मुख्य समाचार

यस्ता छन् ऊर्जा क्षेत्रको विकासका लागि ८५ बुँदे कार्यक्रम

काठमाडौं, ७ असोज । सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा ती कार्यक्रम प्रस्ताव गरिएको हो । ती कार्यक्रममा कुन निकायले के–कति समयमा कसरी काम गर्ने भन्ने समयसीमासमेत निर्धारण गरिएको छ । सरकार र सरकार मातहत रहेका सबै निकायलाई उत्तिकै जिम्मवार र जवाफदेही बनाउने, नीतिगत तथा कानुनीरूपमा रहेको अड्चन हटाउने तथा प्रक्रियागतरूपमा लाग्दै आएको समय कम गर्दै दिगो… पुरा पढौ

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले ‘नेपाल–चीन बिजनेस समिट’ लाई सम्वाेधन गर्ने

बेइजिङ, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बाेधन गर्ने भएका छन । प्रधानमन्त्री दाहाल आज आइतबार चीनको राजधानी सहर बेइजिङ आउने कार्यक्रम तालिका रहेकाे छ । साेही क्रममा बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने बताइएकाे छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका हुन । उक्त बिजनेस समिटमा नेपाल र चीनका १ सयभन्दा बढी… पुरा पढौ

कोरला नाका सञ्चालन हुने विषय फेरि चर्चामा

बेनी, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो । नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर… पुरा पढौ

यसपटक ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

गलकोट (बागलुङ), ७ असोज । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे। तर यसपटक भने उनको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उनले विसं २०४८ देखि परम्परागत तरिकाले स्याउखेती गर्दै आएका छन् । उनको… पुरा पढौ

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

पाेखरा, ७ असोज । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् । समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट… पुरा पढौ

पोखरा फाइनान्सका अध्यक्ष गुरूङले गरे शपथ ग्रहण

पाेखरा, ६ असाेज । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन । कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउदै राष्ट्र बैंकको निर्देशिकाको पुर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर… पुरा पढौ

सेल्सबेरीको ३०औं वार्षिकोत्सवको अवसरमा ‘भेन्डर्स मिट’ कार्यक्रम

काठमाडौं, ६ असाेज। सेल्सवेरी डिपार्टमेन्ट स्टोर्सले ३०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार ‘भेन्डर्स मिट’ कार्यक्रम सम्पन्न गरेकाे छ। साे अवसरमा सेल्सबेरीले काठमाडौंको महाराजगञ्जमा निर्माण गरेकाे अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सेल्सवेरी टावरबाट छिटै सेवा सञ्चालनमा ल्याउन लागेको समेत घाेषणा गरेकाे छ । सेल्सवेरीकाे याे नयाँ भवन (टावर) मा नेपालकै ठूलो र सुविधा सम्पन्न सपिङ स्टाेर्स हुने दाबी गरिएकाे छ । सेल्सबेरीकाे याे अत्याधुनिक भवन डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको बताइएकाे छ । याे भवनबाट यही असोज १२ गतेबाट आंशिक रुपमा सेवा सुरु हुने… पुरा पढौ

साताको शेयरबजार बिष्लेषण: ४ दिनमा ७ अर्ब बढीको कारोबार

काठमाडौं, ६ असोज । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबारको पहिलो दिन आइतबार कुल दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर रू दुई अर्ब… पुरा पढौ

स्थानीय तहले गरेका केही नमूना कार्य- नेत्र सुवेदीकाे विचार

काठमाडौं, ६ असोज । केन्द्रिकृत विकाससम्बन्धी दृष्टकोण राख्ने एकात्मक शासन प्रणालीलाई विस्थापित गर्दै नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । संघीय संरचनामा रहेका तीन तहमध्ये नागरिकको नजिक रहेर विकास, सेवाप्रवाह र जीविकामा सुधार ल्याउने खालका गतिविधि गर्ने जिम्मेवारी स्थानीय तहको हुन आउँछ । स्थानीय तहलाई संविधानले सुम्पिएका अधिकारहरुको सन्दर्भमा प्रदेश तह वा संघीय तहले हस्तक्षेप भने गर्नु हुँदैन । स्थानीय परिवेश र आवश्यकतालाई हेरी समग्र मुलुकले विधि, व्यवहार र प्रयत्नबाट जराधरको तहलाई बलियो बनाउनुपर्ने हो । स्थानीय तहमा… पुरा पढौ

गायक सपूत नायकको भूमिकामा ‘परदेशी २’ बाट उदाउँदै

पाेखरा, ६ असोज । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ फुरुङ्ग छन्। गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ । गायकका रुपमा उनी जति सफल छन्, अभिनयमा पनि उसरी नै आफूलाई उतार्न सक्लान् त ? यो प्रश्नको जवाफ थाहा पाउन आउँदो २६ गतेसम्म कुर्नुपछ । वडा दसैँको छेकोमा फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउँदैछ । सपूतकै भनाइमा अभिनेताका रुपमा यो उनको परीक्षा हो… पुरा पढौ