मुख्य समाचार

एनसेल प्रकरण : नेपालको पक्षमा फैसला, अर्बौ घाटा लाग्नबाट जोगियाे

काठमाडौं, ३१ जेठ । मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसमा खटिने वकिललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । उनले भने, “अन्तर्राष्ट्रिय कोर्टमा एनसेलले नै मुद्दा गरेको थियो, त्यस सन्दर्भमा अहिले केही दिन अगाडि मात्रै फैसला… पुरा पढौ

सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं, ३१ जेठ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ । यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । नाराले जीवनपर्यन्त… पुरा पढौ

कोशी, बागमती र गण्डकी र मधेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, ३१ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्य वर्षा भइरहेको छ । जेठ ३१ गते (बुधबार) दिउँसो: कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया… पुरा पढौ

अन्तरक्षेत्रीय व्यापार विस्तारमा ‘कनेक्टिभिटी’ आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मङ्गलबार भारतको कलकत्तामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएकाे महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी… पुरा पढौ

असारमा निक्षेपको ब्याज नघटाउने बैंकर्स संघको निर्णय

काठमाडौं, ३० जेठ । नेपाल बैंकर्स संघले असार महिनामा वाणिज्य बैंकहरुकाे निक्षेपको ब्याजदर यथावत रहने बताएकाे छ । संघको मंगलबार बसेको बैठकले असारमा जेठकै ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । बैशाखमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै व्यक्तिगत बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरिएको थियाे । हाल वाणिज्य बैंकहरुमा मुद्धती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने संस्थागत मुद्धती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत रहेको छ । उता असारमा निक्षेपको ब्याजदर यथावत् रहे पनि कर्जाको ब्याजदर भने केही घट्ने… पुरा पढौ

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम ४ अर्ब नाघ्याे

काठमाडाैं, ३० जेठ। लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो । आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् । आजको कारोबारमा २२ वटा… पुरा पढौ

अर्थ समितिको निर्देशनले ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

काठमाडाैं, ३० जेठ । सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको हो । अर्थ समितिले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै उक्त निर्णय कार्यान्वयन गर्न भनेको छ । “धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरे/नगरेको विषयमा समितिले छानबिन… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि वायुसेवा निगमले शुरू गर्याे व्यावसायिक उडान

काठमाडाैं, ३० जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको नेपाल वायुसेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिएका छन। मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवा विमानस्थलमा… पुरा पढौ

आइएमई लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा सेयर (आईपीओ) निष्काशन गर्न पाउने भएकाे छ । यसका लागि सेबाेनले कम्पनीलाई अनुमति दिएकाे छ । अब कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि सेयर जारी गर्ने भएकाे छ । साथै असार २० गतेदेखि सर्वसाधारणका लागि सेयर जारि गर्ने जनाएकाे छ । कम्पनीका अनुसार सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ताबाट ६ लाख कित्ता कर्मचारीहरुलाई रु १०० अंकित मूल्यमा बिक्री गरिने भएकाे छ। बाँकी रहने एक करोड १४ लाख… पुरा पढौ

बैंक, वित्तीय संस्थाहरू सहर केन्द्रित भए : मुख्यमन्त्री शर्मा

सुर्खेत, ३० जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताएका छन् । नागरिक लगानीकोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भूगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती थपिएको बताए। उनले भने, “हाम्रा प्राकृतिक स्रोतसाधनको परिचालन, स्थानीय उत्पादन वृद्धि गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरू ग्रामीणस्तरसम्म पुग्नुपर्ने थियो । तर त्यसो भएको छैन । लगानी उत्पादन भए पनि उत्पादनभन्दा बाहिर भएका कारण… पुरा पढौ