मुख्य समाचार

चालु बजेटका ११ महिनामा आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत

काठमाडौं, १ असार । चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बराबर छ । जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु… पुरा पढौ

बैंकको ब्याजदर घटाउन सांसदहरूले गरे माग

काठमाडाैं, १ असार । संघिय सांसदहरूले बैंकको ब्याजदर घटाउन माग गरेका छन । अहिले बजारमा देखिएकाे बित्तीय असंतुलनलाइ संतुलित पार्न सरकारले के गर्दैछ भनेर प्रश्न गर्दै समन्वयकाे लागी अाग्रह गरेका हुन् । सांसद दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसंगको व्यापार घाटाका विषयमा छलफल नभएकामा चिन्ता व्यक्त गरे। नेपालमा अहिले व्यापार घाटा चुलिएको छ। गतवर्ष मात्रै १९ खर्बको आयात र २ खर्बको निर्यात भएको छ । १७ अर्ब व्यापार घाटा रहेको थियो, यस वर्षको वैशाख… पुरा पढौ

एनआरएनलाई लगानीका लागि नितिगत ब्यवस्था गर्न कार्यबिधी तयार गर्दै सरकार

काठमाडाैं, १ असार । एनआरएनलाई लगानीको बाटो खुल्ला गर्न सरकारले कार्यबिधी तयारीको काम सुरु गरेको छ । आ.ब २०८०/८१ को बजेट मार्फत नेपालमा रहेका सुचिकृत जलविद्युत कम्पनी तथा जलविद्युतका क्षेत्रमा लगानी गर्न पाउने नितिगत ब्यबस्थाको लागि अहिले उर्जा तथा जलस्रोत मन्त्रालय र अर्थमन्त्रालयमा कार्यबिधी निर्माण गरि ससदमा पेश गरिएकाे बताइएकाे छ। साे कार्यबिधि स्वीकृतीकाे अन्तिम चरणमा समेत पुगेकाे छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले क्षेत्र नै तोकेर जलविद्युतलाई प्रथामिकताका साथ बजेटमा राखेको र बर्सौ देखि बजेटमा आउने एन आर… पुरा पढौ

संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

काठमाडाैं, १ असार । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो । बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी गराएका थिए । “संवैधानिक परिषद्द्वारा नेपालको प्रधानन्याधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरिएकाे छ, राणाले भने। यसअघि बैठकमा सदस्यहरूले आमजनतामा… पुरा पढौ

शुक्रबार बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, १ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले बढेर तोलाको १… पुरा पढौ

आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित आलु,प्याजमा कर लगाइएको हाे: अर्थमन्त्री महत

काठमाडौं,१ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन । अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसंगको सामूहिक भेटका क्रममा उनले यस्तो बताएका हुन। अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए । उनले… पुरा पढौ

राष्ट्रिय सहकारी बैंकले गर्याे पुँजी फिर्ता कोषको रकम बाँडफाँड, एउटै संस्थाले ४२ लाख सम्म पाए

ललितपुर, १ असार । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरेको छ । बिहिबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसंगै एउटै सदस्यले ४२ लाख भन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ-संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १८ करोड ५५ लाख १२ हजार ६ रुपैयाँ… पुरा पढौ

अप्पर स्याङ्गे हाईड्रोकाे आईपीओ असार १० गतेदेखि जारी हुँदै

काठमाडौं, १ असार । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सेयर आईपीओ खुलाउने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका रहेका नेपालीहरुका लागि सेयर निष्काशन भइसकेकाे छ । जारी पूँजी २२ करोड रुपैयाँकाे २९.५५ प्रतिशतले हुने ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि जारि भइसकेकाे छ । जसमा ५ प्रतिशत सामूहिक… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । साथै अन्य धेरै देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १९ पैसा… पुरा पढौ

आईएमई लाइफको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १ असार । आईएमई लाइफ इन्स्योरेन्सले आजदेखि सेयर (आईपीओ) खुलाएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलागि सेयर बिक्रीमा ल्याएकाे हो। प्रतिसेयर श्ररु १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिसेयर २३६ रुपैयाँ ९१ पैसामा सेयर बिक्रीमा ल्याइएको इन्स्योरेन्सले जनाएकाे छ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता बिक्रीमा ल्याउने अनुमति लिएकाे थियो। त्यसबाट १२ लाख कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि खुल्ला गरिएकाे हो। लगानीकर्ताले असार १ गते आज शुक्रबारदेखि असार… पुरा पढौ