मुख्य समाचार

आज हरितालिका (तीज) व्रत, महादेवको पूजा आराधना गरीदै

काठमाडौं, १ असोज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती… पुरा पढौ

आज वास्तु दिवस एवं विश्वकर्माकाे पूजा गरिदै

काठमाडौं, १ असोज । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।… पुरा पढौ

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट

वाशिङ्टन डिसी, १ असोज । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ । आइतबार सम्पन्न सो भेटमा उनीहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ । भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए। पुरा पढौ

यी हुन् कर्मचारी सञ्चय कोषले सार्वजनिक गरेका दुई नयाँ योजना

काठमाडौं, ३१ भदौ । आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पत्तिलाई उपलब्ध गराउनेछ । त्यस्तै, काठमाडौँ उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ । कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष रू एक लाखसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रू १०… पुरा पढौ

गैह्रीगाउँ हत्याकाे कारण रिसइबी र प्रतिशोध, आरोपी पक्राउ

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरण रिसइबी र प्रतिशोधका कारण भएको पाइएको छ । आरोपीले रिसइबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जान नदिन उनकै परिवारका अन्य तीन जनाको हत्या गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उक्त घटनाको अनुसन्धानका लागि उनकै नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको थियो । कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको संयुक्त… पुरा पढौ

नेप्सेमा भारि गिरावट, २ अर्ब बढीको कारोबार

काठमाडौं, ३१ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । लामो समयसम्म सेयर बजारमा छिटपुट बाहेक भईरहेकाे नकारात्मक प्रभावले लगानीकर्ताको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ विन्दुमा झरेको छ । नेप्सेमा २.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.१२ अंकले घटेर ३७८.६८ विन्दुमा रहेको छ । १३ उपसमूहरु सबै राताम्मै भएका छन् । कुल २७८ कम्पनीहरुको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयरको खरिदबिक्रीबाट २… पुरा पढौ

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौं : अर्थमन्त्री

पाटन(ललितपुर), ३१ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उजले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकुल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताए । “देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व काम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको… पुरा पढौ

सिटिजन्स बैंककाे यस्ताे छ नगद लाभांशकाे प्रस्ताव

काठमाडौं, ३१ भदाै। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांश दिने भएको छ। बैंकले यसपटक शेयरधनीलाइ नगद लाभांश दिने तयारी गरेको हो। बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश दिने जनाएकाे छ । नगद लाभांश बापत बैंकले ८२ करोड २१ लाख रुपैयाँ सेयरधनीलाई बितरण गर्नेछ। बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैककाे बार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीलाइ बितरण गरिने बताइएकाे छ । पुरा पढौ

पर्यटकको आकर्षण केन्द्र बन्दैछ मनाङ

मनाङ, ३१ भदौ । नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् । विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ… पुरा पढौ

तीज पर्व सुरु, आज दर खाने दिन

काठमाडौं, ३१ भदौ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम… पुरा पढौ