मुख्य समाचार

आईतबार सुनचाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा ५ सयले बढेर तोलाको… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोलगायत अन्य देशको मुद्राको भाउ स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

मल्टीपर्पस फाइनान्सकाे हकप्रदमा सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ भदाै । मल्टीपर्पस फाइनान्स लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। फाइनान्सले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । फाइनान्सले हाल कायम रहेकाे ०० कित्ता बराबर नयाँ ३५ कित्ता सेयर खुलाएकाे हाे । फाइनान्सले चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १५ लाख ८२ हजार कित्ता सेयर जारी गरेकाे हाे । सेयर निष्काशनकाे… पुरा पढौ

जनप्रतिनिधि खुद्रे विकासमा लाग्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ

काठमाडौं, ३१ भदौ । कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तरमा आलोचना भइरहेको छ । निर्वाचनपश्चात विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्यङ्ग्यसमेत हुने गरेको छ । संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता कार्यान्वयनसँग सिधै सरोकार राख्ने अझै केही महत्त्वपूर्ण कानुन बन्न सकेको छैन । सङ्घीय निजामती ऐन, विद्यालय शिक्षासम्बन्धी विधेयक, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणकार्यसँग सम्बन्धित… पुरा पढौ

नीतिगत समस्याले तनहुँ जलविद्युत् आयोजनाकाे प्रसारण लाइन निर्माणमा ढिलाइ

दमौली (तनहुँ), ३१ भदौ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। उनले भने, “वन मन्त्रालयसँग सम्बन्धित… पुरा पढौ

टोखा-छहरे सुरुङमार्ग बनाउन चिन सकारात्मक छ : अर्थमन्त्री

काठमाडौं, ३१ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उनले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू एक अर्ब छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताए । “यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उनले भने, “प्रधानमन्त्रीको आसन्न… पुरा पढौ

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

बेनी, ३१ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए। उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका छन् । छन्त्यालजस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन् । चिसो हावापानी… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल  सुदूर-पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। भदौ ३१ गते (आइतबार) दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत… पुरा पढौ

पोखरा फाइनान्स लिमिटेडको अध्यक्षमा राजकुमार गुरूङ चयन

पोखरा , ३० भदाै। पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको बित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको संचालक समितिकाे अध्यक्षमा राजकुमार गुरूङ चयन भएका छन । फाइनान्स संचालक समितिकाे हालै बसेकाे बैठकले गुरूङलाई अध्यक्षमा निर्बिराेध चयन गरेकाे हाे । बैकिङ क्षेत्रमा लामाे समय उच्च ब्यबस्थापनमा रहेर कार्य गरेको अनुभव भएका गुरूङले पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतकाे रूपमा ८ बर्ष नेतृत्व गरेका थिए । त्यस्तै उनले त्यसअघि स्टाण्डर्ड चार्टड बैकमा समेत काम गरेका थिए । बित्तीय क्षेत्रका अनुभवी ब्यक्तित्व गुरुङले अध्यक्षको… पुरा पढौ

साताको शेयरबजार बिष्लेषण: ४ दिनमा ५ अर्ब बढिकाे कारोबार

काठमाडौं, ३० भदौ । याे साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल ४ दिनको कारोबारमा ३ दिन बढेको बजार १ दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता ४ दिनमा कूल ५ अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रू एक अर्ब सात… पुरा पढौ