मुख्य समाचार

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय गाडी

नारायणगढ (चितवन), १८ भदौ । चितवनबाट लामो दूरीमाचितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी… पुरा पढौ

नेपालकाे विकासमा रुसको सहयोग महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौं, १८ भदौ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अभ्यासको आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले रुसी महासङ्घ नेपालको पुरानो मित्र भएको स्मरण गराउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे। उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको र रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे।… पुरा पढौ

अब काभ्रेमा हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गरिने

काभ्रेपलाञ्चोक, १८ भदौ । काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी संघ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा जिल्लाका विभिन्न स्थानमा फुड फेस्टिबल गर्ने जनाएका हुन् । बनेपामा आज आयोजित पत्रकार सम्मेलनमा परम्परागत खाना, संस्कृति, वेषभूषा तथा स्वच्छ ‘हाईजेनिक’ परिकार प्रबद्र्धन गर्ने उद्देश्यले यही भदौ २२ र २३ गते जिल्लाको मुख्य सहर बनेपामा वृहत ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम’ आयोजना गर्नेसमेत जानकारी दिइयो ।… पुरा पढौ

सुनको भाउ तोलाको १ लाख १३ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, १८ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथ चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन ताेलाकाे रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५ कायम भएर कारोबार भईरहेको जनाएकाे हाे । छापावाल सुन यसदिन तोलाको १ लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १२ हजार ६ सय… पुरा पढौ

एसिया कप क्रिकेट-रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

काठमाडौं, १८ भदौ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारतीय टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्वपूर्ण रहनेछ । भारत… पुरा पढौ

सिटिजन्स म्युचुअल फण्ड २-लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, १८ भदौ । सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। लाभांश वितरण प्रयोजनका लागि फण्डकाे मङ्गलबार भाेलि भदौ १९ गते बुकक्लोज गरिने भएकाे छ। योजना व्यवस्थापक सिटिजन्स क्यापिटलका अनुसार फण्डले वितरण गर्ने प्रतिफल पाउनका लागि आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरु लाभांश  प्राप्तिका हकदार हुनेछन्। यसअघि सिटिजन्स म्युचुअल फण्ड २ बाट इकाईधनीहरुका लागि कर सहित ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएकाे थियो। यस फण्डको योजना व्यवस्थापकमा सिटिजन्स… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरकाे भाउ स्थिर रहेकाे छ । यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ भने घटेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

अप्पर तामाकोशी हाइड्रोकाे हकप्रद सेयर आजदेखि खुल्ला

काठमाडौं, १८ भदाै । अप्पर तामाकोशी हाइड्रोपावरकाे १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर आजदेखि खुल्ला भएकाे छ । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद बिक्रीमा ल्याइएकाे हाे । यसअनुसार हाल कायम रहेकाे १ कित्ता बराबर नयाँ १ कित्ता सेयर बिक्री गरीने भएकाे छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १० करोड ५९ लाख कित्ता हकप्रद बिक्रीमा ल्याएकाे हाे । कप्पनीले हकप्रद खुलाउनका लागि साउन २६ गते बुकक्लोज गरेको थियो। हकप्रद सेयरमा लगानीका लागि शेयरधनीहरुले… पुरा पढौ

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

म्याग्दी, १८ भदौ । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले तीनवटा उडान भरेको जानकारी दिए। “मौसममा सुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि… पुरा पढौ

किन रोकियो अरुण तेस्रो आयोजनको विद्युत् गृहस्थल र प्रवेश मार्ग ?

सङ्खुवासभा १८ भदौ । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र सडक बन्द गरेका हुन् । शनिबारदेखि अरुण तेस्रो प्रवेश मार्गअन्तर्गतका जग्गाधनीले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य… पुरा पढौ