मुख्य समाचार

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, १३ भदाै । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेकाे जनाएकाे छ।  देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   भदौ १३ गते (बुधबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती र… पुरा पढौ

एचआइडिसिएललाई ऊर्जा क्षेत्रको विकासमा परिचालन गरिने

काठमाडौं, १३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाई मुलुकको ऊर्जा क्षेत्रको विकासमा परिचालन गरिने बताएका छन् । सरकारले एचआइडिसिएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आवको बजेटमा समेत प्रबन्ध गरेको सन्दर्भमा मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक संस्थाको रुपमा यस कम्पनीलाई अगाडि बढाउने र थप लगानी विस्तार गरिने बताए। ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कूल रु… पुरा पढौ

नौमुरे जलविद्युत् आयोजनाको ८२ प्रतिशत रकम फ्रिज

अर्घाखाँची, १३ भदौ । लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ । १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा… पुरा पढौ

१३ करोडको आईपीओ ल्याउदै श्रीनगर एग्रिटेक

काठमाडौं, १२ भदाै। श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले १३ करोडको आईपीओ ल्याउने भएको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता समेत गरेको  छ। सम्झौतापत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर भएकाे छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको संचालक समितिको निर्णयानुसार कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने रु. १०० दरको १३,००,००,००० (अक्षरुपी तेह्र करोड) रकम… पुरा पढौ

आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतलाई परिसङ्घको आग्रह

काठमाडौं, १२ भदौ । नेपाल उद्योग परिसङ्घले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी भएको अन्तरक्रिया कार्यक्रममा परिसङ्घले आर्थिक ‘एजेन्डा’लाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरे। आर्थिक कूटनीतिलाई… पुरा पढौ

बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १२ भदौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। दीगो विकाससम्बन्धी राष्ट्रसङ्घीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी आज आयोजित परामर्श गोष्ठीमा उनले तोकिएको समयावधिभित्र दीगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याए । अध्यक्ष तिमिल्सिनाले भने, “बजेट र योजनाबीच तालमेल छैन, बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, अबण्डमा बजेट राखेर कसरी दीगो विकास लक्ष्य प्राप्त… पुरा पढौ

दाेश्नाे दिनमै नेप्सेमा करेक्सन, कारोबार साढे ८६ करोडमा झर्यो

काठमाडौं, १२ भदौ । अघिल्लो दिन ५.०९ अंकले उकालोको यात्रामा गएको सेयर बजार एकदिन बढी टिक्न सकेन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा फेरी करेक्सन भएको छ । आज नेप्से ५.०५ अंकले ओरालो लागेको हो । केहि दिनको अन्तरालपछि सोमबार समान्य ढंगले उकालो लागेको दृश्यले अब त सकारात्मक बन्छकि भन्ने अपेक्षा गरिएको भएपनि लगानीकर्ताको त्यो अपेक्षा भने अधूरै रह्याे । काराेबार पनि घटेर साढे ८६ कराेडमा सिमित भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से… पुरा पढौ

सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रीत छौं : प्रधानमन्त्री

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए। दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको स्पष्ट पारे। सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उनको कथन छ । उनले सरकारले… पुरा पढौ

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले गर्याे ५ जलविद्युत आयोजनासँग सम्झाैता

काठमाडौं, १२ भदाै। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ५ वटा जलविद्युत कम्पनीसँग ग्रिड कनेक्सनकाे सम्झौता गरेको छ। ग्रिड कम्पनीले अपर सांगे हाइड्रोपावर लिमिटेड, यारु हाइड्रोपावर लिमिटेड, वाटर इनर्जी डेभलपमेन्ट प्रालि, बुढीगण्डकी हाइड्रोपावर र सनस्टार इनर्जी लिमिटेडसँग ग्रिड कनेक्सन सम्झौता गरेको हो। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा ग्रिड कनेक्सन सम्झौता भएकाे थियाे। कम्पनीका प्रतिनिधि र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झाैता अनुसार यि कम्पनीहरूले ह्‍विलिङ चार्ज तिरेपछि कम्पनीका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण… पुरा पढौ

रानीजमरा सिँचाइ आयोजनाकाे बजेट खर्च अत्यन्त न्यून

भजनी, १२ भदौ । रानीजमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ रु ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले रु ३०… पुरा पढौ