मुख्य समाचार

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

काठमाडौं, १८ असार । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो । खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको… पुरा पढौ

वनमा निर्भर समुदायका लागि हरित जलवायु कोषबाट ८.५ मिलियन डलर अनुदान स्वीकृत

काठमाडौं, १७ असार । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औं बैठकले नेपालको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न ८.५ मिलियन अमेरिकी डलर (करिब सवा एक अर्ब रुपैयाँ) अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बुधबार बसेको बोर्ड बैठकले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत यो परियोजना विकास गरेको हो ।… पुरा पढौ

सात दिनपछि सम्हालियो सेयर बजार: नेप्से ४४.५९ अंकले बढ्दा करिब ४ अर्बकाे काराेबार

काठमाडौं, १७ असार । बिहीबारदेखि लगातार घटिरहेको धितोपत्र बजार अन्ततः बुधबार हरियाली छाउँदै बन्द भएको छ। विगत सात कारोबार दिनको निरन्तर गिरावटलाई तोड्दै यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आकर्षक सुधार देखिएको हो। बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा उक्लिएको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ५.७७ अंक, फ्लोट इण्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंकले बढेको छ। कारोबार रकम झण्डै ४ अर्ब परिसूचकसँगै यस दिन बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ।… पुरा पढौ

राष्ट्रियसभा-जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, १७ असार। राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद कमला पन्तले संसद् सुरु भएको लामो समय भइसक्दा पनि सरकारले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै ध्यानाकर्षण गराउनुभयो । “समसामयिक विषयमा उठेका प्रश्नहरूको बारेमा सरकारको ध्यानाकर्षण होस् भन्ने चाहन्छु”, सांसद पन्तले भन्नुभयो, “सांसदले उठाएका विषयमा सरकारको जवाफ आओस् भन्ने चाहाना राखेका छौँ ।” सांसद जयन्तीदेवी राईले लगातार तीन दिनदेखि पानी परेपछि सङ्खुवासभाको सिलीचोङ गाउँपालिका–१ स्थित सिदुवाखोलामा आएको भीषण… पुरा पढौ

नबिल बैंकलाई आइक्यानको ‘गोल्ड अवार्ड’ सहित तीन प्रतिष्ठित पुरस्कार

काठमाडौं, १७ असार। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्डअन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार तेस्रो पटक ‘गोल्ड अवार्ड’ प्राप्त गरेको हो। मंगलबार काठमाडौँमा आयोजित एक विशेष समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गर्नुभयो। विधागत उपलब्धिहरू बैंकले यस वर्ष गोल्ड अवार्डका… पुरा पढौ

कालंगा र सानिगाड हाइड्रोको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार खुल्ने

काठमाडौं, १७ असार। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार १७ गते, बुधबार दुई जलविद्युत कम्पनीहरूको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ। नेप्सेमा कालंगा हाइड्रो लिमिटेड (KAHL) र सानिगाड हाइड्रो लिमिटेड (SGHL) को कुल ४ करोड २५ लाख कित्ता शेयर सूचीकृत भएको हो। सूचीकृत शेयरको विवरण कालंगा हाइड्रो लिमिटेड (KAHL): कम्पनीको कुल १ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। यसमध्ये सर्वसाधारणमा वितरण गरिएको ४९ लाख कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ९१ लाख कित्ता शेयर रहेको छ। सानिगाड हाइड्रो… पुरा पढौ

डोनाल्ड ट्रम्पको क्रिप्टो कमाइ एक अर्ब डलर

न्युयोर्क, १७ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गर्नुभएको विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आय आर्जन गर्नुभएको हो । यही आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच उहाँको व्यक्तिगत सम्पत्ति दुई अर्ब ३० करोड डलरबाट बढेर छ अर्ब ५० करोड डलर पुगेको फोर्ब्सले जनाएको छ… पुरा पढौ

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

काठमाडौं, १७ असार। नेपाल राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा पण्डितले मौद्रिक नीति आउनुअघि हुने यसप्रकारका छलफलले नेपाल राष्ट्र बैङ्कलाई नीतिगत सुझाव प्राप्त हुने बताउनुभयो । उहाँले वित्त नीति र मौद्रिक नीतिबीच स्वाभाविक रूपमा अन्तरसम्बन्ध र कतिपय अवस्थामा… पुरा पढौ

पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको भाउ घट्याे

काठमाडौं, १७ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ ।… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १७ असार। नेपाल राष्ट्र बैङ्कले आज (बुधाबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ… पुरा पढौ