मुख्य समाचार

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद

बेइजिङ, ७ असोज । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन् । बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चामत्कारिक आर्थिक प्रगति प्रशंसा गरे। उनले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताए। “नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यहाँहरूले निरन्तर काम गरिरहनुभएको छ”, नेपाली समुदायलाई सम्बोधन गर्दै उनले भने, “दुई देशबीचको शताब्दीयौँदेखि घनिष्ट एवं मित्रवत सम्बन्धलाई थप प्रगाढ… पुरा पढौ

नेप्से १९.४२ अंकले घट्याे, २ अर्ब ३२ करोडको कारोबार

काठमाडौं, ७ असोज । गएको शुक्रबार ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा उक्लिएको नेप्से परिसूचक आज भने ओरालो लागेको छ । साताको सेयर कारोबार हुने आईतबार पहिलो दिन आज नेप्सेले बिहिबारको लयलाई नपछ्याई बिपरित दिशामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा झरेको छ । नेप्सेमा ०.९५ प्रतिशतलले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेर ३८५.६२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटा बाहेक बाँकी १२ वटामा रातो लागेको छ । कुल २८५ कम्पनीहरुको… पुरा पढौ

‘सिजन’को महिना भएपनि सौराहामा घटे पर्यटक

चितवन ७ असोज । सौराहाका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् । पर्यटकीय गन्तव्य सौराहासम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ-मुग्लिन, मुग्लिन-नौबीसे र नारायणगढ-बुटवल सडक खण्डमा मर्मत तथा बिस्तारले यातायात असहज बनेको छ… पुरा पढौ

एनआईसी एशियाकाे २६औं साधारण सभा असोज २८ मा हुने, ३० प्रतिशत लाभांश दिने तयारी

काठमाडौं, ७ असोज । एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ । उक्त साधारण सभामा बैंकको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी पारित गर्ने बताइएकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र १.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समेत वितरण गर्न स्वीकृत गर्ने… पुरा पढौ

१४ वर्षमा राहुघाट जलविद्युत आयोजनाकाे ६० प्रतिशत मात्रै भौतिक प्रगति

म्याग्दी, ७ असोज । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० मात्रै प्रतिशत काम सकिएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा सो आयोजना निर्माण अघि बढाइएको थियो ।… पुरा पढौ

मुनाल सहकारीको पन्ध्रौं साधारण सभा सम्पन्न, उत्कृष्ट कारोबार गर्ने काफ्ले र पौडेल सम्मानित

पोखरा, ७ असोज । पोखराको नयाँबजारमा कार्यालय रहेकाे मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ। कास्की जिल्लाभर कार्यक्षेत्र रहेकाे यस सहकारीकाे साधारण सभा संस्थाका जेष्ठ शेयर सदस्य रगबहादुर गुरूङले उद्घाटन गरेका थिए। सो अवसरमा बाेल्दै प्रमुख अतिथि रगबहादुर गुरूङले मुनाल सहकारीले शेयर सदस्यहरूको हितको लागि गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी शेयर सदस्यहरूसँग सामिप्यता बढाउनुपर्ने बताएका थिए । ‘सहकारीले चाडबाड लक्षित कार्यक्रमहरू, अध्ययन अवलोकन भ्रमण, शेयर सदस्यहरूको लागि वित्तीय साक्षरता… पुरा पढौ

माछापुच्छ्रे बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं ७ असोज । माछापुच्छ्रे बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले २५औँ वार्षिक साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार असोज ८ गते बुकक्लोज गर्ने जनाएकाे छ । यसका लागि सेयरधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् । साथै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् । बैंकले असोज १८ गते साधारण सभा डाकेकाे छ । सभा पाेखरास्थित होटल पोखरा ग्राण्ड,… पुरा पढौ

यस्ता छन् ऊर्जा क्षेत्रको विकासका लागि ८५ बुँदे कार्यक्रम

काठमाडौं, ७ असोज । सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा ती कार्यक्रम प्रस्ताव गरिएको हो । ती कार्यक्रममा कुन निकायले के–कति समयमा कसरी काम गर्ने भन्ने समयसीमासमेत निर्धारण गरिएको छ । सरकार र सरकार मातहत रहेका सबै निकायलाई उत्तिकै जिम्मवार र जवाफदेही बनाउने, नीतिगत तथा कानुनीरूपमा रहेको अड्चन हटाउने तथा प्रक्रियागतरूपमा लाग्दै आएको समय कम गर्दै दिगो… पुरा पढौ

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले ‘नेपाल–चीन बिजनेस समिट’ लाई सम्वाेधन गर्ने

बेइजिङ, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बाेधन गर्ने भएका छन । प्रधानमन्त्री दाहाल आज आइतबार चीनको राजधानी सहर बेइजिङ आउने कार्यक्रम तालिका रहेकाे छ । साेही क्रममा बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने बताइएकाे छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका हुन । उक्त बिजनेस समिटमा नेपाल र चीनका १ सयभन्दा बढी… पुरा पढौ

कोरला नाका सञ्चालन हुने विषय फेरि चर्चामा

बेनी, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो । नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर… पुरा पढौ