विस्तार योजनाको महत्वपूर्ण चरणका रूपमा लिइएको यस सम्झौतामा साउन १४ गते काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। कृषि पर्यटन र उत्पादन क्षमता बढाउने रणनीति २०७१ सालमा स्थापना भई काठमाडौंको बुढानीलकण्ठ–३ मा मुख्य कार्यालय रहेको सुप्रिम वाइन हाल नाफामूलक रूपमा सञ्चालन… पुरा पढौ

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६.१८ प्रतिशतले बढ्यो

काठमाडौं, १५ साउन । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकले नाफामा उल्लेख्य सुधार गर्नुका साथै खराब कर्जा घटाउन र व्यावसायिक आकार बढाउन सफलता हासिल गरेको छ। नाफा र सञ्चालन आम्दानीमा उच्च वृद्धि समीक्षा अवधिमा बैंकले १५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (८ करोड ८ लाख रुपैयाँ) को तुलनामा ८६.१८ प्रतिशत को उच्च वृद्धि… पुरा पढौ

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर (झापा), १५ साउन। मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ । अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो । मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो । उक्त कार्यालयका सूचना अधिकारी माङ्कल राईका… पुरा पढौ

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १५ साउन। नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिनुभयो । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाले मोबाइल… पुरा पढौ