मुख्य समाचार

रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, ३० जेठ । नेपाल रिपब्लिक मिडियाको सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनी मिडियाकाे तर्फबाट नेपालमा सेयर जारि गर्ने पहिलो मिडिया कम्पनी हाे । यसले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि सेयर बिक्री खुलाएकाे थियाे । कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयरका लागि स्वीकृिती लिएकाे थियाे । यसमा १ लाख ७४ हजार १२० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी… पुरा पढौ

कोशी, बागमती, मधेश र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं, ३० जेठ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकाे छ । कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । जेठ ३० गते (मंगलबार) दिउँसो: कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका… पुरा पढौ

असार पहिलो हप्ता राजधानीमा कफी सम्मेलन हुने

काठमाडौं, ३० जेठ । नेपाल कफी व्यवसायी महासङ्घले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको छ । महासङ्घले असार २ देखि असार ५ गतेसम्म राजधानीमा कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी महासङ्घले सो कुराको जानकारी गराएको हो । महासङ्घसँगै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायतको सहकार्यमा आयोजना गर्न लागिएको हो । कफीको आन्तरिक एवं… पुरा पढौ

प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८०’ बहुमतबाट स्वीकृत

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन्। विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए। विनियोजन विधेयकमा अर्थमन्त्रीको जवाफ यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा महतले बजेट विनियोजन गर्दा जनताको जीवनस्तर उकास्न, जनतालाई समृद्धि… पुरा पढौ

पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने

काठमाडौं, २९ जेठ । नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो । अघिल्लो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । दक्षिण एसियाली महिला विकास मञ्चले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उद्योग औद्योगिक ग्राम (पार्क) बारे जानकारी गराएको हो । “पाँचखाल नगरपालिकामा… पुरा पढौ

अझै केही दिन लूको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले गर्याे अपिल

काठमाडाैं, २९ जेठ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको… पुरा पढौ

विद्युतीय गाडीमा लाग्ने करलाई व्यवहारिक बनाएका छौं : अर्थमन्त्री डा. महत

काठमाडाैं, २९ जेठ । सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार व्यावहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन । प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुने वित्तिकै ३० प्रतिशत भन्सार लगाउनु व्यावहारिक नभएकाले पाँच वर्गमा विभाजन गरी व्यावहारिक बनाइएको बताए । यसअघि विद्युतीय सवारी साधनलाई चार वर्गमा विभाजन गरी कर लगाइएको थियो । जसमा १०० किलोवाटसम्म १० प्रतिशत भन्सार महसुल, १०० देखि… पुरा पढौ

सकारात्मक लयमा सेयर बजार, ७.७९ अङ्कले बढ्यो नेप्से

काठमाडाैं, २९ जेठ । तीव्र उतारचढाव बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ७ दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर १ हजार ९ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ । आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रू दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन,… पुरा पढौ

सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउने

काठमाडौँ, २९ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताएका छन । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री राईले त्रिभुवन विश्वविद्यालयभित्र हुने दलीय राजनीतिक गतिविधिले सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारबाट विद्यार्थी वञ्चित हुनुपरेकाले विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढे्को बताएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार शिक्षामा आवश्यक बजेट विनियोजन नभएको गुनासो गर्दै नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको… पुरा पढौ

असार ५ गतेदेखि आईपिओ जारि गर्दै थ्रीस्टार हाइड्रोपावर

काठमाडौं, २९ जेठ । थ्रीस्टार हाइड्रोपावरले सेयर आईपिओ निष्काशनकाे तयारी शुरु गरेकाे छ। कम्पनीले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर आईपिओ जारि गर्ने भएकाे हाे । कम्पनीका अनुसार १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको सेयर जारि गरिने भएकाे हाे । कम्पनीले ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि जारि गरिसकेकाे छ । ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयरबाट ७३ हजार ८८७५ कित्ता वैदेशिक रोजगारमा… पुरा पढौ