मुख्य समाचार

अप्पर लोहोरे खोला हाइड्रोकाे आईपीओ असार ७ गते आउदै

काठमाडौं, ३२ जेठ । अप्पर लोहोरे खोला हाइड्रोपावरकाे सेयर (आईपीओ) असार ७ गतेदेखि निष्काशन हुने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुका लागि ५ लाख ९ हजार ८०४ कित्तासेयर खुलाउन लागेको हो। कम्पनीले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर खुलाउन लागेकाे हाे । साे सेयरबाट २ लाख ५४ हजार ९०२ कित्ता आयोजनाबाट प्रभावित क्षेत्रकाे नौमुले गाँपालिका वडा नं. ३ का जनताका लागि बिक्री गरिने भएकाे… पुरा पढौ

घट्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६ पैसा बिक्रिदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो… पुरा पढौ

घोराही सिमेन्ट इण्डष्ट्रीकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ३२ जेठ । घोराही सिमेन्ट इन्डस्ट्रीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि प्राथमिक साधारण सेयर (आईपीओ)को बिक्री खुल्ला गरेको छ । यो सेयरको प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ कायम गरिएको छ । जम्मा ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणले आगामी असार ४ गते सम्ममा खरिद गर्न सक्ने बताइएकाे छ। सेयर खरिदका लागी  न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निर्धारित समय भित्र सेयर बिक्री नभएमा असार १४ गतेसम्म यसको सेयर खरिद गर्न सकिनेछ… पुरा पढौ

मध्यपहाडी लोकमार्ग सीमा विवादले पूर्वाधार निर्माणमा समस्या

ढोरपाटन, ३२ जेठ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए । स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहचिान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो । पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गए । सोही वर्ष पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जाना भएको थियो… पुरा पढौ

अबैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय पक्राउ

कंचनपुर , ३२ जेठ । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।“ ९ जना भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ”, उनले भने–“उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।” पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि… पुरा पढौ

अर्जुनचौपारी-१ र २ लाई जोड्न दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण

वालिङ, ३२ जेठ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो । अर्जुनचौपारी बजारलाई दुई भागमा विभाजन गर्दै दरौँ खोला बगेको छ । मुख्य बजारको बीच भागमा तीन दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो । झोलुङ्गे पुलमा प्रयोग गरिएको काठ कुहिएपछि दुर्घटनाको जोखिम थियो । स–साना बालबालिकालाई विद्यालय जान असहज भएको थियो । “पुल… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा मेघ-गर्जनसहित हल्का वर्षा

काठमाडौं, ३२ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  जनाएकाे छ । बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। जेठ ३२ गते (बिहीबार) दिउँसो: कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक… पुरा पढौ

बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ

दमौली, ३२ जेठ । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सार्वजनिक गरेको छ । मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले… पुरा पढौ

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने निर्णय कार्यान्वयन हुदैं

काठमाडौँ, ३१ जेठ । लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयनका लागि तयारी अघि बढाइएको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । गत चैत २१ गतेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा राख्ने निर्णय गरेको थियो । केही वर्ष पहिलेदेखि नै इम्बोस्ड नम्बर प्लेट नेपालीमा हुनुपर्ने माग भाषाविद्, सांसदलगायत सबै पक्षबाट हुँदै आएको… पुरा पढौ

सबै अस्पतालमा विपन्न र असाहय बिरामीकाे निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गरिने

काठमाडाैं, ३१ जेठ । देशभरका सबै अस्पतालमा १० प्रतिशत विपन्न र असहाय बिरामीकाे निःशुल्क उपचार गर्ने नीति प्रभाबकारी रूपमा कार्यान्वयन गरिने भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले हरेक अस्पतालमा विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्ने नीतिलाई कार्यान्वयन गरिने बताएका हुन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले संविधानमा मौलिक हकका रुपमा स्वास्थ्यको हकसम्बन्धी व्यवस्था भएकाले पैसा नभएर उपचार नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थामा कोही नागरिकलाई पनि पुग्न नदिन सरकार प्रतिबद्ध… पुरा पढौ