मुख्य समाचार

कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत

काठमाडौं, २८ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिने प्रचलन संसारभर रहेकाले ऋण किन लिने भन्नेमा सरकार प्रष्ट रहेको बताए। “सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ”, उनले भने, “ऋण… पुरा पढौ

अब ब्याजदरमा कार्टेलिङ हुदैन: नेपाल बैंकर्स संघ

काठमाडौं, २८ असार । नेपालका बाणिज्य बैकहरूले निक्षेपकाे ब्याजदरमा कार्टेलिङ नगर्ने भएका छन। यसअघि निक्षेपको ब्याजदर निर्धारण गर्दै आएका बाणिज्य बैंकका सीईओहरुले याे सहमति तोडिएको बताएका हुन। बैंकको ब्याजदर अस्वभाविक रुपमा तलमाथि नहोस् भनेर बैंकका सीईओहरुको संस्था नेपाल बैंकर्स संघले यसअघि भद्र सहमति गरेर ब्याजदर तोक्ने निर्णय गरेको थियो। अब आगामी साउन १ गतेदेखि बैंकहरुले आफ्नो अनुकुल ब्याजदर तोक्न सक्ने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । बैंकहरुले यसरी ब्याजदर तोक्दा समग्रमा ग्राहकलाइ हितकर हुने बताइएकाे छ । अहिले मुद्दति… पुरा पढौ

नेपालमा लगानी बिस्तार गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह

काठमाडौं, २८ असार । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन । अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० बर्ष पुग्न लागेको छ । लगानीवृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ, ।’ उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण… पुरा पढौ

आगामी आवमा ९ सय मेगावाट बिजुली थप हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, २८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा उनले आन्तरिक खपत बढाउने नै सरकारको सोच रहेको र बढी भएको बिजुलीमात्रै विदेशमा निर्यात गरिने बताए। हाल प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै उनले ऊर्जा विकास दशकको मार्गचित्रका साथ काम गरिरहेको बताए। आगामी १०… पुरा पढौ

नेप्सेमा १२.६२ अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, २८ असार । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६२ अंकले घटेर १२८४.९३ विन्दुमा झरेको छ । नेप्सेमा ०.६० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.९० अंकले घटेर ३९१.२५ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । यसदिन कुल २९६ कम्पनीहरुको… पुरा पढौ

काठमाडौंमा हुने ‘नाडा अटो शो २०२३’ को बुकिङ्ग खुल्ला

काठमाडौं, २८ असार । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो शो २०२३ यही २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ । नाडाले उक्त प्रदर्शनीका लागि बुकिङ्क खुल्ला गरेको जानकारी दिएको छ । नाडाको आयोजनामा हरेक बर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना भएन । नाडा अटो शो २०२२ लाई पनि सरकारले गत बर्ष केही… पुरा पढौ

बीआरआई कार्यान्वयनमा छलफल हुँदैछ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, २८ असार । सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, “दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी छ ।” नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो । यद्यपि बीआरआईका कुन–कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुनसकेको छैन । यसअघि गत पुस १७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत… पुरा पढौ

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तकाे एकीकृत कारोबार असार ३१ देखि

काठमाडौं,  २८ असार । आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बताएकाे छ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर संस्थाले एकीकृत काराेबार गर्ने भएकाे हाे । नेपाल राष्ट्र बैंकले दुवै संस्थालाई एकीकृत कारोबार गर्नका लागि असार २२ र सेबाेनले असार २६ गते अन्तिम स्वीकृति दिएका हुन्।  आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको छ। दुवै संस्थाहरुबीच गएकाे चैत २९ मा एक्विजिसनका लागि प्रारम्भिक रुपमा सम्झौता भएकाे थियाे । आशा लघुवित्तको चुक्ता पुँजी… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो स्थिर, अन्य कति ?

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रिदर १३१ रुपैयाँ ९०… पुरा पढौ

माण्डु हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २८ असार । माण्डु हाइड्रोपावर लिमिटेडकाे सेयर आईपीओमा आजबाट आवेदन दिन सकिने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि प्रिमियममा सेयर आईपीओ निष्काशन गरेकाे हाे । जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ७३० कित्ता सेयरमा प्रिमियम रुपैयाँ १०६ थपेर प्रतिकित्ता रुपैयाँ २०६ मा सेयर जारि गरिएकाे हाे । यसमा ललितपुरका बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुरका भिमफेदी गाउँपालिका वडा नं.… पुरा पढौ