मुख्य समाचार

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा अमर रहनेछ’

काठमाडौं, १७ साउन। पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उहाँका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ । देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्षनेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तरराष्ट्रिय… पुरा पढौ

सिवाईसीकाे एजिएम साउन ३० मा पोखरामा हुँदै, मर्जर र प्राप्तिको विशेष प्रस्ताव पेस हुने

पोखरा, १७ साउन। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। साउन ८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले पोखरास्थित होटल दिपसागरको सभाहलमा बिहान ११ बजेदेखि सभा बोलाउने निर्णय गरेको हो। सभामा सञ्चालक समितिका अध्यक्षद्वारा पेस हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने मुख्य कार्यसूची रहेको छ। साथै, सोही आवको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू अनुमोदनका लागि पेस गरिनेछ। सभाका मुख्य… पुरा पढौ

एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), १७ साउन। काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख… पुरा पढौ

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, १७ साउन। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको… पुरा पढौ

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं, १६ साउन। हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ । विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा त्यस्तो नाम हो, जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गर्नु भएन, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदल्ने प्रयास गर्नुभयो । म्याग्दी दानास्थित सामान्य परिवारमा जन्मिनु भएका पुर्जाको बाल्यकाल चरम दुःख र सङ्घर्षले भरिएको… पुरा पढौ

गत आर्थिक वर्षमा ३३३ उद्योग दर्ता

चितवन, १६ साउन। जिल्लामा गत आर्थिक वर्षमा ३३३ वटा उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ती उद्योग तथा वाणिज्यका व्यवसाय दर्ता भएका हुन् । त्यस्तै वाणिज्यतर्फ ३७९ वटा नयाँ फर्म दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार उद्योग तथा वाणिज्यतर्फ रु ९३ करोड १५ लाख ८९ हजार ९७९ पुँजी रहेको छ । जिल्लामा नयाँ लगानी गर्नेमा उद्योगतर्फ महिला १६७, पुरुष १७० र एउटा फर्म रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगमा… पुरा पढौ

नेपाल एकीकरणमा अमरसिंह थापाले गर्नुभएको योगदान स्मरण

काठमाडौं, १६ साउन। विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देहत्याग गर्नुभएका नेपाल एकीकरणमा योगदान गर्नुभएका राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औँ स्मृति दिवस मनाइएको छ । राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा विसं १८०० मा नुवाकोट विजय गरेर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शिलान्यास गरेको नेपाल एकीकरण अभियानमा अमरसिंह थापाले पु¥याउनुभएको योगदानका विषयमा स्मरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सर्वोच्च अदालतका न्यायधीश मेघराज पोखरेलले अमरसिंह थापा इतिहासको असाधारण व्यक्तित्व भएको बताउनुभयो । राष्ट्रनिष्ठा र स्वाभिमानले युक्त थापाले… पुरा पढौ

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौं, १६साउन। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो । यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्यु हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन,… पुरा पढौ

सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबिच ५ बुँदे सहमति, देशव्यापी आन्दोलन र अनशन फिर्ता

काठमाडौं,१६ साउन। सरकार र लघुवित्त पीडितबिच ५ बुँदे सम्झौता सम्पन्न भएको छ। अर्थ मन्त्रालय, सुवर्णहलमा मिति २०८३/०४/१५ गते बसेको वार्ता टोलीका पदाधिकारी र ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’का प्रतिनिधिहरूबिच सहमति भएसँगै पीडितहरूले देशभर सञ्चालन गर्दै आएका सम्पूर्ण आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। नेपाल सरकार, माननीय अर्थमन्त्रीस्तरको मिति २०८३/०४/१४ को निर्णयानुसार गठित वार्ता टोली र सङ्घर्ष समितिसिच विभिन्न ५ बुँदामा सहमति भएको हो। सहमति भएका मुख्य ५ बुँदाहरू: १. प्रतिवेदन कार्यान्वयन: लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त… पुरा पढौ

भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेन

भद्रपुर (झापा), १६ साउन। भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो । आव २०८१/८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन… पुरा पढौ